वीरगंज (पर्सा), १३ पुस । प्रहरीले पर्साकाे पर्सागढी नगरपालिकाबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय एकटाङ्गाबाट खटिएको सयुँक्त प्रहरी टोलीले शुक्रबार विहान ११ बजे फरार प्रतिवादी पर्सागढी नगरपालिका वडा नम्बर ७ रघुनाथपुरका २० वर्षीय देवनारायण महरालाई पक्राउ गरेको हाे ।
पक्राउ परेका महरालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । १५ बर्षिय बालिकालाई कार्तिक १५ गते महराले जबरजस्ती करणी गरेकाे आराेप छ । पिडितले दिएकाे उजरी प्रहरीले मंसिर २९ गते दर्ता गरि कारवाही अगाडी बढाएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस् !