Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

इतिहासमा ‘नेपाल गभर्मेन्ट रेल्वे’, चन्द्र शमशेरको शासनकालमा स्थापित नेपालको पहिलो रेल सेवा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २८, २०८०
इतिहासमा ‘नेपाल गभर्मेन्ट रेल्वे’, चन्द्र शमशेरको शासनकालमा स्थापित नेपालको पहिलो रेल सेवा

वीरगंज (पर्सा), २८ साउन । वि.सं. १९८४ (सन् १९२७) मा चन्द्र शमशेरको शासनकालमा स्थापित नेपाल गभर्मेन्ट रेल्वे नेपालको पहिलो रेल सेवा हो । तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ४७ किलोमिटर रेल्वे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । उक्त समयमा तराईका यस भेगका मानिसहरु अमलेखगन्जबाट भीमफेदी हुँदै काठमाडौंसम्म पुग्न पैदल यात्रा गर्थे ।

नेपाल गभर्मेन्ट रेल्वे (Nepal Government Railway ‘NGR’) नेपालको पहिलो रेलमार्ग थियो । अमलेखगञ्ज र रक्सौल जोड्ने ४७ किलोमिटर लामो पहिलो नेपाल गभर्मेन्ट रेलवे तात्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा वि.सं. १९८४ स्थापना भएको रेल्वे वि.सं. २०३१ मा बन्द भएको थियो । चन्द्रशमशेरले रक्सौलसम्म आएको अङ्ग्रेजको रेल अमलेखगञ्जसम्म जोडेका थिए ।

सन् १९२३ मा, भारतीय वन सेवाका जेभी कोलिएरले नेपालको वन पैदावर परिवहनको लागि सर्ट न्यारो गेज रेलवे निर्माण गरेका थिए । कोलिएरलाई राणा प्रधानमन्त्रीले नेपालको वन विभाग व्यवस्थापन गर्ने जिम्मेवारी दिएका थिए । सन् १९२३ को जाडोमा, कोलकाताको मार्टिन्स लाइट रेलवे (मार्टिन एन्ड को.) ले उत्तरको सिमाबाट अमलेखगञ्जसम्म रेलमार्ग निर्माण गर्न सर्वेक्षण गरेका थिए ।

निर्माण कार्य सन् १९२६ मार्चबाट सुरु भयो र सन् १९२७ फेब्रुअरी १६ मा नेपाल गभर्मेन्ट रेलवे सञ्चालनमा आएको थियो । न्यारो गेज रेलवेले २ फिट ६ इन्च (७६२ मिमी) को ट्रयाक गेज उपयोग गर्थ्यो । यस रेल्वेमा सातवटा वाष्प लोकोमोटिभ, १२ कोच र ८२ बोगी थिए । यो रेल्वे बेलायतको ‘बेयेर, पिकक एन्ड कम्पनी’ द्वारा निर्मित ग्यारेट लोकोमोटिभबाट सञ्चालन हुन्थ्यो ।

राजमार्ग नबन्दासम्म, अमलेखगञ्ज-रक्सौल रेलमार्ग अप्रत्यक्ष रूपमा काठमाडौँलाई भारतसँग जोड्ने एकमात्र बाटो थियो । काठमाडौँबाट यात्रीहरू पहाडै-पहाडको बाटो हिडेर चुरेको फेदीमा पुग्थे जहाँबाट उनीहरू लरी चढेर अमलेखगञ्जसम्म आएर रेल चढेर भारत जाने गर्दथे । सन् १९५६ मा त्रिभुवन राजमार्गको निर्माणपछि हिड्नु पर्ने बाध्यता अन्त्य भएको थियो । नेपाल ट्रान्सपोर्ट सर्भिस नामक एक निजी कम्पनीले सन् १९५९ मा पहिलो पटक बस सेवा सुरु गरेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरनाथा एकेडेमी स्कुलमा गुरु पूर्णिमाको अवसरमा विशेष कार्यक्रम

सगरनाथा एकेडेमी स्कुलमा गुरु पूर्णिमाको अवसरमा विशेष कार्यक्रम

साउन १३, २०८३
सरकार-चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ताः देशभर स्वास्थ्य सेवा पुनः सञ्चालन

सरकार-चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ताः देशभर स्वास्थ्य सेवा पुनः सञ्चालन

साउन १३, २०८३
जगरनाथपुरमा ‘समृद्धिका लागि वन’ अभियान तीव्र, ७ बिघा ऐलानी जग्गामा १,५०० बिरुवा रोपियो

जगरनाथपुरमा ‘समृद्धिका लागि वन’ अभियान तीव्र, ७ बिघा ऐलानी जग्गामा १,५०० बिरुवा रोपियो

साउन १३, २०८३
जनतासँग संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

जनतासँग संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

साउन १३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि