कलैया (बारा), १७ पुस । बारा प्रहरीले नेपाल विधुत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा चाेरी गरेकाे आराेप एक जना भारतिय नागरिकलाई पक्राउ गरेकाे छ । ट्रान्सफरमा चाेरी गर्ने भारत बिहारकाे मोतिहारी जिल्ला, विन्धवा सोनीमा ग्राम बस्ने २२ बर्षिय जैसिलाल यादवलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
प्रहरीका अनुसार नेपाल विधुत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा बाराकाे सिम्रौनगढ नगरपालिका वडा नं.०३ श्रीनगर बैरियाबाट मंसिर १३ गते राति र पचरौता नगरपालिका वडा नं.०५ बेल्दारी स्थितबाट मंसिर २३ गते चोरी भएको थियाे । साेही ट्रान्सफरमा र चोरलाई खोजलतास गर्दै जाने क्रममा पचरौता नगरपालिका वडा नं.०५ टियर खोलामा लुकाई छिपाई राखेको चोरी भएको समान सहित यादवलाई साेमबार सांझ ६:३० नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।
पक्राउ परेका यादवकाे साथबाट एच टि काेयल २ थान र एल टी काेयल ६ थान बरामद समेत भएकाे प्रहरी नायब उपरिक्षक न्याैपानले जानकारी दिए । यादव विरुद्ध चोरी मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले वताए ।
प्रतिक्रिया दिनुहोस् !