Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समयमै लिलाम बिक्रि नगरिदा वनको काठ वनमै कुहियो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १९, २०७९
समयमै लिलाम बिक्रि नगरिदा वनको काठ वनमै कुहियो

गौर (रौतहट), १९ फागुन / समयमै लिलाम बिक्रि नगरिदा रौतहटका वन कार्यालयमा रहेका बरामद तथा कटान गरिएका काठहरु दिनानुदिन कुहिँदै गइरहेको छ । डिभिजन वन कार्यालय स्थित सशस्त्र वनरक्षक सुरक्षा शाखाको कम्पाउन्डभित्र जिल्लाका विभिन्न रेन्जपोष्ट तथा वनहरुमा खुल्ला रुपमा राखिएका २ लाख क्युफिट भन्दा बढि बहुमूल्य काठहरु कुहिएर कामै नलाग्ने अवस्थामा पुगेको छ । राज्यको अस्पष्ट निति तथा डिभिजन वन कार्यालयको वेवास्ताको कारण राज्यले करौंडो राजस्व गुमाइरहेको छ भने सर्वसाधरणहरु आवश्यक काठ पाउनबाट बञ्चित भइरहेका छन् ।
जिल्लाका वन तथा वन कार्यालयहरुमा २० औं वर्षदेखि खुल्ला आकासमा वेवारिसे अवस्थामा राखिएका काठहरु लिलाम हुन नसक्दा उपभोक्ताहरु मार्कामा परेका छन् भने राज्यले पनि करौंडो राजस्व गुमाइरहेको छ । वैज्ञानिक वन व्यवस्थापनको क्रममा काटिएका, हेटौंडा–ढल्केवर–दुहबी ४ सय केभी प्रसारण लाइनको टावर निर्माण गर्दा काटिएका, ढलापढा, चोरी तस्करी क्रममा बरामद गरिएका काठ–दाउरा समयमै लिलाम गर्न नसक्दा कुहिंएर नष्ट भइरहेका छन् । वन कार्यालयबाट खरिद गर्न नपाउँदा सर्वसाधरणहरु आफुलाई आवश्यक पर्ने काठ भएर तस्करहरुबाट जोखिम उठाएर महङ्गो मुल्यमा खरिद गरेर काम चलाउन बाध्य छन् ।
विभिन्न समयमा काटिएका तथा बरामद् गरिएका हजारौँ क्युफिट काठहरु कुहिएर नष्ट भइसकेका छन् । खुल्ला आकासमुनि घाटगद्दी गरेर राखिएका काठहरु वर्षौसम्म घामपानीको प्रभावले कमजोर भएर सड्ने गरेका छन् । त्यसैगरी कतिपय काठहरु डढेलो गर्दा पनि जलेर नष्ट हुने गरेको छ । गत बुधबार चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित नमुना सामुदायिक वनमा घाटगद्दी गरेको राखेको काठमा आगलागी हुँदा लाखौं मूल्य बराबरको सखुवा प्रजातिको काठहरु जलेर नष्ट भएको थियो ।
डिभिजन वन कार्यालयले सामुदायिक वनहरुमा रहेका काठहरु बिक्रीवितरण गर्ने अनुमति दिन विभिन्न बहाना बनाएर आलटाल गरिरहेका पनि काठहरु नोक्सान भइरहेको स्थानियको गुनासो छ ।
वनले समातेका वेवारिसे एवम् तस्करीको काठहरुको मुद्धा पक्रियामा गएपछि मुद्धाको छिनोफानो नहुन्जेलसम्म लिलाम गर्न नपाइने निति भएकाले लिलामीमा समस्या आउनेको गरेको छ । मुद्धाको अन्तिम फैसला कुर्नुपर्ने कानुनी वाध्यताले देशैभरबाट राज्यले वर्षेनी अर्बौ राजस्व गुमाइरहेका छन् । यता डिभिजन वन कार्यालय रौतहटले भने काठको लिलाम बिक्री प्रक्रिया अगाडि बढाइसकेको तर बिचमा केही ऐन तथा नियमावलीहरु संसोधन भएर पुनः वर्गिकरण लगायतका प्रक्रियाहरु गर्नु परेका केही ढिलाइ बताउँछ ।
वनको काठ कुहिएर जानु अनि सर्वसाधरणले तस्करबाट किन्नुपर्ने वाध्यताको अन्त्य गर्न सरोकारवाला निकायहरु गम्भिर हुनु जरुरी छ । सरकारले छिटो छरितो निति बनाएर यसरी वनहरुमा रहेका काठदाउरा बिक्रि वितरण गर्नुपर्ने स्थानियको भनाइ रहेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

जेष्ठ ११, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन विरुद्ध सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन

जेष्ठ ११, २०८३
प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

जेष्ठ ११, २०८३
ब्राउन सुगरसहित एकजना युवक पक्राउ

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

जेष्ठ ११, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि