Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विश्वकर्मा पुजाको लागि बनाइएका माटोको मुर्ति विक्री नभएपछि मुर्तिकारहरु चिन्तित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २८, २०७९
विश्वकर्मा पुजाको लागि बनाइएका माटोको मुर्ति विक्री नभएपछि मुर्तिकारहरु चिन्तित

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २८ भदौ / यही असोज १ गते पर्ने विश्वकर्मा पुजाको लागि बनाइएका माटोका मुर्तिहरु विक्री नभएपछि मुर्तिकारहरु चिन्तित बनेका छन् । प्रत्येक वर्ष विश्वकर्मा पुजाको दिन सानादेखि ठुलठूला उद्योगहरुमा धुमधामका साथ विश्वकर्मा पुजा हुने गरेकोमा विगत तीन वर्षदेखि कोरोना संक्रमणको कारण विश्वकर्मा पुजा औपचारिकतामा मात्रै सीमित भएपछि मुर्ति व्यवसायीहरु मर्का परेको मुर्तिकार वीरगंज महानगरपालिका निवासी राजकुमार कुम्हालको भनाई छ ।
विश्वकर्मा पुजा आउन दुई तीन दिन मात्रै बाँकी रहँदा पनि अहिलेसम्म २५ प्रतिशत पनि मुर्ति विक्री नभएको उनको भनाई छ । विगतमा विश्वकर्मा पुजाको दिन ७५ देखि १ सय भन्दा बढि मुर्ति विक्री गर्दै आएकोमा विगत तीन वर्षदेखि मुर्ति विक्री हुने क्रम रोकिएकोले व्यवसाय संकटमा परेको कुम्हालको भनाई छ । विभिन्न ठाउँबाट माटो, पराज, बाँस लगायतका सामाग्रीहरु किनेर ल्याई मेहनत गरेर मुर्ति बनाएपनि मुर्ति विक्री नभएपछि लगानी पनि डुब्ने चिन्ताले सताएको उनको भनाई छ ।
पहिला १ ट्याक्टर माटो १ हजार रुपैयामा आउँथ्यो अहिले त्यही १ ट्याक्टर माटो ३ हजार रुपैयामा आउँछ, बाँसको मूल्य पनि दोब्बरले महँगिएको छ, पेन्टको पनि मुल्य आकाशिएको छ, त्यसमा पनि सबैभन्दा बढि लाग्ने भनेको मेहनत हो भन्दै मुर्तिकार कुम्हालले अहिलेसम्म २५ देखि ३० हजार रुपैया लगानी गरेर मुर्तिहरु बनाएका छौं तर विश्वकर्मा पुजा आउन दुई तीन दिन मात्रै बाँकी रहँदासम्म २५ प्रतिशत पनि मुर्ति विक्री नभएको कारण लगानी पनि डुब्ने अवस्था सृजना भएको उनको भनाई छ ।
अर्कोतर्फ अत्याधुनिक पत्थरको मुर्ति, फोटो लगायतका सामाग्रीले गर्दा पनि माटोको मुर्तिको विक्रीमा कमि आएको उनको भनाई छ । ठूलठूला अधिकाँश उद्योगहरुले स्थायी रुपमा नै विश्वकर्मा बाबाको अत्याधुनिक पत्थरको मुर्ति नै स्थापना गरेको चलन चल्ती नै बढेको छ, एक पटक स्थापना गरेपछि वर्षेनी त्यसैमा पुजा गर्ने गरेका छन् भने छिटफुट रुपमा केही साना साना कल कारखानाहरु मात्रै माटोको मुर्ति किन्ने गरेको कारण माटोको मुर्तिको व्यापारमा कमि आएको बताए ।
उनीहरुले बनाएको मुर्ति ७ सय देखि १५ सय रुपैयासम्म विक्री गर्दै आएका छन्, त्यसमा पनि बनाइएका मुर्तिहरुबाट २५ प्रतिशत मात्रै मुर्ति विक्री भएकोले लगानी पनि डुब्ने चिन्ताले सताएको उनको भनाई छ । यस्तो अवस्था रह्यो भने भोलिका दिनमा माटोको मुर्ति बनाउनेहरु विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने उनको भनाई छ । विस्तारै सबै कुराहरु अत्याधुनिक तर्फ लम्कि रहेको छ, परम्परागत माटोको मुर्ति किनेर पुजा गर्ने चलन पनि विस्तारै कम हुँदै गएको उनको भनाई छ ।
राजकुमारले बनाएको मुर्ति मात्रै विक्री नभएका होइनन्, वीरगंजको अधिकाँश ठाउँमा बनाइएका मुर्तिहरुमध्ये २५ प्रतिशत मुर्ति विक्री नभएको उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि