Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारा प्रहरीले पक्राउ गरेको भारतीय सुटर सुजित सिंहको विभिन्न हत्या काण्डमा संलग्नता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १२, २०८०
बारा प्रहरीले पक्राउ गरेको भारतीय सुटर सुजित सिंहको विभिन्न हत्या काण्डमा संलग्नता

कलैया (बारा), १२ पुस । बाराको कलैयामा झन्डै दुई महिना अगाडि बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोप लागेका मुख्य सुटर सुजित कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । स्वर्णकारको हत्या गर्ने समूहका मुख्य नाइकेका रूपमा रहेका सुजित सिंहलाई बारा प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । बारास्थित बिश्रामपुर गाउँपालिका–३ डम्पिङ साईटमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको भारतीय नागरिक सिंह अहिले अस्पतालमा छन् ।

मंगलबार राति मुठभेट हुँदा २ राउण्ड गोली चलाएर उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले बताए । अहिले उनको बारा सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार हुँदैछ । सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । कार्तिक १३ मा स्वर्णकारको हत्या भएको थियो । दुई वटा माेटरसाइकलमा आएका चार जनाकाे समुहले स्वर्णकारलाई गाेली प्रहार गरि हत्या गरेका थिए । त्यस मध्येका ३ जना अझै फरार छन् ।

भारत मोतिहारी जिल्लाको छौडादानो पञ्चायतस्थित तिनकुनि घर भएका सिंह सार्प सुटर हुन् । ३२ वर्षीय सिंह ‘कन्ट्याक्ट किलर’ को रुपमा मधेशमा विभिन्न हत्यामा संलग्न रहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । बारास्थित भुतही पुलमा भएको हत्यामा सिंहले गोली चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । २०७९ फागुनमा भारतबाट नेपालमा आएर बसेका एक जना पुरुषको बारामा हत्या भएको थियो । सो हत्यामा सिंहले नै गोली चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

२०८० असोज ९ मा पचरौतामा गोली प्रहार गरेर भारतीय नागरिक अजित कुमार सिंहको हत्या भएको थियो । आरोपीतहरुले भारतबाट नेपालमा ल्याएर अजितको हत्या गरेका हुन् । सुजितले प्रहार गरेको गोलीबाट अजितको हत्या भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । भारतीय सुटर सिंह विगत ५ वर्ष देखि बारा र रौतहटमा घटेका विभिन्न घटनामा गोली हानी हत्या गर्ने सार्प सुटर  रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए । निज उपर थप अनुसन्धान भईरहेको उनले बुधबार प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।

पक्राउ परेका सिंहको साथबाट प्रहरीले १ थान घरेलु हतियार (पेस्तोल) बरामद गरेको छ । उनी विगत ५ वर्षदेखि बारा, रौतहट र सर्लाहीमा भएका हत्याको घटनामा ‘कन्ट्याक्ट किलर’को रुपमा संलग्न भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि