Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गापा : वडा नं. २ मतगणनामा धाँधली भएको भन्दै पुनः मतदान गर्न माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २, २०७९
छिपहरमाई गापा : वडा नं. २ मतगणनामा धाँधली भएको भन्दै पुनः मतदान गर्न माग

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), २ जेठ / पर्साको छिपहरमाई गाउँपालिका अध्यक्षका उम्मेदवार नविन सिंहले वडा नं. २ स्थित चेरगाहा मतदान केन्द्रको पुनः मतदान हुनुपर्ने माग गरेका छन् । नेपाली काँग्रेस पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका सिंहले छिपहरमाइ गाँउपालिका वडा नम्बर २ को चेरगाहा मतदान केन्द्रमा धाँधली भएको भन्दै मतदान रद्द गरेर पुनः मतदान गर्नुपर्ने माग गरेका हुन् । मतदान र मतगणना दुवैमा धाधली गरिएको भन्दै काँग्रेसले विरोध गरेपछि छिपहरमाइ गाँउपालिकाको मतगणना कार्य आइतबार दिउसो २ बजे देखि रोकिएको छ ।
वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका जिल्ला सह सचिव समेत रहेका सिंहले पालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत शम्भु साह र कम्प्युटर अपरेटर संजिव यादवको शंकास्पद कार्यले मतगणनामा विवाद उत्पन्न भई मतगणना रोकिएको हो, रोकिएको मतगणनालाई रद्द गरि पुनः मतदान गर्नुपर्ने माग गरे । मतदान र मतगणना दुवैमा निवर्तमान गाँउपालिका अध्यक्ष एंव नेकपा एमालेका अध्यक्ष मनोज गुप्ताले धाधली गरेको उनको आरोप छ ।
निवर्तमान अध्यक्ष गुप्ताले नियुक्ति गरेको करारका कर्मचारीहरुलाई मतदान र मतगणनामा खटाई मृत्यु भइसकेका र विदेश रहेका व्यक्तिहरुको नाममा २० वटा बढि मतदान गर्न लगाएको उनको आरोप छ । वडा नं. २ मा १६३४ मतदाताहरु रहेकोमा १६५४ भोट खसेपछि निवर्तमान अध्यक्ष मनोज गुप्ताद्वारा संचालित कर्मचारीहरुले गरेको धाँधलीको पर्दाफास भएपछि विवाद उत्पन्न भई मतगणना कार्य रोकिएको थियो ।
गुप्ताको निर्देशनमा गाँउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका सहायक मतदान अधिकृत शम्भु साहले १५९० मत खसेको भएपनि इन्ट्रि भने १६२० मतको गराएर मुचुल्का उठाएको आरोप सिंहको छ । यस कार्यमा सहायक निर्वाचन अधिकृतको मिलोमतो मात्रै नभई कम्प्युटर अपरेटर संजिव यादवको पनि मिलोमतो रहेको उनको भनाई छ । निर्वाचन आयोगमा तथ्याँक टिपाउने कम्प्युटर अपरेटर यादवको काम हो, र उनले १५९० मतको ठाउँमा १६२० मत टिपाएको सिंहले बताए ।
यसका साथै एमाले उम्मेदवार गुप्ताले मृत्यु भइसकेका मतदाताको नाममा पनि मत खसाउन लगाएको र त्यसको प्रमाण पनि आफुसंग सुरक्षित रहेको सिंहको भनाई छ । त्यहि बेला आफुहरुले विरोध गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सिंहले अहिले मतगाणनाका क्रममा पनि गुप्ताले करारमा नियुक्त गरेका कर्मचारीहरुले धाधली गरेपछि आफुहरुले आइतबार देखि मतगणना रोक्न लगाएको बताए ।
उनले मतदान र मतगणनामा धाधली गर्ने कर्मचारीलाई तत्काल पक्राउ गरि कानूनी कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसंग माग पनि गरे । आइतबार मतगणना रोकेपछि निर्वाचन अधिकृत निरौलासँग बुझ्दा मतगणनामा खटेका कर्मचारीहरुको कार्यप्रति शंकास्पद देखिएकोले तत्कालको लागि मतगणना कार्य रोकिएको र अर्को कर्मचारी आएमात्रै मतगणना कार्य शुरु हुने बताएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि