Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वडाध्यक्षद्वयको कर्तुत, एकलाई उधारो नदिएको र अर्कासँग उधारो रकम मागेकै कारण गोदाम तोडे

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ६, २०८०
वडाध्यक्षद्वयको कर्तुत, एकलाई उधारो नदिएको र अर्कासँग उधारो रकम मागेकै कारण गोदाम तोडे

वीरगंज (पर्सा), ६ असोज । कलैया उपमहानगरपालिका – ४ का वडाध्यक्ष रामेश्वर प्रसाद यादवले छड सिमेन्ट नपाएपछि घर भत्काएको घटनामा अर्का वडाध्यक्षको पनि संलग्नता रहेको पाइएको छ । कलैया उपमहानगरपालिका वडा नं. २३ घर भई वडा नं. ४ हनुमान मन्दिर स्थित छड सिमेन्टको गोदाम संचालन गर्दै आएका अनिल पटेलको गोदामलाई सडक फराकिलोको बहानामा भत्काइएको घटनामा नयाँ रहस्य बाहिरिएको हो । दुईजना वडाध्यक्षले आफ्नो स्वार्थ सिद्ध नहुँदा उनको गोदाम भत्काएको पाइएको हो ।

वडा नं. ४ का वडाध्यक्ष रामेश्वर प्रसाद यादवले छड सिमेन्ट नपाएको तथा वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुरले उधारो लिएको छड सिमेन्टको पैसा माग गरेपछि दुबैजना मिली पटेलको गोदामलाई नै भत्काउने योजना बनाएको घरधनी पटेलले जानकारी दिए । वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुरले घरधनी अनिल पटेलसँग यही २०८० वैशाखमा सडक निर्माण भइरहेको बखत ८ लाख ७५ हजार रुपैयाँको छड, सिमेन्ट, गिट्टी, बालुवा उधारो लिएर हालसम्म नदिएको र माग गर्दा वडा नं. ४ का वडाध्यक्ष रामेश्वर प्रसाद यादवसँग मिलेर गोदाम भत्काएको पटेलको आरोप छ ।

यसैगरि वडा नं. ४ का वडाध्यक्ष राामेश्वर प्रसाद यादवले असार मसान्तमा आफ्नो निजी कार्यको लागि पटेलसँग १ करोड बराबरको छड सिमेन्ट उधारो मागेका थिए । छड सिमेन्ट उधारो नदिएपछि वडाध्यक्षले पटेलको गोदाम नै भत्काइदिने योजना बनाइएको बताइएको छ । निजी कामको लागि १ करोड बराबरको छड सिमेन्ट उधारो नदिएकाले वडाध्यक्ष यादवले पटक पटक सडक विस्तारको नाममा गोदाम तोड्ने धम्की दिँदै आएको घरधनी पटेलको भनाई छ । एक हप्ता अघि पनि वडाध्यक्षले घर तोड्ने धम्की दिएको घरधनी पटेलको भनाई छ ।

कलैया बरियारपुर हुलाकी सडक खण्ड अन्तर्गत वडा नं. ४ स्थित पर्ने हनुमान मन्दिरदेखि उत्तरपट्टि कलैया अदालतसम्म जाने बाटो बनाउने नाममा हनुमान मन्दिर स्थित निजी जग्गामा निर्माण गरिएको गोदाम भत्काइएको हो । नक्सामा बाटो कायम नरहेको अवस्थामा पटेल र उनको विपरित दिशामा रहेका जग्गाधनीले १०/१० फिट जग्गा दिई बाटो बनाएका थिए । कलैया उपमहानगरपालिकाका पूर्व नगरप्रमुख राजेश राय यादव एवं पूर्ववडाध्यक्ष जाटाशंकर सहनीको पहलमा सामाजिक व्यवहार अनुसार दुबै पक्षबाट १०/१० फिट जग्गा लिई २० फिटको बाटो निर्माण गराएका थिए ।

पटेलले सडक निर्माणको लागि आफ्नो निजी जग्गाबाट १० फिट दिएपछि वडाध्यक्ष यादवले छड सिमेन्ट उधारो नदिएकै कारण रिसिबी साध्न ३० फिटको सडक निर्माण गर्ने भनेर घर भत्काएका हुन् । वडाध्यक्ष यादवले वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर सहित उनका बाउन्सर, कार्यकर्ता एवं कलैया उपमहानगरपालिकाका नगर प्रहरी सहित डोजर बोलाएर एकाविहानै घर तोडेको पटेलको भनाई छ । छड सिमेन्ट नदिएको कुरालाई लिएर वडाध्यक्षद्वयले आफ्नो गोदाम तोड्ने योजना बनाएको एक हप्ता अघि मात्रै पटेलले सुइँको पाएका थिए । वडाध्यक्ष यादवले अचानक फोन गरेर घर कहिले तोड्ने भनेपछि आफू आश्चर्यमा परेको र किन तोड्ने भनेर सोधपुछ गर्दा नापजाँच गरेर चिन्ह् लगाईदिएको वडाध्यक्षले जवाफ दिएपछि उनको ग्राइन डिजाइनबारे घरधनी पटेल जानकारी पाएका थिए ।

त्यस लगत्तै उनले उच्च अदालत जनकपुर, अस्थायी इजसाल वीरगंजमा भदौ २९ गते मुद्दा दर्ता गराएका थिए । उच्च अदालतले असोज ७ गते आइतबार छलफल पेशीको लागि कलैया उपमहानगरपालिकालाई पत्र पठाए पश्चात वडाध्यक्षले अदालतको पत्रलाई अपहेलना गर्दै असोज ५ गते एकाविहानै दलबल सहित पुगी घर भत्काएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

भदौ ८, २०८३
अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

भदौ ८, २०८३
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

टीयू परीक्षा केन्द्रमा विभेदः ठाराबका विद्यार्थीलाई २० किलोमिटर, निजी कलेजलाई ‘होम सेन्टर’ !

भदौ ८, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि