Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विगत तीन दशकदेखि बन्द कृषि औजार कारखाना पुनः संचालनको तयारीमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १८, २०७९
विगत तीन दशकदेखि बन्द कृषि औजार कारखाना पुनः संचालनको तयारीमा

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १८ कात्तिक / विगत ३ दशकदेखि बन्द रहेको वीरगन्ज स्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । कुशल व्यवस्थापनको अभावका कारण बन्द भई खण्डहरमा परिणत भएको कारखानालाई पुनर्जीवित गर्न अर्थ मन्त्रालयले कृषि औजार कारखाना संचालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएपछि यतिवेला कारखानामा सरसफाई तथा चेकजाच गर्ने कार्यले तीव्रता पाएको छ ।
नेपालको एकमात्र कृषि औजार उत्पादन गर्ने कारखानाको रुपमा रहेको बीरगंज स्थित कृषि औजार कारखाना पुनः सचालनमा ल्याउने कार्य भईरहेको छ । लामो समयदेखि बन्दको कारण धुलो र माकुराको जालो मात्र भेटिने कारखानाको स्वरूप परिवर्तन गर्ने तयारी हुदैछ । आत्मनिर्भर बन्ने उदेश्यले चालु आर्थिक वर्षको बजेटमा उद्योगलाई पुनः सञ्चानलमा ल्याउने कुरा उल्लेख गरिएको थियो । गत भाद्र ३१ गते मन्त्री परिषद्को वैठकले कृषि औजार कारखानाको सञ्चालनको जिम्मा राष्ट्रिय अविष्कार केन्द्रलाई दिने निर्णय गर्यो । सोहि निर्णय अनुसार गत असोज ११ गते अर्थ मन्त्रालय र राष्ट्रिय अविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
तात्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगबाट सञ्चालनमा आएको उक्त कारखानाको उद्घाटन पूर्व राजा स्व. श्री महेन्द्र वीर विक्रम शाहले बि.स. २०२४ साल फाल्गुण २८ गते गरेका थिए । यस कारखानाबाट कृषि क्षेत्रमा आवश्यक पर्ने सबै प्रकारका औजारको उत्पादन हुने गथ्र्यो । रसिया, जापान, श्रीलंका तथा भारतबाट कच्चा पदार्थ आयात गरि यहाँबाट उत्पादन हुने कृषिका औजार देशका कुना काप्चामा बिक्री हुनुका साथै छिमेकी मुलुक भारतमा समेत निर्यात हुने गर्दथ्यो । यसरी सिंगो मुलुकको कृषि क्षेत्रमा योगदान पुर्याउँदै आएको कारखाना लामो समयदेखि बन्द हुँदा कृषकहरु खेतीपती गर्ने औजारहरु खर्बाै रुपयाँ खर्चेर आयात गर्नुपर्ने अवस्था छ ।
यतिबेला राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुन उक्त कारखाना सञ्चालनका लागि अध्ययन र सरसफाइमा व्यस्त छन् । विगत ४ दिनदेखि पुन सहितको टोली वीरगंजको कृषि औजार कारखानाको मेशिन चेकजाँचमा ब्यस्त छन् । चेकजाँचको क्रममा करिब ५० प्रतिशत मेशिन मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताएका छन् । उनले पुराना मेसिनसँगै अत्याधुनिक मेसिनहरु पनि आवश्यक रहेको हुँदा वीरगञ्ज स्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन ३० देखि ४० करोड रुपैया लाग्ने आफूहरूको अनुमान रहेको बताए । कारखाना सञ्चालनमा ल्याउने जिम्मेवारी पाएपछि आफूहरू पछि नहट्ने अध्यक्ष पुन बताउछन् । आगामी दिनमा सरकारले साथ नदिएपनि यसको सञ्चालनको लागि निरन्तर लाग्ने उनले बताए ।
नेपाललाई कृषि प्रधान देशको रूपमा चिनिन्छ । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्य सहित स्थापना गरिएको कृषि औजार कारखाना सञ्चालनमा रहदा वार्षिक १३ करोड रुपैया सम्म आम्दानीमा थियो । करोडौं आम्दानी गर्दै आइरहेको कारखानाको उत्पादकत्व बढाउन र नाफा कमाउने भन्दै तत्कालीन सरकारले २०५९ सालमा निजीकरण गर्दै रेशमलाल वैध नामक निजी क्षेत्रलाई ६५ प्रतिशतको शेयर बिक्री गरेको थियो । तर बैद्यले कारखानालाई घाटामा पु¥याई फरार भएपछि नेपाल सरकारले पुनः आफÞनो स्वामित्वमा लिएको कृषि औजार कारखानाका सुरक्षा ईन्चार्ज मनोहर गौतम बताउछन् ।
नेपाल सरकारले यसभन्दा अगाडी पनि पटक पटक कृषि औजार कारखानमा टोली नै खटाएर निरीक्षण तथा अवलोकन गरी प्रतिवेदन बुझाउने कुरो कुनै नौलो हैन । सरकार कारखाना संचालनको प्रतिबद्धता गरेर टोली खटाउने, टोलीले प्रतिवेदन बुझाउनेमै सीमित हुदै आएको कारण कृषि औजार कारखाना आजसम्म संचालनमा आउन सकेको छैन तर यसपटक राष्ट्रिय अविष्कार केन्द्रले जिम्मा पाए पछि अब चाही कृषि औजार कारखाना सञ्चालनमा आउनेमा वीरगञ्जबासी आशावादी छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि