Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

व्यवस्था बदलियाे, अवस्था बदलिएन : मन्त्री अन्सारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १५, २०८०
व्यवस्था बदलियाे, अवस्था बदलिएन : मन्त्री अन्सारी

वीरगंज (पर्सा), १५ पुस । “मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च पिर्साको दोश्रो जिल्ला सम्मेलन आइतबार वीरगंजमा सम्पन्न भएको छ । सम्मेलनका प्रमुख अतिथी एवं मधेस प्रदेश सरकारका उद्योग, बाणिज्य तथा पर्यटन राज्यमन्त्री रहवर अन्सारीले राज्यको संरचनात्मक रुपान्तरण मार्फत कृषिमा आधारित बधुवा मजदुर हरवाचरवाको राजनितीक, आर्थिक र सामाजिक अधिकार सुनिश्चीत गर्नका लागि निति निर्माता, सरकारी तथा सेवाप्रदायक निकायहरुको मानसिकतामा आम रुपमा परिवर्तन हुन आवश्यक रहेको वताए ।

उनले समाजमा पछाडी पारिएका बर्ग र समुदायको हितका लागि राज्यले गरिव मैत्री निर्माण गरेर त्यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन संयन्त्रको बिकास गरिनु पर्ने कुरा औल्याए । मन्त्री अन्सारीले मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापनका लागि मधेस प्रदेश सरकारले एउटा रणनितिक कार्ययोजना निर्माण गर्न आफु तत्पर रहेको कुरामा प्रतिबद्धता समेत ब्यक्त गरे ।

उनले व्यवस्था बललिए पनि अवस्था नबदलिएकाे वताउँदै त्यसकाे लागि हामी सबैकाे स्वभावमा परिवर्तन हुन जरुरी रहेकाे वताए । कार्यक्रमका बिशीष्ट अतिथी एवं मधेश प्रदेश सभा सदस्य प्रमोद जैसवालले हरवाचरवाको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र बितरण सम्बन्धी कार्यबिधी २०८० यथासक्य चाँडो पारित गरि हरवाचरवाको पहिचान मार्फत पुर्नस्थापन कार्यक्रमलाई अगाडी बढाउन आफुले मधेश प्रदेश सभामा जोडदार ढंगले सवाल उठाउने प्रतिबद्धता ब्यक्त गरे । साथै उनले यसका लागि स्थानिय सरकार र संघीय सरकारसंग समन्वय कायम गरिनुपर्ने र यसमा बिकास साँझेदारको पनि सहयोग आवश्यक रहेको कुरामा जोड दिए ।

सम्मेलनको उदघाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मधेस प्रदेश कमिटी सदस्य लभकुश बैठा, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पर्साका सचिव बिक्रम चौरसिया, नेपाल बार एशोसियशन पर्साका अध्यक्ष कमल मोहन पोखरेल, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु शाह, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई, दलित नेता प्रभु पासवान, मदन हजारा र राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुम बहादुर सार्की लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

जिल्ला हरवाचरवा अधिकार मञ्च पर्साका अध्यक्ष अमरदेव पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला हरवाचरवा एक्टीभिष्ट बृजलाल पासवानले स्वागत गर्दै सम्मेलनको औचियत्तामाथी प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्क, नेपालका जनवकालत अधिकृत रुपनारायण पासवानले गरेका थिए ।

सम्मेलनले अमरदेव पासवानको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च पर्सा गठन गरेको छ । मञ्चको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमसः. उमापती माँझी, खेदन माँझी, शोभादेवी राम र रीतादेवी पासवान चयन भएका छन् । साथै मञ्चको सदस्यहरुमा शेर बहादुर पाशवान, रामआशिष राम, तेतरी माँझी, धनराज राम, बेदामीदेबी राम, सुदामादेवी, लालमुनीदेवी राम, लालमनी कम्कर, शिव पाशवान र भागमतीदेवी राम चुनिएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि