Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लघुवित्तको ऋण मिनाहा हुन्छ भन्ने भ्रम फैलाइयो, ‘ऋण लिएपछि तिर्नुपर्छ, मिनाहा हुँदैन’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ७, २०८०
लघुवित्तको ऋण मिनाहा हुन्छ भन्ने भ्रम फैलाइयो, ‘ऋण लिएपछि तिर्नुपर्छ, मिनाहा हुँदैन’

काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंककका डेपुटी गभर्नर बमबहादुर मिश्रले ग्रामिण क्षेत्रमा अझै पनि लघुवित्त संस्थाहरु पुग्न नसकेको बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले लघुवित्तका शाखाहरु धेरै भएपनि धेरै ठाउँमा पुग्न नसकेको बताए । उनले ७७ जिल्लामा नै लघुवित्त पुगे पनि करिब १०० वटा पालिकामा पुग्न नसकेको भन्दै काभ्रेको बनेपामा मात्रै थुप्रिएर नहुने बताए । एक दर्जनभन्दा बढी लघुवित्त संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । डेपुटी गभर्नर मिश्रले त्यसैलाई लक्षित गर्दै बनेपामा मात्रै थुप्रिएर नहुने बताएका हुन् ।

कार्यक्रममा राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले संस्थागत सुशासन ध्यान दिंदा धेरै समस्या समाधान हुने बताए । लघुवित्त समस्या समाधान सुझाव अध्ययन कार्यदलको संयोजक समेत रहेका श्रेष्ठले लघुवित्तले गरेका राम्रा कामको प्रचार गर्दै कमजोरीको सुधार गर्नुपर्ने बताए । लघुवित्तमा संस्थागत सुशासनमा कमजोरी रहेको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताए । अध्ययन प्रतिवेदनमा लघुवित्त समस्याको धेरै कारणहरु औल्याएको भन्दै त्यसलाई हेरेर सुधार गर्दै जाँदा समस्या समाधान हुने भन्दै त्यसमा ध्यान दिन लघुवित्त संस्थका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिए । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले लघुवित्त कार्यक्रमको मोडमा पनि छलफल गर्नुपर्ने तर अहिलेको समस्या समाधानका लागि लघुवित्त संस्थाहरुमा नै धेरै सुधार गर्नुपर्ने बताए ।

लघुवित्त कर्मचारीलाई तालिम दिएर मात्रै फिल्डमा खटाउनुपर्ने भन्दै अहिले कर्मचारीमा तालिमको अभावले पनि समस्या भएको बताए । उनले लघुवित्तको लागि छुट्टै तालिम सेन्टर आवश्यक रहेको बताए । राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले ऋण लिएपछि तिर्नुपर्ने बताए । ‘ऋण मिनाहा हुन्छ भन्ने भ्रम फैलाउने कार्य भएको छ। ऋण लिएपछि तिर्नुपर्छ,’ उनले भने, ‘ऋण लिएपछि तिर्नुपर्छ भन्ने सन्देश सरकारी तहबाट पनि प्रवाह हुन जरुरी छ । राष्ट्र बैंकले उक्त सन्देश दिएको छ ।’

लघुवित्त संस्थाको समस्या समाधानका लागि अध्ययन भइसकेको र क्रमिक रुपमा उक्त अध्ययनले औल्याएका विषयहरु कार्यान्वयन हुँदै जाने बताए । लघुवित्त संस्थाहरुको पूँजीकोष २०८५ सम्ममा १५ प्रतिशत पुर्‍याउने उनले बताए । नेपाल लघुवित्त बैंकर्स संघका कार्यवाहक अध्यक्ष रामबहादुर यादवले लघुवित्त क्षेत्र जटिल अवस्थाबाट गुज्रिरहेको बताए । ‘लघुवित्त क्षेत्र चुनौतिपूर्ण अवस्थामा छ । ऋण तिर्नु पर्दैन मिनाहा हुन्छ भनेर भ्रम फैलाउने काम भइरहेको छ। बैंकिङ प्रणालीमाथि नै प्रहार गर्ने काम भएको छ,’ उनले भने, ‘विपन्न क्षेत्रमा काम गर्ने लघुवित्त संस्थाको रिकभरीमा आर्थिक मन्दीको प्रभाव झनै बढी परेको छ । कसरी अगाडि बढ्ने भन्ने नै चुनौती छ ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि