Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारी कार्यालयको चालुतर्फ ९५ र पुँजीगतफर्त ६९ प्रतिशत बजेट खर्च

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २८, २०८०
सरकारी कार्यालयको चालुतर्फ ९५ र पुँजीगतफर्त ६९ प्रतिशत बजेट खर्च

वीरगंज (पर्सा), २८ असार । चालु आर्थिक वर्ष २०७९/८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५ दशमलव २४ प्रतिशत र पुँजीगततर्फ ६९ दशमलव ५७ प्रतिशत बजेट निकासा लिएका छन् । पर्सास्थित सरकारी कार्यालय तथा पालिकाको चालुतर्फ रु ११ अर्ब २६ करोड १९ लाख १४ हजार नौ सय ९६ मध्ये निकास हुने अन्तिम दिन असार २४ गतेसम्म रु १० अर्ब ७२ करोड ६४ लाख ३७ हजार छ सय १९ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिनुभयो ।

यस्तै पुँजीतर्फ रु चार अर्ब ४१ करोड तीन लाख ८८ हजार चार सय ३८ मध्ये असार २४ गतेसम्म रु तीन अर्ब छ करोड ८५ लाख ९३ हजार ६४ निकासा भएको प्रमुख उप्रेतीले बताउनुभयो । वीरगन्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र सशर्त बजेट रु पाँच अर्ब ४४ करोड ५४ लाख ७९ हजारमध्ये असार २४ गतेसम्म रु पाँच अर्ब १८ करोड ६१ लाख २२ हजार नौ सय ५० निकासा भएको सो कार्यालयले जनाएको छ । यसरी हेर्दा चालु आर्थिक वर्षमा पर्साका स्थानीय तहहरूले रु २५ करोड ९३ लाख ५७ हजार बजेट खर्च गर्न नसकेको देखिन्छ । वीरगन्ज महानगरपालिकालाई चालु आर्थिक वर्षको लागि रु एक अर्ब ५२ करोड एक लाख ५८ हजार रकम छुट्याइएकामा असार २४ गतेसम्म रु एक अर्ब ४७ करोड छ लाख ९० हजार निकासा भएको छ । वीरगन्ज महानगरको रु चार करोड ९४ लाख ६८ हजार खर्च गर्न नसकेको कोलेनिकाले जनाएको छ ।

पर्साको पोखरिया नगरपालिकालाई उपलब्ध गराइएको रु ३६ करोड २२ लाख २९ हजारमध्ये कोष तथा लेखा नियन्त्रण कार्यालयले रु ३४ करोड ३६ लाख १० हजार रकम निकासा गरेको छ । पोखरिया नगरपालिकाको यस आर्थिक वर्षमा रु एक करोड ८६ लाख १९ हजार खर्च गर्न सकेको छैन । त्यसैगरी पर्सागढी नगरपालिकामा सङ्घीय सरकारले उपलब्ध गराएको रु ३२ करोड ९४ लाख ९६ हजार वार्षिक बजेटमा रु ३१ करोड ३४ लाख ७१ हजार निकासा लिएको छ । पर्साको बहुदरमाई नगरपालिकाले सङ्घीय सरकारबाट पाएको रु ३९ करोड ६१ लाख छ हजारमध्ये रु ३७ करोड ६८ लाख ८१ हजार निकासा लिएको प्रमुख उप्रेतीले जानकारी दिनुभयो ।

पर्साको छिपरमाई गाउँपालिकामा सङ्घीय सरकारले उपलब्ध गराएको रु २९ करोड १९ लाख ३२ हजारमध्ये रु २७ करोड ५२ लाख दुई हजार मात्र निकासा भएको छ भने जगरनाथपुर गाउँपालिकाको लागि यस आवमा पठाएको रु ३१ करोड ६६ लाख ९८ हजारमध्ये रु २९ करोड ८१ लाख ८० हजार निकासा भएको जनाएको छ । धोविनी गाउँपालिकाले रु २३ करोड ९७ लाख ४३ हजारमध्ये रु २२ करोड ८९ लाख पाँच हजार निकासा लिएको छ भने पकाहामैनपुर गाउँपालिकामा सङ्घीय सरकारले पठाएको रु २२ करोड ३४ लाख २५ हजारमध्ये रु २१ करोड १६ लाख ६२ हजार मात्र निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । पटेर्वासुगौली गाउँपालिकाले रु २९ करोड तीन लाख ६५ हजार रकममध्ये रु २८ करोड ६२ लाख ९० हजार खर्च गरेको छ ।

विन्दवासिनी गाउँपालिकाले रु २५ करोड ३९ लाख ७९ हजारमध्ये रु २४ करोड ३३ लाख ३४ हजार निकासा लिएको छ भने सखुवाप्रसौनी गाउँपालिकाको रु ३५ करोड ३८ लाख २४ हजारमध्ये रु ३३ करोड ४८ लाख १६ हजार निकासा भएको प्रमुख उप्रेतीले बताउनुभयो । कालिकामाई गाउँपालिकामा सङ्घीय सरकारले दिएको रु २४ करोड १५ लाख ३९ हजार रकममध्ये रु २२ करोड ९६ लाख ५४ हजार निकासा लिएको छ भने जीराभवानी गाउँपालिकाले रु २७ करोड ४५ लाख २० हजार वार्षिक बजेटमध्ये रु २४ करोड २५ हजार मात्र खर्च गर्न सकेको जनाएको छ । जिल्लाको पर्यटकीय नगरीका रूपमा परिचित ठोरी गाउँपालिकाले भने रु ३४ करोड २५ लाख ६५ हजारमध्ये रु ३३ करोड ३३ लाख ४० हजार निकासा लिएको कोलेनिकाले जनाएको छ ।

समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुजस्ता कारणले सरकारी कार्यालयको पुँजीगत खर्च घटेको हुनसक्ने प्रमुख उप्रेतीको भनाइ छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

साउन १०, २०८३
बगैचामा लुकाएर राखिएको १४० किलो गाँजा बरामद

बगैचामा लुकाएर राखिएको १४० किलो गाँजा बरामद

साउन १०, २०८३
प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

साउन १०, २०८३
लिटिल बडी प्रि-स्कुलमा मेहन्दी प्रतियोगिता: आकांक्षा बान्या प्रथम

लिटिल बडी प्रि-स्कुलमा मेहन्दी प्रतियोगिता: आकांक्षा बान्या प्रथम

साउन १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि