Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सम्पूर्ण बालबालिकाहरुसम्म शिक्षाको पहुँच हुनुपर्छ : कन्सुलर शैलेन्द्र कुमार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २८, २०७८
सम्पूर्ण बालबालिकाहरुसम्म शिक्षाको पहुँच हुनुपर्छ : कन्सुलर शैलेन्द्र कुमार

• मुस्कान श्रेष्ठ
वीरगन्ज, २८ चैत / वीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावासका कन्सुलर दुत शैलेन्द्र कुमारले सम्पूर्ण बालबालिकाहरुसम्म शिक्षाको पहुँच हुनुपर्ने कुरामा जोड दिए । गरिब तथा विपन्न वर्गका बालबालिकाहरुको लागि सञ्चालित ‘भी केयर’ विद्यायलको तेश्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कन्सुलर शैलेन्द्र कुमारले बालबालिकाहरु देशको भविष्यको कर्णधार भएकोले उनीहरु शिक्षित भए सम्पूर्ण समाज नै शिक्षित हुने भएकोले कसैले पनि शिक्षाबाट बञ्चित नहुनुपर्ने बताए ।
वीरगन्जको आदर्शनगर स्थित जैन भवनमा आयोजित कार्यक्रममा बोल्दै कन्सुलर शैलेन्द्र कुमारले पैसा अभावको कारण गरिब, विपन्न परिवारका बालबालिकाहरु शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था अहिलेपनि कायमै छ, खास गरेर ग्रामीण क्षेत्रका बालबालिकाहरु शिक्षाको पहुँचबाट टाँढा रहेको हुनाले त्यस्ता बालबालिकाहरुलाई पनि शिक्षाको पहुँचसम्म पु¥याउन सम्पूर्णको योगदान आवश्यक रहेको बताए । उनले हरेक बालबालिकाको अधिकार भएको हुँदा गरिब, विपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा आर्जनका लागि ‘भी केयर’ विद्यालयले गरिब तथा विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाको पहुँच पुर्याएको भन्दै प्रशंसा गरे । उनले बालबालिकाहरु भविष्यको कर्णधार भएकोले उनीहरु शिक्षित भए समाज र देश शिक्षित हुने भएकोले सम्पूर्ण बालबालिकाहरु शिक्षाको पहुँचमा हुनुपर्ने कुरामा जोड दिए ।


अहिलेपनि ग्रामीण भेगमा अवलोकन गर्दा गरिब विपन्न परिवारका बालबालिकाहरु विद्यालय जानु भन्दा पनि अनावश्यक रुपमा सडकमा समय विताई रहेको तथा घरायसी काममा व्यस्त देखिनु भोलिका दिनमा मुलुकै लागि समस्या हुने भएकोले यस्तो अवस्थालाई अन्त्य गर्न सरकारको गम्भिर ध्यानाकर्षण हुनु आवश्यक रहेको बताए । गरिब, विपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा आर्जनका निम्ति सरकारले जिल्लादेखि स्थानीय स्तरसम्म विद्यालय संचालन गरेको छ, तर ति विद्यालयहरुलाई वेवारिसे अवस्थामा छाड्ने गरेको कारण पनि त्यसमा अध्ययनरन बालबालिकाहरु गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकेको र भविष्यमा भौतारिनुपर्ने अवस्था सृजना हुने गरेको बताए ।
भविष्यमा यस्ता समस्याहरु सृजना हुन नदिनका लागि अहिलेदेखि नै सम्पूर्ण बालबालिकाहरुलाई विद्यालयको पहुँचसम्म पु¥याउन आवश्यक रहेको बताए ।


यस्तै विद्यालयकी सहायक प्रधानाध्यापक नुतन सरावगीले अन्य बालबालिका जस्तै पनि गरिब परिवारका छोरा छोरीहरु शिक्षा आर्जन गर्न सकोस् भन्ने उद्देश्यले नै यस विद्यालयको स्थापना गरिएको बताइन् । उनले विद्यालय सञ्चालनमा आफू लगायत समाजमा रहेका सहयोगी हातहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै स्थानीय सरकारबाट कुनै सहयोग प्राप्त नभएको गुनासो पोखिन् । शिक्षा बालबालिकाको अधिकार भएको हुनाले पालिकाका प्रत्येक बालबालिकालाई शिक्षामा पहुँच पुर्याउन स्थानीय सरकार गम्भिर रुपमा लाग्नुपर्ने बताइन् ।
कामाक्षी गुप्ता र बन्सिका अग्रवालले सम्युक्त रुपमा सहजीकरण गरेको कार्यक्रममा विभिन्न विद्यालयका संचालक, प्रधानाध्यापकहरु शिव गुप्ता, मिनाक्षी गुप्ता, नेहा अग्रवाल, सोमाना बेनर्जी लगायत विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आआफ्नो कला प्रस्तुत गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि