Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

माटो चोरीमा जनप्रतिनिधिहरू नै संलग्न ! सार्वजनिक जग्गाबाट माटो उत्खनन् गरि सेजलाई विक्री

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २६, २०८०
माटो चोरीमा जनप्रतिनिधिहरू नै संलग्न ! सार्वजनिक जग्गाबाट माटो उत्खनन् गरि सेजलाई विक्री

कलैया (बारा), २६ असोज । बाराका जनप्रतिनिधिनै सार्वजनिक जग्गाको दुरुपयोगमा उद्दत देखिएको तत्थ्य बाहिरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको सार्बजनिक जग्गाको माटो उत्खनन्मा यहाँकै जनप्रतिनिधिको मिलेमतो बाहिरिएको हो । वातावरणीय प्रभाव समेत मूल्याङ्कन नगरी जनप्रतिनिधि र सेजको ठेकेदारको मिलेमतोमा माटो उत्खनन् भएको हो ।

जनप्रतिनिधिको मिलेमतोमा अवैध ढंगले सार्वजनिक जग्गाबाट माटो चोरी हुँदा लाखौँ रुपैयाँ राजस्व समेत हिनामिना भएपछि अहिले यहाँका स्थानीय आक्रोसित बनेका छन् । जनप्रतिनिधिकै मिलेमतोमा सार्वजनिक जग्गाको चरम दुरुपयोग भएको तत्थ्य बाहिरिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ मा रहेको सार्वजनिक जग्गाको माटो चोरी गरि बेचविखन गर्न जनप्रतिनिधिसमेत सामेल भएको तत्थ्य बाहिरिएको हो ।

सार्वजनिक जग्गाबाट माटो उत्खनन गरेर विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) लाई बेचेको पाईएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाले केहि महिना पहिला आफ्नै निजी जग्गाबाट माटो उत्खनन गर्नको लागि उपमहानगरसँग अनुमति लिएर मात्र उत्खनन गर्न सूचना निकालेको थियो । सोहि सूचना अनुसार वडा न ११ का महमद दिन मियाँले वडा न ११ को कार्यालयमा दिएको निबेदन अनुसार निवेदकको आमा हसिना चुहिहारको नाममा दर्ता रहेको किता न ३५ को ५ बिघा जग्गा बाट १०० टिपर माटो निकाल्ने भन्दै निवेदन दिएका थिए । वडा न ११ को वडा अध्यक्ष बिन्दलाल साहले उपमहानगरलाई सिफारिस गरेको तर ३५ नम्बर किता सार्वजनिक जग्गा रहेको र त्यसको लालपूर्जा समेत नरहेको र वडा अध्यक्षले मिलोमतोमा सिफारिस गरेको आरोप लगाएको छ ।

वडा न ११ को कार्यालयले गरेको सिफारिस पत्रमा साबिक फत्तेपुर गाविस वडा नं ९ हाल जीतपुरसिमरा–११ को कित्ता नम्बर ३५ को ५ बिघा जग्गाबाट एक सय टिपर माटो निकाल्ने उल्लेख छ । तर, माटो भने कित्ता नं ४२ को १८ बिघा सार्वजनिक जग्गाबाट निकालिएको उपमहानगरका इन्जिनियर रुपाखेतीले जनाए । १८ बिघा सार्वजनिक जग्गामध्ये २ बिघाबाट करिब डेढदेखि २ मिटर गहिराइमा ५ सयदेखि ६ सय टिपर माटो उत्खनन भएको बताएको छ ।

कानुनतः निजी जग्गाबाट माटो उत्खनन गर्नु पूर्व प्राविधिक खटाएर वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्छ । जनप्रतिनिधि र सेजको ठेकेदारको मिलेमतोमा रातभर दर्जनौँको सङ्ख्यामा टिपरले माटो चोरी गरेको भन्दै स्थानीयले उपमहानगरमा उजुरी दिएपछि असोज १९ गते उपमहानगरको प्राविधिक टोली अनुगमनमा पुगेको थियो । अनुगमनमा माटो उत्खनन गरिरहेको एस्काभेटर नियन्त्रणमा लिएर उपमहानगरले थप अनुसन्धान सुरु गरेको छ । यता जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ११ का वडा अध्यक्ष बिन्दालाला साहले आफुले महमद दिन मियाँले दिएको निबेदन अनुसार नै सबै प्रक्रिया पुर्याएर सिफारिस गरेको उपमहानगरको कर्मचारीको कमीकमजोरीको कारण ४२ नम्बर कित्ताबाट माटो उत्खनन गरेरे बेचिएको आरोप लगाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारी सहितको टोलीले सार्वजनिक जग्गाबाट माटो उत्खनन गरेको ठाउँको स्थलगत अनुगमन गरिसकेको छ र यसमा जनप्रतिनिधीको लापर्वाही हो कि कर्मचारीको थप अनुसन्धान गरेर कार्वाही हुने नगर उपप्रमुख अधिकारीले बताएका छन् ।

उपमहानगरले वडाध्यक्षको सिफारिसलाई विश्वास गरी वातावरणीय प्रभाव मूल्याङ्कन पनि नगरी राजस्व रकम लिएर २ दिनभित्र अनुमति दिएको थियो । जनप्रतिनिधिको मिलेमतोमा अवैध ढंगले सार्वजनिक जग्गाबाट माटो चोरी हुँदा लाखौँ रुपैयाँ राजस्व समेत हिनामिना भएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

जेष्ठ १९, २०८३
रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि