Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पकाहामैनपुर गाउँपालिका अध्यक्षका दलालहरुको गोरख धन्दा, ४ करोड बजेट हत्याउन गैरकानूनी कार्य

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २, २०८०
पकाहामैनपुर गाउँपालिका अध्यक्षका दलालहरुको गोरख धन्दा, ४ करोड बजेट हत्याउन गैरकानूनी कार्य

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २ मंसिर । पर्साको पकाहामैनपुर गाउँपालिका कार्यालयमा बजेट हत्याउन भएको गोरख धन्दाको उजागर भएको छ । गाउँपालिका अध्यक्षका दलाल एवं आसेपासेले प्रमुख प्रशासकीय अधिकृत नभएको मौका छोपी विदाको दिन पारी टेण्डर आव्हान गरि ४ करोड बजेट हत्याउन खोजेको रहस्य उजागर भएको हो । पकाहामैनपुर गाउँपालिका नजिकै रहेको श्री राम चरित्र भगत उच्च माध्यमिक विद्यालयको भवन निर्माणको लागि ४ करोड बराबरको टेण्डर गोप्य आह्वान गरिएको भनेर सामाजिक सञ्जालमा विरोध गरेपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीले मंसिर १ गते सूचना प्रकाशित गरि टेण्डर रद्द गरेपछि गाउँपालिकाको गोरख धन्दा बाहिरिएको थियो ।

गाउँपालिकाले मंसिर १ गते प्रकाशित गरेको सूचनामा ‘पकाहामैनपुर गाउँ कार्यपालिकाको कार्यालय, पर्साको मिति २०८०।०७।०३ (ई.स., २० अक्टुबर २०२३) गतेको सूचना बमोजिम www.bolptra.gov.np PPMO को वेभसाइट मा तथा आर्थिक दैनिक पत्रिकामा मिति २०८०।०७।०४ गतेमा प्रकाशित Contract ID:- PMRM/NCB/Works-01-080/81, Name of Work:- Construction of Shree Ram Charitra Bhagat Higher Secondary School, Pakaha mainpur, Parsa, Single Stage:- Two-Envelope Bidding Procedure Pakahamainpur Rural Municipality, Pakaha Mainpur, Parsa भएको E–Bidding मा प्राबिधिक तथा अन्य त्रुटी भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६(१) र (५) बमोजिम हालको लागि खरिदको सबै चरण तथा प्रकृया रद्द गरिएको र उक्त E–Bidding पुनः आव्हान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ भन्ने उल्लेख गरिएको छ ।

श्री राम चरित्र भगत उच्च माध्यमिक विद्यालय ।

गाउँपालिकाले टेण्डर रद्दको लागि निकालेको सूचनालाई आधार मान्ने हो भने आ.व. २०८०।०८१ को पहिलो टेण्डर नै सुनियोजित तरिकाले ४ करोडको बजेट हत्याउने प्रयास भएको देखिन्छ । गाउँपालिका अध्यक्ष सुरेश प्रसादका आसेपासे सोही गाउँपालिका वडा नं. २ मधुवनी निवासी राकेश कुशवाहा र बारा जिल्ला निवासी प्रभात सिंहले गाउँपालिका कार्यालय अधिकृत विहीन रहेको बखत नियम विपरित गैर कानूनी रुपमा टेण्डरको सूचना प्रकाशित गरि बजेट हत्यान खोजेको बताइएको छ । यस बजेट आफ्नो व्यक्तिलाई पार्नको लागि ५० लाख रुपैयाँको चलखेल भएको गाउँपालिका श्रोतले जनाएको छ ।

केही दिन अघि गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा सरुवा भएर गएपछि अर्का अधिकृत उदयशंकर चौधरी हाजिर नभएकै बखत गाउँपालिका अध्यक्ष सुरेश प्रसादका दुईजना विश्वासिलो पात्र कुशवाहा र सिंहले सुनियोजित तरिकाले योजना बनाई बजेट हत्याउन खोजेको बताइएको छ । टेण्डर पत्रिकाका प्रकाशित गर्नुको साथै वोभसाइटमा पनि राख्नुपर्ने हुन्छ, यही प्रक्रिया पुरा गर्न यि दुई चतुर बुद्धिका व्यक्तिहरुले कार्यालय विदाको मौका छोपी वेभसाइटमा टेण्डर राखेको गाउँपालिका श्रोतले बताएको छ । कात्तिक ३ गते वेभसाइटमा सूचना राखिएको भनिएपनि राति १ बजेपछि कात्तिक ४ गते शनिबार पनि पर्ने र वडा दशैंको एक हप्ते विवाद हुने भएको मौका छोपी टेण्डर वेभसाइटमा राखिएको थियो । सिंहले केही दिन अघि बारा जिल्लाको प्रसौनी गाउँपालिकामा पनि यही सुनियोजित तरिकाले टेण्डर हत्याउने प्रयास गरेका थिए तर सफल हुन सकेको थिएन ।

यसबारे गाउँपालिका अध्यक्ष सुरेश प्रसादले आफूलाई केही जानकारी नभएको बताए । उनले आफूलाई बद्नाम गर्नको लागि केही व्यक्तिहरुले प्रपञ्च गरि रहेको र यसमा आफ्नो कुनै संलग्नता नरहेको भनेर फोन काट्दै पञ्छिन खोजे । भर्खरै हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीले टेण्डर रद्द गरेपछि पालिकाको भ्रष्टाचारको भण्डाफोर भएको थियो । यो त उदाहारण मात्रै हुन्, स्थानीय तहमा अध्यक्षका चम्चा, दलाल एवं आसेपासेहरुले यस्ता थुप्रै गोप्य टेण्डर गोप्य आव्हान गरि कमिशन लिई ठेकेदारहरुलाई बजेट दिने गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्व. वीरेन्द्र शाहको स्मृतिमा श्रद्धाञ्जलीसभा

स्व. वीरेन्द्र शाहको स्मृतिमा श्रद्धाञ्जलीसभा

जेष्ठ १९, २०८३
नयाँ भन्सार ऐनविरुद्ध एजेन्टहरूको ‘पेन डाउन’ : देशभरका भन्सार कार्यालयहरु प्रभावित

वीरगंज नाका मार्फत दलहन आयातमा कमी

जेष्ठ १९, २०८३
हरिखेतान क्याम्पसको संचालक समिति पुनर्गठन

हरिखेतान क्याम्पसको संचालक समिति पुनर्गठन

जेष्ठ १९, २०८३
प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

जेष्ठ १९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि