Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारा प्रहरीको सफलता, रुपेश स्वर्णकार हत्याकाण्डका मुख्य सुटर सुजित सिंह पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १०, २०८०
बारा प्रहरीको सफलता, रुपेश स्वर्णकार हत्याकाण्डका मुख्य सुटर सुजित सिंह पक्राउ

• हरिशंकर शर्मा
कलैया (बारा), १० पुस । बारा प्रहरीले रुपेश स्वणर्कार हत्या काण्डका मुख्य आरोपी सुटर सुजित कुमार सिंहलाई पक्राउ गरेको छ । भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीया निवासी २५ बर्षीय सुजित कुमार सिंहलाई बारा प्रहरीले तीन महिनाको प्रयासले पक्राउ गर्न सफल भएको हो ।

गत कात्तिक १३ गते दिनदहाडै बाराको सदरमुकाम कलैयामा बाल एकता बोर्डिङ्ग स्कुलका संचालक एवं प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भनिने रुपेश सर्राफ (स्वणर्कार) लाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगंज स्थित वयोधा अस्पतालमा लगिएको थियो भने बयोधा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

रुपेश हत्या घटनाको लगभग तीन महिना पुग्न लाग्दा बारा प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट मुख्य सुटर सुजितलाई पक्राउ गरेको हो । बारा प्रहरीको मोस्टवाण्टेड सूचिमा रहेका सुटर सुजितलाई बारा प्रहरीले पुस १० गते राति बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ३ स्थितबाट खुट्टामा गोली हानी नियन्त्रणमा लिएको हो । सुटर सुजितले प्रहरीलाई देख्ने वित्तिकै प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले सिंहको खुट्टामा गोली हानी नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । उनको अहिले कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यस घटनाको मुख्य कारण ‘प्रेम सम्बन्ध’ रहेको बारा प्रहरीले बताएको थियो । दोहोरो प्रेममा परेकी सर्राफकै स्कुलमा लेखापालमा कार्यरत पूर्व कर्मचारी कलैया – ६ निवासी २२ वर्षीय राधा गुप्ताकै कारण प्रधानाध्यापक रुपेश सर्राफको गोली हानी हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको थियो । राधाकै योजनामा भारतीय प्रेमी मनोजले भारतबाट सूटरहरु बोलाएर कात्तिक १३ गते दिउँसो रुपेशको हत्या गराएको प्रहरीले जानकारी दिएको थियो । त्यस बखतदेखि नै राधाको भारतीय प्रेमीसँगै मुख्य सुटर भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीया निवासी २५ बर्षीय सुजित कुमार सिंह, सोही ठाउँ निवासी चञ्चल पाण्डे, २२ बर्षीय मनिष सहनी र २० बर्षीय कामेश्वर सहनी फरार रहेका थिए ।

सुजित सिंह सहितका सुटरहरु यो भन्दा अघि पनि बारा जिल्लाको विभिन्न स्थानमा गोली हानी हत्या गरेका हुन् । सुजित, चञ्चल, मनिष र कामेश्वरले नै असोज ९ गते बारा जिल्लाकै पचरौता नगरपालिका – ६ लक्ष्मनियास्थित पोखरी नजिकै भारतीय नागरिक अजित कुमार सिंहको गोली हानी हत्या गरेका थिए । सो हत्या काण्डको कारण पनि ‘प्रेम सम्बन्ध’ नै रहेको बारा प्रहरीले बताएको थियो । पक्राउ परेकी भारत मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहले सुजीतसँगको प्रेम सम्बन्धका कारण उनीसँग मिलेर आफ्ना पती अजितको हत्या गर्न लगाएको प्रहरीले जनाएको थियो ।

यसैगरि त्यही हतियारधारी समूहले नै एक वर्ष अगाडि बारामै आएर भारतीय नागरिकको गोली हानी हत्या गरेको थियो । २०७९ पुस ८ गते महागढीमाई नगरपालिका-२ स्थित भुतही पुल स्थित भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई गोली हानी हत्या गरेको थियो । शिवपुजनसँगै मोटरसाइकलमा आएका सुजीतले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएको थियो । त्यस्तै यिनीहरुकै समूहले सन् २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत-१४ का उपप्रमुखको समेत हत्या गरेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि