Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगरले संचालनमा ल्यायो ‘जनस्वास्थ्य प्रयोगशाला’, सहुलियत मूल्यमा स्वास्थ्य परीक्षण हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २८, २०८०
वीरगंज महानगरले संचालनमा ल्यायो ‘जनस्वास्थ्य प्रयोगशाला’, सहुलियत मूल्यमा स्वास्थ्य परीक्षण हुने

वीरगंज (पर्सा), २८ असोज । वीरगंज महानगरपालिकाले आफ्नै जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएको छ । नगरवासिलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्धेश्यले महानगरले आफ्नै प्रयोगशाला संचालनमा ल्याएको हो । आइतबार प्रयोगशालाको उद्घाटन गर्दै पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका संघीय सांसद प्रदीप यादवले सर्वसुलभ मूल्यमा स्वास्थ्य परीक्षण सेवा पाउनु आम नागरिकको लागि बरदान भएको बताए ।

महंगो मूल्यमा निजी स्वास्थ्य संस्थामा जाँच गर्नु पर्दा नागरिकले सास्ति खेपिरहेको भन्दै उनले महानगरले सुरु गरेको जनस्वास्थ्य प्रयोगशाला जनहितकारी रहेको पनि बताए । बाहिर भन्दा निकै सस्तो मूल्यमा स्वास्थ्य परीक्षण गरिने गरि महानगरले वडा नं. ३ मालपोत कार्यालय अगाडीको चोकमा ल्याब संचालनमा ल्याएको हो । ल्याबमा उच्चस्तरीय प्रविधिका परीक्षण मेसिन राखिएको र अहिले विभिन्न ५४ प्रकारका परीक्षण हुने गरि सेवा सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

कालाजार, मलेरिया र एचआइभी परीक्षण भने ल्याबमा निशुल्क गरिने र अन्य परीक्षणका लागि पनि चाँडै आवश्यक प्रविधि जडान गर्ने गरि काम भइरहेको पनि उनले बताए । महानगरपालिकाले ३३ लाखको लागतमा हल, शौचालय सहित ४ कोठा भवन निर्माण गरेर प्रयोगशाला संचालनमा ल्याइएको हो । प्रयोगशालाका लागि प्रयोग भएका उपकरण भने मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको हो ।

प्रयोगशालामा सीबीसी १ सय ७५, लिभर फंक्सन टेस्ट २ सय, लिपिट प्रोफाइल टेस्ट ३ सयमा नै परीक्षण गरिनेछ । बाहिर निजी प्रयोगशालाहरुले अहिले सीबीसी, लिभर फंक्सन टेस्ट, लिपिट प्रोफाइल टेस्ट परीक्षण गराउँदा ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म लिने गरेका छन् । सबैखाले परिक्षणमा नगरवासीले बजारमूल्य भन्दा ७५ प्रतिशत सस्तो परिक्षण सेवा प्राप्त गर्न सक्ने महानगर प्रमुख सिंहले बताए ।

त्यस्तै प्रयोगशालामा जेष्ठ नागरिक (बृद्द भत्ता पाईरहेका), मृगाैला पिडित, क्यान्सर पिडित, HIV संक्रमित, सहिद परिवार र मधेश आन्दोलनमा घाईते तथा विपन्न परिवारलाई सबैखाले परिक्षणमा ९० प्रतिशत छुट र अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटकाे व्यवस्था मिलाइएको पनि उनले बताए । स्वास्थ्य सेवा नगरवासीकाे घरदैलोमै पुर्याउन अहाेरात्र काम गरिराखेकाे वीरगंज महानगरले एक पछि अर्काे स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास दिलाउँदै सुलभ दरकाे प्रयाेगशाला सेवाकाे लाभ लिनुहुन पनि महानगर प्रमुख सिंहले सम्पूर्णमा अनुराेध गरे ।

कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.चित्तरन्जन साहले महानगरले संचालनमा ल्याएको प्रयोगशाला नारायणी अस्पतालको भन्दा पनि सुलभ रहेको भन्दै परीक्षण गर्ने मेसिन पनि गुणस्तरीय रहेको बताए । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानरका विभिन्न ६ ठाउँमा प्रयोगशाला संचालनमा ल्याउने नीति बमोजिम आज पहिलो ल्याब संचालनमा ल्याइएको बताए ।

उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रसाशक डा.मुक्ति नारायण साह, वडा नं. ३ का वडाअध्यक्ष बैजुलाल श्वर्णकार, वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानु, वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्र लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

जेष्ठ १९, २०८३
रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि