Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा ‘सामुहिक भाईटिका’ मनाइयो, ‘जात, धर्म’ भन्दा ठूलो भाई – बहिनीको नाता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १०, २०७९
वीरगंजमा ‘सामुहिक भाईटिका’ मनाइयो, ‘जात, धर्म’ भन्दा ठूलो भाई – बहिनीको नाता

वीरगंज (पर्सा), १० कात्तिक / न्यूज २४ टेलिभिजनले वीरगंजमा ‘सामुहिक भाईटिका’ कार्यक्रम सम्पन्न गरेको छ । वीरगंज आदर्शनगर स्थित पुरानो बसपार्कमा नेवार, पहाडी, मधेशी, थारु, मारवाडी तथा मैथली समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा भेला सामुहिक भाईटिका कार्यक्रम सम्पन्न भएको छ ।
भाईटिका पहाडी समुदायको विशेष पर्व रहेकोले एक अर्का समूदायलाई एकै ठाउँमा राखी एकआपसमा सद्भाव कायम राख्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले यस कार्यक्रमले एक अर्काको समुदायबीच भाइचारा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । यो भाईटिका सँस्कृत्ति कस्तो छ भन्ने सम्पूर्ण समुदायलाई चिनाउन यस कार्यक्रम उल्लेख्नीय भूमिका निर्वाह गर्ने बताए ।
भाईटिका कार्यक्रमलाई नयाँ सन्देश दिने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले विभिन्न जातजाति, धर्मका व्यक्तिहरु एकै ठाउँमा बसेर हर्षोल्लासका साथ भाईटिका मनाई रहेको अवस्थाले गर्भान्वित महसुस भएको भन्दै हाम्रो समाजमा आमाबुवा, भाईबहिनीको सम्बन्धलाई गाँस्ने पर्व त्यवहारहरुलाई विर्सनु हुँदैन र हामी सबै मिलेर मनाउनुपर्छ भन्ने सन्देश दिएको बताए ।
कार्यक्रममा सहभागी पूर्व मेयर विजय सरावगीले यो नौलो अनुभव महसुस भएको बताए । हामी आफ्नो घर परिवारमा भाईटिका मनाउने गरेका छौं तर यसरी सम्पूर्ण समुदायका व्यक्तिहरुबीच एक आपसमा भाईटिका मनाउँदा यसले समाजमा नौलो सन्देश दिएको बताए । यसरी नै वीरगंज स्थित मानवसेवा आश्रमका संरक्षक दिवेश गुप्ताले मानवता भन्दा ठुलो धर्म, जात नरहेको भन्दै यस्ता कार्यक्रमले सबैको आत्मियतालाई जोड्दै मानवीयतालाई दर्शाउने गरेको बताए । भाईटिकाको बखत आफ्नो भाई नभएकाहरु एवं घरपरिवारसम्म पुग्न नसकेका भाईहरु सहभागी बहिनीहरुसँग टिका लगाएका थिए । सहभागी कतिपय व्यक्तिहरुले आफ्नो समुदाय लगायत अन्य समुदायका बहिनीहरुसँग पनि टिका लगाएका थिए ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक रमेश बस्ने, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, नेपाली सेनाका गणपति डायमण्ड कार्की लगायत मारवाडी समुदाय, भोजपुरी समुदाय, मधेशी समुदाय, पहाडी समुदाय लगायतका व्यक्तित्वहरुको उल्लेख्यनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई न्यूज २४ टेलिभिजनका नेपाल व्युरो प्रमुख राजु श्रेष्ठ तथा पर्सा संवाददाता मुस्कान श्रेष्ठले संचालन गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि