Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

युरिया मल नपाउँदा किसानहरु मर्कामा, जिटुजिको मल कोलकत्तासम्म आइपुग्यो : सहायक प्रबन्धक झा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २४, २०७९
माग अनुसारको मल आयात नहुँदा वर्षेनी मल अभावको समस्या झेल्दै किसान

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), २४ पुस / युरिया मल अभावको कारण कृषकहरु मर्कामा परेका छन् । गहुँ बालीलाई चाहिने युरिया मल अभावले वर्षेनी किसानहरु समस्यामा पर्दै आएका छन् । गहुँ बाली लगाएको एक महिना पुग्न लाग्दा युरिया मल नछर्किए उत्पादनमा कमि हुने भएकोले किसानहरु युरिया मलका लागि भौतारि रहेका छन् । एक बोरा मलको लागि किसानहरु छिमेकी राष्ट्र भारतमा निर्भर हुने अवस्था छ, नत्र कालोबजारीको मल किन्नुपर्ने बाध्यता छ ।
नेपाल सरकारले कृषकहरुको लागि अनुदानमा उपलब्ध गराएको मल माग आनुसार आयात नहुँदा एवं भएको मलमा पनि कालोबजारी बढ्दा किसानहरु वर्षेनी मल अभावको समस्या खेप्नु परेको छ । नेपाल सरकारले कृषि सामाग्री कम्पनी मार्फत वितरण गर्ने मल वास्तविक किसान समक्ष नपुग्दा पनि यस्तो समस्या उत्पन्न भएको किसानहरुको भनाई छ ।
कृषि सामाग्री कम्पनीबाट मल लैजाने कृषक सहकारी सँस्थाहरुले आफ्नो आसेपासेलाई मात्रै वितरण गर्ने गरेको तथा कालोबजारी गर्ने गरेको कारण वास्तविक किसानहरु मल पाउन सकेका छैनन् । नेपाल सरकारको नियम अनुसार कृषि सामाग्री कम्पनीबाट डिलर लिएका कृषक समूहहरुले मात्रै मल लैजान पाउने प्रावधान छ तर ति समूहमा भएका कृषकहरु बाहेक अन्य कृषकहरुले मल नपाएको कृषकहरुको गुनासो छ ।
सहकारी सँस्थाहरुले ५ देखि १० केजी मात्रै मल दिने गरेको कारण बढि खेत भएका कृषकहरुलाई समस्या भएको छ । स्थानीय स्तरमा मल वितरणमा पनि राजनीति करण बढेकोले मलको हाहाकार भएको कृषकहरुको भनाई छ । कृषकहरुलाई सहज तरिकाले मल उपलब्ध गराउन स्थानीय तहको प्रत्येक वडामा २ देखि ४ वटा डिलरहरु छन्, तर डिलहरुले किसानहरु भन्दा पनि आफ्ना आसेपासेलाई वितरण गर्नु एवं कालोबजारी गर्ने गरेको कारण मल आवश्यक पर्ने समयमा सधैं किसानहरुले मलको अभाव खेप्नु परि रहेको छ ।
नेपाल भारत सीमा क्षेत्रमा रहेका किसानहरुले हदसम्म भारतबाट मल ल्याएर आफ्नो खेती गर्ने गरेतापनि भारतीय एस.एस.बि.ले मल आयातमा कडाई गरिएको कारण त्यहाँबाट पनि मल ल्याउन समस्या भएको बताइएको छ ।
कृषि सामाग्री कम्पनीले नेपाल सरकारले आयात गरेको मल स्थानीय तहको सिफारिसमा वितरण गरेकै हो तर माग अनुसारको प्रयाप्त मल आयात नहुँदा र कालोबजारी बढ्दा यस्तो समस्या उत्पन्न भएको कृषि सामाग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय वीरगंजका सहायक प्रबन्धक आलोक कुमार झाले जानकारी दिए । नेपाल सरकारले आईपिएल कम्पनीसँग ग्लोबल टेण्डर मार्फत खरिद गरेको ३० हजार मेट्रिक टन मल वितरणको अन्तिम चरणमा रहेको र ‘जि.टु.जि.’ मार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन युरिया मल कोलकत्ता बन्दरगाहसम्म आइपुगेको बताए ।
उनका अनुसार भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी र कृषि सामाग्री कम्पनीबीच ‘जि.टु.जि.’ मार्फत भएको सम्झौता अनुसार लामो समय पश्चात मल नेपाल आउन लागेको हो । तेश्रो मुलकबाट आयातित मल भारतीय कम्पनीले नेपाललाई पठाउन लागेको हो । उक्त मल भारतको कोलकत्ता स्थित बन्दरगाहमा आइपुगेको र मलको गुणस्तर चकजाँचको लागि कृषि मन्त्रालय सहित कृषि सामाग्री कम्पनी लिमिटको टोली कोलकत्ता पुगेको उनको भनाई छ ।
पुस १५ गते कोलकाता बन्दरगाहमा आइपुगेको मल प्रक्रिया पूरा गरेर एक हप्तापछि सुक्खा बन्दरगाहमा आइपुग्ने र कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगंजको गोदाममा भण्डारण गरि चाँडो भन्दा चाँडो वितरण प्रक्रिया अगाडि बढाइने झाको भनाई छ । यो जिटुजि मार्फत खरिद गरिएको मल ५ वर्षसम्म नियमित आउने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि