Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरवाचरवाको मुक्ति, ऋण र कागजात खारेजी सम्वन्धमा प्रधानमन्त्रीको ऐतिहासिक घोषणा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३, २०७९
हरवाचरवाको मुक्ति, ऋण र कागजात खारेजी सम्वन्धमा प्रधानमन्त्रीको ऐतिहासिक घोषणा

वीरगन्ज (पर्सा), ३ साउन / राष्ट्रिय हरवाचरवा अधिकार मंचले आफ्नो ६ बुंदे दृष्टिकोण अघि सारेको छ । मंचको केन्द्रिय कार्यालय लहानले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै दृष्टिकोण सार्वजनिक गरेको हो । मंचले हरवाचरवा मुक्तिको घोषणालाई कार्यान्वयन गर्न नेपाल सरकार भूमिब्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको अगुवाईमा विस्तारित कार्ययोजना निर्माण गरी मन्त्री परिषदबाट पारितको साथै पुनःस्थापनाको बजेटसहितको कार्ययोजना निर्माण गर्नु पर्ने, हरवाचरवा मुक्तिको घोषणालाई व्यवहारमा लागू गर्न तत्काल केन्द्रीय तथा प्रदेश स्तरमा अधिकार सम्पन्न संरचना निर्माण गर्नु पर्ने वताएको छ ।
यसैगरी प्रधानमन्त्रीबाट घोषणा गरिएको ४ बुंदे घोषणा संकल्प प्रस्तावका रुपमा व्यवस्थापिका संसदबाट पारित गर्न, तत्काल प्रदेश सरकार तथा स्थानीय तहसंगको सहयोग, सहकार्य तथा समन्वयमा तथ्याँक संकलन गरी उनीहरूलाई परिचयपत्र प्रदान गर्नु पर्ने वताएको छ । यसैगरी अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिम मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवा सम्वन्धमा विस्तृत कार्ययोजना र नीतिबनाएर, साथसाथै, यी सबैलाई मन्त्रीपरिषदले पािरत गरेर, त्यसलाई लागू गर्ने कानुन अनुसारका प्रभावकारी ढंगले कार्यान्वयन गर्नु पर्ने र मुक्त घोषित मुक्त हरवाचरवाको सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था मिलाउन पर्ने दृष्टिकोण अघि सारेको हो ।
मंचका केन्द्रिय अध्यक्ष दशनलाल मण्डलद्वारा हस्तक्षरित विज्ञप्तीमा ‘मुक्त कमैया कम्लहरी मुक्त हलिया, हरवाचरवा सम्वन्धी वस्तुस्थिति अध्ययन समिति’ले गतः बैशाख ९ गते आफ्नो अध्यययन प्रतिवेदनको सिफारीशलाई समुचित ठह¥याउँदै भूमिब्यवस्था, सहकारी तथा गरिबीनिबारण मन्त्रीज्यू को सक्रिय पहलमा विद्यमान कमैया श्रम निषेध ऐन २०५८ अनुसार हरवाचरवाको मुक्ति, ऋण र कागजात खारेजी सम्वन्धमा ऐतिहासिक घोषणा प्रधानमन्त्री शेरबहादुर देउबाट भएको उल्लेख गरिएको छ ।
साथै सो एउटा ऐतिहासिक महत्वको घोषणा हो । पुनर्स्थापनको एकीकृत प्याकेजसहित हरवा चरवाको मुक्ति र पुनर्स्थापन कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सकिएमा यो एउटा त्यस्तो ऐतिहासिक पाइला हुनेछ जसले नेपालमा सम्पूर्ण रुपमा सामन्ती भूदास प्रथा वाबँधुवा श्रमको पुरापुर उन्मुलन सम्भव बनाउने पनि उल्लेख गरिएको छ । सो घोषणालाई मंचको केन्द्रीय समितिले स्वागत समेत गरेको छ । मंचले घोषणाको लागि प्रधानमन्त्री तथा नेपाल सरकारका भूमिव्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्रीलाई विज्ञप्ती मार्फत धन्यवाद ज्ञापन समेत गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि