Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

टेरामक्स लागू भयाे भने राष्ट्र प्रमुख र विपक्षी दल नेताकाे पनि फाेनकाे गाेपनियता रहँदैन : प्रदिप यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १२, २०८०
अदालतसम्म लडेको नागरिकताकाे समस्या सामधान गरेरै छाड्छु : प्रदीप यादव

वीरगंज (पर्सा), १२ पुस । जसपा सांसद प्रदिप यादवले टेरामक्स प्रविधिकाे खरिद प्रक्रिया बन्द गर्न माग गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोन कल एवं म्यासेजको निगरानी र त्यसको गुणस्तर मापन गर्न भनेर नेपाल दुरसंचार प्राधिकरणले `टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम´ टेरामक्स प्रविधि खरिद प्रक्रिया अगाडि बढाइरहेका बेला सांसद यादवले बन्द गर्न माग गरेका हुन् ।

लेखा समितिकाे बुधबार बसेकाे बैठकमा सांसद यादवले कानुन नबनाई टेरामक्स प्रविधि खरिद तथा लागू गर्न नमिल्ने जिकिर गरे । यसले गाेपनियताकाे हक हनन हुने र उच्च पदस्थलगायत सबैकाे कल रेकर्ड दुरूपयाेग हुने खतरा ओल्याए । `कानुन नबन्दै आफूखुसी व्याख्या गरि टेरामक्समा दुरसचारले जे गरेकाे छ, कानुन विपरीत छ । सर्वाेच्चकाे परमादेश विपरित छ । कानुन नबनाई टेरामक्स किन अगाडि बढाइयाे ?´ उनले साेधे ।

नियामक निकायबाट अहिले पनि अनुमतिबिना कल डिटेल निस्किरहेकाे भन्दै उनले भने, `कानुनले अदालतकाे अनुमतिमा लेउ भन्छ । तर, आफूखुसी निकालिएकाे छ । नम्बर मेटाएर रेकर्ड निकालिरहेका छन् ।´ यस्ताे अवस्थामा टेरामक्स लागू भयाे भने राष्ट्र प्रमुख, विपक्षी दलकाे नेता कसैकाे पनि गाेपनियता बाँकी नरहने भन्दै उनले टेलिकम र एनसेलका कर्मचारीले फाेन रेकर्ड गरेर दुरुपयोग गर्ने चिन्ता व्यक्त गरे । `त्यसै त अहिले पनि अनुमति नलिइ थाहा नदिएर रेकर्ड गरिरहेकाे छ । त्यसैले यसलाई तुरून्त राेक्नुपर्छ,´ उनले भने ।

टेरामक्सका नाममा दुरसंचारलाई खुफिया एजेन्सीजस्ताे बनाउन खाेजिएकाे भन्दै यादवले थपे, `कि खुफिया एजेन्सी भनेर जिम्मा दिनुपर्याे हाेइन भने याे टेरामक्स प्रक्रिया बन्द गर्नुपर्याे ।´

लेखा समितिलाई पंगु नबनाइयाेस्
सांसद यादवले अन्य समितिबाट कार्यक्षेत्र मिचेर लेखा समितिलाई पंगु बनाउन खाेजिएकाे टिप्पणी गरे । लेखाले उठाएकाे एनसेल शेयर खरिद प्रकरणलाई सुशासनकाे नाममा राज्य व्यवस्था समितिले बीचमै हाइज्याक गर्नु आपत्तिजनक भन्दै उनले यसलाई गम्भीरतापूर्वक लिएर सभामुखसँग कुरा राख्नुपर्ने बताए ।

`लेखा समितिलाई अरूले पंगु बनाउने काेसिस गरिरहेकाे छ । हामी सदस्यहरूसहित सभापति सभामुखकाेमा गएर  ध्यानाकर्षण गराउनुपर्छ । कहिले सुशासनकाे नाममा त कहिले के नाममा कार्यक्षेत्र मिच्ने काम भइरहेकाे छ । याे हुन दिनुहुँदैन,´ उनले भने, `लेखा समितिकाे आफ्नाे सशक्त उपस्थिति हुनुपर्छ । कुनै विषय हामीले सुरू गर्ने अर्काेले हस्तक्षेप गर्ने कुरा स्विकार्य छैन ।´

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि