Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आशाराम अस्पतालका डा. दासको लापरवाहीका कारण हात नै काट्नु परेको पीडितको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १९, २०८०
आशाराम अस्पतालका डा. दासको लापरवाहीका कारण हात नै काट्नु परेको पीडितको आरोप

वीरगंज (पर्सा), १९ पुस । वीरगंज पानीटंकी स्थित आशाराम अस्पतालमा कार्यरत डा. आलोक दासविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । वीरगंज महानगरपालिका – ३२ बन्दननगर बस्ने भोला कुमार साहले डा. दास विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । भोलाले बिहीबार पत्रकार सम्मेलन गरि डा. दासले उपचारमा लापरबाही गरेको कारण आफ्नो हात काट्नु परेको बताउँदै उनीमाथि कारवाहीको माग गर्दै उजुरी गरेको बताएका छन् ।

उनका अनुसार २०८० कात्तिक १२ गतेमा सीमावर्ती शहर रक्सौलबाट टेम्पो चढि फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेका थिए । दुर्घटनामा भोलाको बायाँ हात भाँच्चिएपछि टेम्पोवालालाई नियन्त्रणमा लिई उपचार गराउन दबाब दिइयो । चालकले रक्सौलको लक्ष्मीपुरस्थित एसआरपी मेमोरियल ट्रस्ट सुपर स्पेसियालिटी हस्पिटलमा उपचार गराउन लगे । त्यहाँ डा. दासको सुझाव अनुसार उनको हातको शल्यक्रिया गरेर स्टिल राखिएको थियो । ‘शल्यक्रिया सफल भएको भन्दै चिकित्सकहरूले मलाई एक साता पश्चात कात्तिक १९ गते डिस्चार्ज गरेका थिए । ‘त्यस पूर्व डा. दासले मेरी आमालाई भेटेर ड्रेसिङका लागि रक्सौल नआई वीरगंजमै आफू कार्यरत आशाराम अस्पताल आउन सुझाव दिएका थिए,’ भोलाले पत्रकार सम्मेलनमा भने ।

डा. दासकै सुझाव अनुसार आफू पहिलो पटक कात्तिक २१ गते ड्रेसिङका लागि आशाराम अस्पताल पुगेको भोलाले बताए । ‘पहिलो दिन ड्रेसिङ गर्ने क्रममा डा. दासले घाउ ठीक भइरहेको बताउँदै दुई दिनपछि हामीलाई फेरी बोलाएका थिए,’ उनले भने । यद्यपी कात्तिक २३ उनी आशाराम पुग्दा डा. दासले आफूसँग ड्रेसिङ सम्भव नहुने बताउँदै शल्यक्रिया गरिएको एसआरपी अस्पतालमै जान सुझाव दिए । त्यहाँ पुग्दा डा. अलिन्द्र किशोर नामक चिकित्सकले हातमा ठूलै समस्या भएको बताउँदै काट्नुपर्ने बताएको साहले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘डा. आलोकले हामीलाई शल्यक्रिया भएकै अस्पतालमा जान भनेपछि नै मलाई शङ्का लागेको थियो,’ भोलाले भने, ‘हामी एसआरपी पुग्दा सुरुमा डा. अलिन्द्र किशोरसँग भेट भएन । खोज्दै मोतीहारी पुगेपछि उनले हातको शल्यक्रियामा समस्या भएको कारण काट्नु पर्ने बताए ।’

त्यसपछि स्थानीयको सुझाव अनुसार थप उपचारका लागि आफू काठमाडौँस्थित बिनएण्डबी हस्पिटलमा पुगेको भोलाले बताए । उनले भने, ‘काठमाडौँ चेकजाँच गराउँदा शल्यक्रियामा लापरबाहीको कारण मेरो भाँच्चिएको हात काट्नुपर्ने अवस्था आएको जवाफ पाए । यसरी उपचारमा लापरबाही गरेर हात काट्ने बनाउने डाक्टरलाई कारबाही गरी मलाई क्षतिपूर्ति दिलाउन आग्रह गर्दछु ।’ डा. आलोकले भने आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको प्रतिक्रिया दिए । टेलिफोन संवादका क्रममा उनले सिनियर डाक्टरको निर्देशनलाई आफूले पालना मात्र गरेको बताए ।

उनले भने, ‘म एसआरपी अस्पतालमा २ घण्टाका लागि मात्रै जाने गर्दछु । त्यही समयमा उहाँको शल्यक्रिया मोतिहारीका चिकित्सकले गर्नुभएको थियो, मैले उहाँले भने बमोजिमको काम मात्रै गरेको छु । यसमा मेरो कुनै गल्ती छैन ।’ भोलालाई ड्रेसिङका लागि आफूले आशाराम अस्पतालमा आउन आग्रह समेत नगरेको डा. आलोकको दाबी छ । आफै पत्ता लगाएर आशाराम हस्पिटलमा आएपछि आफूलाई अस्पतालबाट खबर पाएको उनले बताए । यस विषयमा बुझ्न रक्सौलको एसआरपी अस्पतालमा सम्पर्क गर्न खोज्दा त्यहाँका प्रतिनिधिले फोनमा सबै कुरा बताउन नमिल्ने प्रतिक्रिया दिए । साथै अस्पतालमै आएर कुरा गर्न आग्रह गर्दै उनले फोन नै काटे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

साउन १२, २०८३
निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

साउन १२, २०८३
नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

साउन १२, २०८३
चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

साउन १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि