Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगन्ज महानगरमा नेकपा एमाले र लोसपाबीच चुनावी तालमेल

चुनावी तालमेलप्रति लोसपा वीरगन्ज महानगर अध्यक्ष सर्राफको विरोध

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ८, २०७९
वीरगन्ज महानगरमा नेकपा एमाले र लोसपाबीच चुनावी तालमेल

    • हरिशंकर शर्मा
वीरगन्ज, ८ वैशाख / वीरगन्ज महानगरमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल गर्ने भएको छ । नेकपा एमाले एवं लोसपाका नेताहरुले वीरगन्जमा बिहीबार पत्रकार सम्मेलन गरि आसन्न निर्वाचनमा दुबै दल मिलेर निर्वाचनमा सहभागी हुने निर्णय भएको जनाएको छ ।
होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा वीरगन्ज महानगरपालिकामा एमाले र लोसपा मिलेर निर्वाचनमा जाने सहमति भएको उल्लेख गरिएको छ । नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पर्सा अध्यक्ष पुरुषोत्तमलाल झा द्वारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तिमा ‘वीरगन्ज महानगरको विकास र प्रगतिको लागि नगारिकलाई केन्द्रमा राखेर लोकतन्त्र, गणतन्त्र, र संघीयता प्रति प्रतिवद्ध रहेको दल एमाले र लोसपा, महानगरपालिकामा मिलेर निर्वाचनमा सहभागी हुन सहमत भएका छौं’ उल्लेख गरिएको छ ।
समृद्ध वीरगन्जको सपनालाई साकार पार्न दुबै पार्टीको यो सहमति अर्थपूर्ण रहेको छ । वीरगन्ज र वीरगन्जबासीको हित, प्रगति, प्रर्वाधार र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्ने उद्देश्य सहित यो सहमति भएको बताइएको छ । यो दुबै पार्टीले स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र उप प्रमुखमा लोसपा नेपालको नेतृत्व रहनेछ भने वडाका सम्बन्धमा आपसी समझदारीमा उम्मेदवार तय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चुनावी तालमेलको क्रममा नेकपा एमालेले महानगरको मेयर तथा लोसपाले उपमेयर लिने गरि सहमति भएको छ । महानगरको ३२ वटै वडाको हकमा भने आपसी सहमतिमा उम्मेदवार तय गर्ने सहमति भएको छ । महानगरको मेयरमा एमालेले वर्तमान मेयर विजय कुमार सरावगीको नाम सिफारिस गरिसकेको छ भने उपमेयरमा लोसपाले अहिलेसम्म उम्मेदवार घोषणा गरेको छैन । तर लोसपाले जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा अथवा नेतृ रम्भा मिश्रामध्ये कुनै एक जनालाई उम्मेदवार बनाउने सम्भावना छ ।

वीरगन्जको होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा सहभागी नेकपा एमाले र लोसपाका नेताहरु ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका सचिव रघुविर महासेठले वीरगन्जको विकासका लागि एमाले र लोसपाबीच चुनावी तालमेल गर्ने सहमति भएको बताए । मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन, बलियो बनाउन, भौतिक पूर्वाधारको विकास गर्न, सामाजिक सुरक्षाभत्ताहरुको सुरक्षित गर्न, मुलुकमा आयात घटाउन तथा निर्यात बढाउन, नेपालमै कृषि उत्पादन बढाउन लगायतका सबै साझा एजेण्डामा हामी एक भएको बताए ।
स्थानीय, प्रदेश अथवा संघीय जुनसुकै निर्वाचनमा संविधानले परिभाषित गरेको भन्दा बाहिर नजाने भन्दै सचिव महासेठले गणतन्त्र, लोकतन्त्र मास्ने अहिलेको सत्तागठबन्धनको विरुद्ध र वीरगन्ज विकास लागि एमाले र लोसपाबीचको चुनावी तालमेलको सहमित अर्थपूर्ण रहेको बताए ।
यसैगरि लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले एमाले र लोसपाबीचको गठबन्धन कुनै नयाँ नरहेको भन्दै यसलाई नवीकरण मात्रै गरिएको बताए । यो गठबन्धनको मौसममा पहिला पनि सहकार्य गरेकै हो, अहिलेपनि स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने केन्द्रिय समितिले निर्णय अनुसार वीरगन्ज महानगरमा एमालेसँग चुनावी तालमेल गरिएको बताए ।
स्थानीय निकायको निर्वाचनको क्रममा वीरगन्ज महानगरमा चुनावी तालमेल भएको छ, अन्य स्थानको लागि छलफल चलि रहेको बताए । उनले वीरगन्ज विकासको लागि गठबन्धनको दायित्व मात्र नभई जनताहरुको पनि दायित्व रहेकोले यसलाई सबै जनताले मद्दत गर्नेछ भन्ने आफू विश्वस्त रहेको बताए । आगामी दिनमा ओली नेतृत्वको सरकार बने मधेसका बाँकी माग पनि सम्बोधन हुने विश्वासमा अहिले महानगरमा एमालेसँग चुनावी तालमेल गरिएको उनले बताए ।
पत्रकार सम्मेलनमा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्यहरु राज कुमार गुप्ता, बसरुद्धिन अन्सारी र अरविन्द सिंह, जिल्ला अध्यक्ष जयप्रकाश थारु, लोसपाका नेताहरु शशिकपुर मियाँ, लोसपाबाट निर्वाचित सांसद विमल श्रीवास्तव, प्रदेश सांसद रमेश कुर्मी, प्रहलाद गिरी लगायतको पनि उपस्थिति थियो ।
यता लोसपा वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले यस चुनावी तालमेलको घोर भत्सर्ना गर्दै विरोध जनाएका छन् । केही सीमिति व्यक्तिको निहित स्वार्थको लागि नेकपा एमालेसँग चुनावी तालमेल गरिएको छ, यसबाट पार्टीलाई ठूलो नोक्सानी हुने भन्दै अध्यक्ष सर्राफले यस रवैयाबाट भोलिका दिनमा पार्टीलाई समाप्त पार्ने खेल भइरहेको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि