Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराई मधेशमा गर्भपतन गराउनेको संख्या बढी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २, २०८०
तराई मधेशमा गर्भपतन गराउनेको संख्या बढी

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २ साउन । नेपालमा असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाहरुको संख्या बढ्दै गएको पाइएको छ । आईतबार वीरगञ्जमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित महिला स्वास्थ्य तथा गर्भपनत सम्बन्धीत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य लाइभका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले पछिल्लो समय असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको बताए ।  उनले विश्वमा अनुमानित २५ करोड ७०  लाख गर्भधारण गर्न नचाहने महिलाहरु परिवार नियोजनका सुरक्षित र आधुनिक तरिकाहरु नअपानाएको बताए । यस्तै स्वास्थ्य क्लिनिकहरुले अवैधानिक तरिकाले गर्भपतन गराइरहेको अधिकारीको भनाई छ ।

कार्यक्रममा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक श्याम लम्सालले असुरक्षित गर्भपतनले महिलाहरुमा गम्भीर रोगहरु देखा पर्ने गरेको हुँदा सुरक्षित गर्भपतन सम्बन्धी जानकारी गराउन पत्रकारहरुलाई आग्रह गरे । उनले सांस्कृतिक तथा सामाजिक कारण खास गरी तराई मधेशमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढी रहेको बताए । उनले भने, ‘हाम्रो समाजमा अहिले पनि गर्भपतनको विषयमा खुल्ला रुपमा बहस गर्न सकिदैन । त्यसैले अधिकांश गर्भवती महिलाहरुले नबुझी जथाभावी, लुकीछिपी गर्भपतन गराईरहेका छन् ।’ असुरक्षित गर्भपतनका कारण भएका स्वास्थ्य समस्याहरुको उपचार गराउन आउने महिलाहरु मध्ये २० देखि २२ हजारको मृत्यु हुने गरेको लाम्सालले बताए । असुरक्षित गर्भपतनले महिलाहरुमा बढी रक्तश्राव हुने, मृगौला खराब हुने, पाठेघरमा प्वाल पर्न सक्ने र पिसाबको थैलीमा प्वाल पर्न सक्ने लगायतको सम्सयाहरु देखिन्छ ।

गर्भपतन गराउने स्वास्थ्य संस्था तथा चिकित्सकले अनुमति लिनुपर्ने हुन्छ । तर, अहिले प्राय जसो अस्पताल तथा स्वास्थ्य क्लिनिकहरुले बिना अनुमतिकै गर्भपतन गराइरहेका छन् ।  नेपालमा ५० प्रतिशत महिलाले १८ वा सो भन्दा कम उमेरमा प्रथम पटक यौन सम्पर्क राखेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) ले नेपालमा प्रत्येक वर्ष हुने १२ लाख गर्भधारण मध्ये झण्डै आधा अनिश्चित र करिब दुई तिहाई गर्भपतन हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालमा अनिश्चित गर्भको ६२ प्रतिशत गर्भपतन हुने गरेको छ भने ती मध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्छन् । यस्तै कुल मातृ मृत्यु मध्ये ७ प्रतिशत असुरक्षित गर्भपतनको कारणले हुने गरेको छ ।

कार्यक्रममा अर्जुन अधिकारीले मधेश प्रदेशमा गर्भपतनको अवस्थाको तथ्यांक सार्वजनिक गरेका थिए ।  आर्थिक वर्ष २०७७÷७८ मा मधेश प्रदेशमा २० वर्ष मुनीका ६ हजार १ सय ५६ जना किशोरी तथा युवतीहरुले सुरक्षित गर्भपतन गराएका छन् । वीरगञ्ज महानगरपालिकामा मात्रै ७ सय ७८ जनाले सुरक्षित गर्भपतन गराएको आधिकारीले बताए । जस मध्ये ४ जना औषधि, ९ जनाले शल्यक्रिया मार्फत सुरक्षित गर्भपतन गराएका छन् । मधेश प्रदेशमा भने २ सय ८१ जनाले औषधि र ४ सय ३१ जनाले शल्यक्रियामाफर्त गर्भपतन गराएका छन् । यस्तै मधेस प्रदेशमा २० वर्षभन्दा माथिका ४ हजार ६० जना महिलाले औषधि सेवन गरेर तथा १ हजार ३ सय ८४ जनाले शल्यकृया मार्फत सुरक्षित गर्भपतन गराएको तथ्याङकले देखाएको छ । अधिकारीले सार्वजनिक गरेको मन्त्रालयको तथ्याङक अनुसार देशका अन्य ६ प्रदेशको तुलनामा मधेस प्रदेशमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढी छ ।

औषधि व्यवस्था विगागले गर्भपतनका लागि नेपालमा १० वटा औाषधि प्रयोग गर्न अनुमति दिएको छ ।  तर खुल्ला सिमाका कारण पारीबाट जुनसुकै औषधिको प्रयोग गरिरहेको पाईएको औषधि व्यवस्था विभाग पर्साका प्रमुख किरण बज्रचार्यले बताए । उनले बेलाबेलामा स्वास्थ्य संस्थाहरुको अुनगमन गरिरहेको बताए । यता जिल्ला जन स्वास्थय कार्यलय पर्साका प्रमुख नवलकिशोर साहले पर्सामा १० वटा स्वास्थ्य संस्थाले गर्भपतन गराउने अनुमति प्रात्य गरेकोमा ३ वटा पोखरिया, महुवन र सखुवा प्रसौनीको मात्रै संचालनमा रहेका छन् ।  उनले जनशक्ति अभाव र निजी तर्फको बढ्दो आर्कषणका कारण सरकारी स्वास्थ्य संस्था भन्दा बढी निजी स्वास्थ्य संस्थाहरुमा गर्भपतन बढी भइरहेको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि