Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डस्टी कार्गो आयातमा भारतीय रेल्वेको अवरोध, फेरि रोक्यो अनलोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ३, २०८०
डस्टी कार्गो आयातमा भारतीय रेल्वेको अवरोध, फेरि रोक्यो अनलोड

• अनिल तिवारी
वीरगंज (पर्सा), ३ कात्तिक । दशैको समयमा खासै रौनक देखिएको छैन । बजार पसलहरु औसत सुनसान नै दिखिएका छन ।आर्थिक कारोवारमा न्यून देखिएको क्रयशक्ति सबैको चिन्ता बढाएको छ । मुलुकमा ठुलो आर्थिक संकट आउने भयावाहताले व्यापारीहरु त्राहिमाम  छन्  । तर सरकारलेबाट खासै चासो देखिएको छैन ।केहि समय देखि भारत तथा तेश्रो मुलुकबाट आयात हुने डस्टी कारागोमा रक्सौल स्थित भारतीय रोल्वेले रोक लगाएको छ ।

भारतीय रेलवेले रक्सौल यार्डमा डस्टी कार्गो अनलोडमा फेरि रोक लगाएको छ । डस्टी कारगोले स्थानियलाई प्रदुषण बढाएको भन्दै रोक लगाइएको हो । त्यहाँको अदालतमा यससम्बन्धमा स्थानियबाट मुद्दा परेको भन्दै रेलवेले रक्सौलमा कोइला, जिप्सम र फ्लाइएसको अनलोडमा प्रतिबन्ध लगाएको हो । रेलवेले यही सेप्टेम्बर ३० तारिखमा सूचना मार्फत त्यस्ता कार्गो अनलोड नगर्न भनेको हो । अहिले ३० सेप्टेम्बर अघिका कार्गो अनलोड भइरहे पनि त्यसयताका कार्गो अनलोड नहुने रेलवे अधिकारीहरूले बताएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले जानकारी दिए ।

यसअघि पनि रक्सौल यार्डमा डस्टी कार्गो लोडअनलोडको विषय विवादित बन्दै आएको छ । यस्तो कार्गोका कारण त्यहाँ वातावरणीय प्रदूषणको समस्या भएको भन्दै स्थानीयले अवरोध गर्दै आएका छन् । यो विवाद बारम्बार अदालतमा पुग्ने गरेको छ । रक्सौलमा डस्टी कार्गो लोडअनलोडमा बारम्बार अवरोध हुँदै आएको आयातकर्ताको गुनासो छ । मितेरीपुल–वीरगञ्जबाट हुदै आएको कार्गो ढुवानी केही महीनाअघि एकीकृत जाँच चौकीबाटै गर्नुपर्ने व्यवस्था लागू गरिएको थियो । त्यहाँसम्म पहुँचमार्गको प्रभावकारी प्रबन्धविनै ढुवानी रुट फेरिएको भन्दै आयातकर्ताले विरोध गरेका थिए । अहिले कार्गो आईसीपीबाटै जाँचपास भइरहेको छ ।

अहिले फेरि रक्सौलमा अनलोड गर्न नदिने भन्दै नयाँ समस्या खडा गरिएको उपाध्यक्ष राजपालले बताए । रक्सौल यार्डमा कार्गो अनलोडमा लगाइएको रोक फिर्ता लिन संघले आग्रह गरेको छ । ‘नेपालका लागि यस्तो कार्गो आउने नाका वीरगञ्जमात्रै भएकाले अनलोडमा रोक लगाएर आयात अवरुद्ध बनाइनु भूपरिवृष्ठित मुलुकले पाउनुपर्ने पारवहनको अधिकारविपरीत काम हो । हामीले भारतीय पक्षलाई यसो नगर्न आग्रह गरेका छौं,’ राजपालले बताए ।

संघले यसमा सहजीकरणका लागि वीरगञ्जस्ति भारतीय महावाणिज्य दूतावासलाई पत्राचार गरेको छ । कोइलाको धुलो जलेपछिमात्रै प्रदूषण हुने दाबी संघको छ । रेलवे यार्डमा अहिले धुलो नियन्त्रणका लागि ट्याक्टरबाट पानी छर्किने काम भइरहेको संघले बताएको छ । अझ प्रभावकारी रुपमा धुलो नियन्त्रणका लागि पानीको फोहोरा जडान गर्न पनि आयातकर्ताले आग्रह गरेका छन् । वीरगञ्जको सुक्खा बन्दरगाहमा पनि डस्टी कार्गो अनलोडको पूर्वाधार बनेको छ । तर, यो संरचनामा अनलोडन गर्ने स्थान अव्यवस्थित रहेको आयातकर्ताले बताउने गरेका छन् । 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

असार २३, २०८३
लागूऔषधसहित तीनजना पक्राउ

लागूऔषधसहित तीनजना पक्राउ

असार २३, २०८३
पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

असार २३, २०८३
ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

असार २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि