Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उमेर हदको कारण देखाउँदै हरि खेतान क्याम्पसका प्रमुख डा. यादवलाई दिइयो अनिवार्य अवकाश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १, २०८०
उमेर हदको कारण देखाउँदै हरि खेतान क्याम्पसका प्रमुख डा. यादवलाई दिइयो अनिवार्य अवकाश

वीरगंज (पर्सा), १ पुस । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका  प्रमुख डा. भगवान प्रसाद यादवले अनिवार्य अवकाश पाएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेम प्रकाश (पी.पी) खेतानले डा. यादवलाई उमेर हदको कारण देखाउँदै अनिवार्य अवकाश दिएका हुन् ।

करिब ४ दशकदेखि क्याम्पस प्रमुख रहेका यादवको ठाउँमा किशोरी रायलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ । उनी क्याम्पसका सहायक क्याम्पस प्रमुख थिए । अर्को क्याम्पस प्रमुखको व्यवस्था नभएसम्मका लागि रायलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको सञ्चालक समितिका अध्यक्ष खेतानले बताए । निमित्त क्याम्पस प्रमुखका रूपमा रायले क्याम्पस र विद्यार्थीको हकमा काम गर्ने खेतानको विश्वास छ ।

रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ५ कोपवा स्थायी घर भएका किशोरी राय ४९ वर्षका भए । उनले अंग्रेजी विषयमा एमएड गरेका छन् भने समाजशास्त्रमा एम र एलएलबीसम्मको अध्ययन गरेका छन् । उनी १८ वर्षदेखि सहायक क्याम्पस प्रमुखको रुपमा हरिखेतान बहुमुखी क्याम्पस मै कार्यरत थिए ।

दीवंगत बिहारीलाल खेतानले आफ्ना छोरा हरिगोपाल खेतानको स्मृतीमा २०३८ सालमा हरिखेतान क्याम्पसको स्थापना गरेका थिए । ११ जना विद्यार्थीबाट सुरु भएको क्याम्पसमा हाल करिब ४ हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा प्रत्यक्ष रुपमा १ सय ४५ जनाले रोजगारी प्राप्त गरेका छन् । पहिलो क्याम्पस प्रमुखको रुपमा डा. भिमचरण थापा र दोस्रो क्याम्प प्रमुखमा डा. कुलानन्द दास थिए भने त्यसपछि करिब २०४० सालमा क्याम्पस प्रमुख बनेका डा. भगवान प्रसाद यादवलाई अहिले अनिवार्य अवकास दिइएको हो ।

क्याम्पस २०३८ सालमा स्थापना भएपनि त्रिविको कार्यकारी परिषद्बाट पारित भएर योजना निर्देशनालयबाट भने २३ जेठ २०७९ मा मात्रै प्रमाणिकरण भएको छ । त्यसअघि क्याम्पसको विधान कहीँकतै पनि दर्ता नरहेको पाइएको छ । क्याम्पसमा प्लस टु देखि स्नातकोत्तरसम्म विभिन्न संकायमा पठनपाठन हुँदै आएको छ । प्लस टु मा व्यवस्थापन, कानुन, विज्ञान, शिक्षा र मानविकी संकायको अध्यापन हुन्छ भने स्नातकमा एलएलबी, बिबिएस, बिएड र बिए पढाई हुने गरेको नवमनोनित निमित्त क्याम्पस प्रमुख किशोरी रायले जानकारी दिए ।

उनकाअनुसार स्नातकोत्तरमा एमबिएसको अध्यापन भइरहेको छ भने एम एड, एमएआरडी र समाज शास्त्रमा स्विकृत प्राप्त भएको छ । अवकाश प्राप्त डा. यादवले क्याम्पसलाई विधि विधान विपरीत सञ्चालन गरेको आरोप लाग्दै आएको थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि