Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगदम्बाको डण्डी प्रयोग गरेर बनाईएका संरचना जुनसुकै बेला भत्किने जोखिम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २९, २०७९
जगदम्बाको डण्डी प्रयोग गरेर बनाईएका संरचना जुनसुकै बेला भत्किने जोखिम

वीरगन्ज (पर्सा), २९ असार / शंकर ग्रुपको जगदम्बा स्टिलले उत्पादन गर्ने फलामे डण्डीमा ‘डक्टिलिटी’ कम हुने गरेको छ । डक्टिलिटी भनेको नरमपना वा तन्किने शक्ति हो । फलाम जति लचकदार र तन्किने हुन्छ, त्यति नै राम्रो मानिन्छ । तर, साहिल अग्रवालको जगदम्बा स्टिल उद्योगले स्पञ्ज आइरन ल्याएर बिलेट बनाउने र यसरी स्पञ्ज ल्याएर बनाईने बिलेट प्राइम नभई सेकेण्डरी हुने भएकाले सेकेण्डरी बिलेटबाट बनेको फलाममा लचकदार क्षमता कम हुने गरेको पाईएको हो ।
गुणस्तर विभागमा पनि यस विषयमा पटक पटक गुनासो आउने गरेको विभाग स्रोत बताउँछ । तर, शक्ति केन्द्रको आडमा यो उद्योग र उद्योगीमाथि खासै देखिने गरी कुनै कारबाही हुने गरेको छैन । जगदम्बाले फलामका टुक्रा, खिया लागेका कवाडी र भारतबाट आयातित स्पञ्ज आइरनलाई सँगै प्रशोधनमा घान हाली बिलेट निकाल्ने गरेको छ । थोत्रा फलाम पगाल्न जगदम्बाले भट्टी नै बनाएको छ । जगदम्बा स्टिलले उच्च तापक्रममा थोत्रा र खिया लागेका फलामका टुक्रा हालेर पगालेर ‘लिक्वीड आइरन’ बनाउँछ । त्यसपछि उक्त लिक्वीड आइरनको तापक्रमलाई घटाएर बिलेट बनाउँछ । पत्रु पगालेर बनाईने बिलेटभन्दा पनि स्पञ्ज पगालेर बनाईने सेकेण्डरी बिलेटबाट बनेका फलाममा कार्बन, फस्फोरस र सल्फरको मात्रा बढी हुन्छ  । यी तत्वको मात्रा धेरै हुँदा डण्डी लचकदारको सट्टा कडा बन्छ  । जसका कारण बंग्याउँदा भाँचिन्छ  । यसअघि पनि जगदम्बाका डण्डीहरु भाँचिएका थिए । फलामे डण्डीमा प्रयोग हुने रसायन, रसायनको मिश्रण, तापक्रम, बयिलोपन, लचकताका आधारमा मापदण्ड बनेको हुन्छ । लचकता नभएको फलामे डण्डी प्रयोग गरेर बसोबासका लागि बनाईने संरचना वा ठूला आयोजनाका संरचना जुनसुकै बेला भत्किन सक्ने जोखिम हुन्छ । हाल जगदम्बाले त्यस्तै फलामे डण्डी बनाईरहेको छ ।

जगदम्बाले अहिले ५०० डी बनाउँछ कि बनाउँदैन ?
नेपालमा स्पञ्ज आइरन ल्याएर बिलेट बनाउँदा प्राइम बिलेट उत्पादन हुँदैन । प्राइम बिलेट उत्पादन नभएपछि भौतिक संरचना निर्माणको लागि गुणस्तरीय मानिने ५००डी ग्रेडका फलामे डण्डीहरु बन्ने सम्भावना नै छैन । तर पनि साहिल अग्रवाल र स्पञ्ज आइरन ल्याउने केही उद्योगीहरु भने अहिले पनि ५००डी ग्रेडका डण्डीहरु बनिरहेको दाबी गर्दै आएका छन् । अहिले पनि जगदम्बाले ५००डी उत्पादन गरिरहेको दाबी गरेको छ । स्पञ्ज आइरन पगालेर बनाईएको बिलेटबाट ५००डी गुणस्तरको डण्डी बनाईरहेको दाबी साहिल अग्रवाल लगायतका उद्योगीले गरेपनि त्यो झुटो दाबी हो ।
यसका लागि साहिलले पनि भित्री रुपमा विदेशबाट केही प्राइम बिलेट नै ल्याएका छन् । भन्सार विभाग स्रोतका अनुसार साहिल अग्रवालले स्पञ्जसँगै प्राइम बिलेट पनि केही मात्रामा आयात गरेका छन् । जसलाई उनले ५००डी ग्रेडका फलामे डण्डी बनाउन यहाँ स्पञ्ज आइरन पगालेर बनाईएको सेकेण्डरी बिलेटमा मिसाउने गरेका छन् । तर, संसदको उद्योग, वाणिज्य समिति अन्तर्गतको उपसमितिले बिलेटको पनि नेपाल गुणस्तर तोक्न निर्देशन दिएसँगै साहिल अग्रवालहरु तनावमा परेका छन् । साभार : बिजपाटी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि