Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज र हेटौडा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै पथलैयामा ‘पटके सेन्टर’ संचालनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १७, २०८०
वीरगंज र हेटौडा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै पथलैयामा ‘पटके सेन्टर’ संचालनमा

कलैया (बारा),१७ पुस । बाराको पथलैयामा अस्थायी रुट इजाजत शाखा (पटके सेन्टर) संचालनमा आएको छ । पटके सवारीको अनुमति लिन वीरगंज र हेटौडा जानुपर्ने अवस्थालाई अन्त्य गर्दै बारा जिल्ला स्थित यातायात व्यवस्था कार्यालयले पुस १६ गतेदेखि पथलैयामा अस्थायी रुट इजाजत शाखा (पटके सेन्टर) संचालनमा ल्याएको हो ।

पथलैयामा संचालनमा आएको पटके सेन्टरलाई उद्घाटन गर्दै मधेश प्रदेश सरकारको श्रम रोजगार तथा यातयात मन्त्री चन्दन सिंहले यस पटके सेन्टर संचालनमा आएकोले सवारी पटके इजाजत लिन वीरगंज र हेटौडा जानुपर्ने बाध्यता अन्त्य भएको बताएका छन् । उनले मधेश प्रदेशको यातायात क्षेत्रमा रहेकाहरुको लागि सुखद पक्ष रहेको भन्दै यस पटके सेन्टर संचालनबाट पथलैयाबासीहरुको व्यापार क्षेत्रमा पनि मद्दत पुग्ने बताए । उनले भने ‘पटके इजाजत पत्र लिने गाडीले यहाँ १० मिनेटको लागि भएपनि गाडी रोकेर खाजा नास्ता खाए भने पथलैया व्यवसायमा मद्दत पुग्नेछ’ ।

कलैय उपमहानगरपालिका वडा नं. ३ गंगापूरस्थित मंसिर २५ गते उद्घाटन भई पुस ११ गतेदेखि सेवा संचालन गर्दै आएको यातायात व्यवस्था कार्यालय कलैयाले सवारीहरुको पटके इजाजत लिन वीरगंज हेटौडा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै पटके सेवा सहज पु¥याउने उद्देश्यले पुस १६ गतेदेखि हेटौडा – वीरगंज एवं पूर्व पश्चिम राजमार्गको बीचमा पर्ने पथलैयामा पटके सेन्टर संचालनमा ल्याएको हो । यस कार्यालयबाट पटके सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने र यो शाखा हरेक सप्ताह र हरेक महिना र २४ औं घण्टा सेवा प्रदान गरिने यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख नवाज हुसेनले बताए ।

उनले यातायात सम्बन्धी सेवालाई सरल एवं सुविधाजनक तरिकाले सेवा प्रवाह गर्ने हाम्रो मुख्य प्रयास स्वरुप पथलैयामा यो पटके सेन्टरको स्थापना गरिएको बताए । पटके सम्बन्धी सेवाहरु पुस १६ गतेदेखि नै यस सेन्टरबाट लिन सकिने उनको भनाई छ । उनका अनुसार यस सेन्टर कुनैपनि सार्वजनिक विदाको दिन बन्द नभई २४ औं घण्टा अर्थात वर्षको ३६५ दिन नै सेवा प्रदान गरिने कार्यालय प्रमुख हुसेनको भनाई छ ।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले पथलैयामा अस्थायी रुट इजाजत शाख (पटके सेन्टर) संचालन हुन सुखद पक्ष रहेको बताए । उनले यहाँ पटके सेवा मात्र नभई लाईसेन्स नवीकरण र ब्लुबूक नवीकरण जस्ता थप सेवा यहाँबाट नै प्रदान गर्ने ब्यवस्था मिलाई दिन मधेश प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि सिंहसँग आग्रह समेत गरे ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, यातायात व्यवस्था कार्यालय पर्साका प्रमुख उमेश रेग्मी, जनमत पार्टीका पर्सा इन्चार्ज ओमप्रकाश सर्राफ, भिमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पेश्न मुल्मी, ट्राफिक प्रहरी नायब उपरीक्षक माधव काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि