Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनकपुर-अयोध्या रेलले जगाएको आशाः दिल्लीसम्मको सपना किन अधुरै ?

जनकपुर–अयोध्या रेल सेवा उद्घाटन गरेर मात्रै उपलब्धि पूरा हुँदैन । त्यसले खोलेको सम्भावनालाई विस्तार गर्नु नै वास्तविक सफलता हुनेछ । धार्मिक सम्बन्धको चर्चा भाषणमा सीमित राख्ने कि त्यसलाई आधुनिक यातायात, पर्यटन र आर्थिक सहकार्यमा रूपान्तरण गर्ने भन्ने निर्णय अब सरकारको हातमा छ । जनकपुरबाट अयोध्यासम्म पुगेको रेलको यात्रा दिल्लीसम्म विस्तार गर्ने सपना फेरि अर्को सरकारी फाइलमा थन्किनु हुँदैन ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर ९, २०८३
जनकपुर-दिल्ली रेलको योजना कागजमै सीमितः दिल्लीसम्मको प्रस्ताव अयोध्यामै किन अडकियो ?

जनकपुरधाम र भारतको अयोध्याबीच रेल सेवा सञ्चालन हुनु केवल दुई सहरलाई जोड्ने यातायात सुविधा विस्तार मात्र होइन, नेपाल र भारतबीच शताब्दीयौँदेखि कायम धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई व्यवहारमा जोड्ने महत्वपूर्ण उपलब्धि हो । त्रेता युगमा भगवान् राम र सीताको विवाहसँग जोडिएका जनकपुरधाम र अयोध्याबीच रेलमार्गबाट आवागमन सहज हुनु धार्मिक पर्यटनका दृष्टिले पनि सुखद विषय हो । तर, यो उपलब्धिसँगै जनकपुरबाट अयोध्या हुँदै भारतको राजधानी नयाँदिल्लीसम्म रेल सञ्चालन गर्ने प्रस्ताव किन अलपत्र पर्‍यो ?

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधाम आइपुगेसँगै दुई देशबीचको धार्मिक पर्यटनमा नयाँ सम्भावना खुलेको छ । तर, अहिलेको सेवा अयोध्यासम्म मात्र सीमित छ । जबकि यसअघि जनकपुरबाट अयोध्या हुँदै दिल्लीसम्म रेल सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच छलफल मात्र भएको थिएन, सरकारी तहमा पत्राचार र सञ्चालनसम्बन्धी प्रस्तावसमेत अघि बढेको तथ्य सार्वजनिक भइसकेको छ ।

नेपाल रेल्वे कम्पनीले २०८० फागुन १५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको पत्रले यो विषयलाई थप गम्भीर बनाएको छ । उक्त पत्रमा जनकपुर, अयोध्या हुँदै दिल्लीसम्म रेल सेवा सञ्चालन गर्ने विषयमा दुई देशबीच पटक–पटक छलफल र पत्राचार भएको उल्लेख छ । नेपालसँग आफ्नै रेल सेट उपलब्ध नहुँदासम्म भारतीय रेल प्रयोग गरेर सेवा सञ्चालन गर्ने विकल्पसमेत प्रस्ताव गरिएको थियो । यात्रु आवागमन सहज बनाउन अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने विषय पनि समेटिएको थियो । अर्थात्, यो केवल राजनीतिक भाषण वा कल्पनामा सीमित योजना थिएन, संस्थागत प्रक्रियामा प्रवेश गरेको प्रस्ताव थियो ।

तर, विडम्बना ! यति महत्वपूर्ण प्रस्तावको आजको अवस्था के छ भन्ने प्रश्नको स्पष्ट जवाफ सम्बन्धित निकायसँग छैन । तत्कालीन रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झा र तत्कालीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका अनुसार भारत यस विषयमा सकारात्मक थियो । समयतालिका मिलाउने र प्राविधिक प्रक्रिया अघि बढाउने तहसम्म छलफल पुगेको उनीहरूको भनाइ छ । तर, पूर्वसचिव केशवप्रसाद शर्माको बुझाइमा एउटै रेल सीधै दिल्लीसम्म पुर्‍याउने सहमति भएको थिएन, अयोध्याबाट अर्को रेलमार्फत दिल्ली पुग्ने व्यवस्था मिलाउने विषयमा मात्र छलफल भएको थियो ।

यी फरक धारणाले प्रस्तावको वास्तविक स्वरूप र त्यसको प्रगतिबारे थप स्पष्टता आवश्यक रहेको देखाउँछन् । अझ आश्चर्यको विषय त के छ भने नेपाल रेल्वे कम्पनीका वर्तमान प्रबन्ध सञ्चालकलाई समेत दिल्लीसम्म रेल विस्तार गर्ने पुरानो प्रस्तावबारे जानकारी छैन । एउटा राष्ट्रिय महत्वको योजना व्यक्तिको पदावधिसँगै हराउने हो भने राज्यका संस्थागत स्मृति, अभिलेख र निरन्तरताको अर्थ के रहन्छ ?

नेपालको विकासको एउटा पुरानै रोग यही हो सरकार र नेतृत्व फेरिएसँगै योजना फेरिन्छन्, प्राथमिकता बदलिन्छन् र अघिल्लो नेतृत्वले अघि बढाएका महत्वपूर्ण प्रस्ताव अलपत्र पर्छन् । सम्भावना पहिचान गर्ने तर त्यसलाई निष्कर्षमा पुर्‍याउन नसक्ने प्रवृत्तिले विकासका अवसरलाई निरन्तर कमजोर बनाउँदै आएको छ । जनकपुर–दिल्ली रेल प्रस्ताव पनि यही प्रवृत्तिको अर्को उदाहरण बन्नु हुँदैन ।

जनकपुरधाम धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने सम्भावना बोकेको सहर हो । अयोध्या र दिल्लीसँग प्रभावकारी रेल सम्पर्क स्थापित गर्न सके भारतीय तीर्थयात्रीको आगमन बढ्नुका साथै पर्यटन, होटल व्यवसाय, स्थानीय व्यापार र रोजगारीमा समेत सकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले अहिलेको अयोध्यासम्मको सेवा उपलब्धि भए पनि यसलाई अन्तिम गन्तव्य मान्नु हुँदैन ।

अब सरकारले विगतमा भएका पत्राचार, सहमति र प्राविधिक प्रस्तावको आधिकारिक अवस्था सार्वजनिक गर्नुपर्छ । दिल्लीसम्मको सेवा एउटै रेलबाट सम्भव छ कि अयोध्यामा रेल परिवर्तन गरेर सञ्चालन गर्न सकिन्छ भन्ने विषय प्राविधिक अध्ययनबाट टुंग्याउनुपर्छ । भारतसँग कूटनीतिक संवादलाई निरन्तरता दिँदै जिम्मेवार निकायले समयबद्ध कार्ययोजना बनाउनुपर्छ ।

जनकपुर–अयोध्या रेल सेवा उद्घाटन गरेर मात्रै उपलब्धि पूरा हुँदैन । त्यसले खोलेको सम्भावनालाई विस्तार गर्नु नै वास्तविक सफलता हुनेछ । धार्मिक सम्बन्धको चर्चा भाषणमा सीमित राख्ने कि त्यसलाई आधुनिक यातायात, पर्यटन र आर्थिक सहकार्यमा रूपान्तरण गर्ने भन्ने निर्णय अब सरकारको हातमा छ । जनकपुरबाट अयोध्यासम्म पुगेको रेलको यात्रा दिल्लीसम्म विस्तार गर्ने सपना फेरि अर्को सरकारी फाइलमा थन्किनु हुँदैन ।

Tags: जनकपुरधाम-अयोध्या रेल
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रीति पासवानको प्रस्तुतिपछि रौतहट एक्स्पोमा बबालः गेटदेखि टिनका पर्खालसम्म तोडफोड

प्रीति पासवानको प्रस्तुतिपछि रौतहट एक्स्पोमा बबालः गेटदेखि टिनका पर्खालसम्म तोडफोड

मंसिर ११, २०८३
दशौँ राष्ट्रिय खेलकुदका लागि मधेशमा स्वयंसेवक प्रशिक्षक नियुक्त

दशौँ राष्ट्रिय खेलकुदका लागि मधेशमा स्वयंसेवक प्रशिक्षक नियुक्त

मंसिर ११, २०८३
जनमत पार्टी पर्साको निःशुल्क आँखा शिविरः १५० जनाको परीक्षण, ४० जनामा मोतिबिन्दु पुष्टि

जनमत पार्टी पर्साको निःशुल्क आँखा शिविरः १५० जनाको परीक्षण, ४० जनामा मोतिबिन्दु पुष्टि

मंसिर ११, २०८३
१५ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपः ४५ वर्षीय मिनाहाज प्रहरी हिरासतमा

१५ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपः ४५ वर्षीय मिनाहाज प्रहरी हिरासतमा

मंसिर ११, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि