Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चाडपर्वको मौका छोपी म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने दुईवटा पसललाई १५ हजार जरिवाना

आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा विकास जेनरल स्टोर्सलाई पाँच हजार र माँ अन्नपूर्ण स्वीट्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो । अनुगमनका क्रममा विकास जेनरल स्टोर्समा म्याद गुज्रिएको पशुपति टी किङ चियापत्ती र कुरकुरे पास्ता फेला परेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २७, २०८३
चाडपर्वको मौका छोपी म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने दुईवटा पसललाई १५ हजार जरिवाना

कलैया (बारा), २७ असोज । चाडपर्वको मौका छोपेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीमाथि गरिएको बजार अनुगमनका क्रममा बाराको कलैयामा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेका छन् । संयुक्त अनुगमन टोलीले म्याद नाघेका खाद्य सामग्री बिक्रीका लागि राखेको पाइएपछि दुई पसललाई कुल १५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा विकास जेनरल स्टोर्सलाई पाँच हजार र माँ अन्नपूर्ण स्वीट्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो । अनुगमनका क्रममा विकास जेनरल स्टोर्समा म्याद गुज्रिएको पशुपति टी किङ चियापत्ती र कुरकुरे पास्ता फेला परेको थियो । टोलीले ती सामग्री जफत गरी नष्ट गरेको जनाएको छ ।

त्यस्तै, माँ अन्नपूर्ण स्वीट्समा मिठाई बनाउन प्रयोग गरिने खिराको बियाँ, गुलाबजल र केवरा वाटर म्याद नाघेको अवस्थामा भेटिएका थिए । उपभोक्ता संरक्षण ऐनको दफा ३८ को खण्ड (घ) र दफा ३९ को खण्ड (क) अनुसार दुवै पसललाई कारबाही गरिएको कार्यालय प्रमुख चौरसियाले जानकारी दिए । माँ अन्नपूर्ण स्वीट्स यसअघि पनि अनुगमनका क्रममा ५० हजार रुपैयाँ जरिवानामा परेको थियो । पटक–पटकको अनुगमनका बाबजुद सोही पसलमा पुनः म्याद गुज्रिएका सामग्री भेटिनुले बजार अनुगमन र व्यवसायीको जिम्मेवारीमाथि प्रश्न उठाएको छ ।

१० पसलमा अनुगमन, अन्यत्र पनि म्याद नाघेका सामग्री फेला
संयुक्त टोलीले कलैयाका १० वटा पसलमा अनुगमन गरेको थियो । त्यस क्रममा जय महारानी किराना भण्डारमा १०० ग्रामको एक प्याकेट म्याद गुज्रिएको मसला पनि भेटिएको अनुगमन टोलीले जनाएको छ । टोलीले न्यु दास किराना पसल, सिद्धु सिद्धार्थ स्वीट्स, न्यु दास सप्लायर्स, राजेश किराना, कलैया बिरयानी हाउस, लक्ष्मी स्वीट्स र माँ तारा स्वीट्सलगायतका पसलमा समेत निरीक्षण गरेको थियो ।

अनुगमनमा वाणिज्य कार्यालयका आशुतोष कुशवाहा र मधुरेश प्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगंजका खाद्य निरीक्षक सुरेश कुमार सिंह, जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा अरुण साह, अस्थायी प्रहरी पोस्ट कलैयाका प्रमुख प्रहरी नायब निरीक्षक बिमलेश यादव तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक उमाशंकर राम सहभागी थिए ।

म्याद र लेबल जाँच गर्न व्यवसायीलाई निर्देशन
अनुगमन टोलीले व्यवसायीलाई म्याद गुज्रिएका खाद्य सामग्री खरिदबिक्री नगर्न, त्यस्ता सामग्री बिक्रीयोग्य वस्तुबाट छुट्टै राख्न तथा सामान खरिद गर्दा लेबल र उपभोग्य मिति अनिवार्य जाँच गर्न निर्देशन दिएको छ । पसलमा सरसफाइ कायम राख्नसमेत व्यवसायीलाई सचेत गराइएको छ । चाडपर्वका बेला खाद्य सामग्रीको माग बढ्ने भएकाले उपभोक्ताले गुणस्तरहीन तथा असुरक्षित वस्तु खरिद गर्नुपर्ने अवस्था आउन नदिन बजार अनुगमनलाई निरन्तरता दिइने कार्यालय प्रमुख चौरसियाले बताए ।

म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखिनु उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । त्यसैले अनुगमनका क्रममा कैफियत भेटिएका पसललाई जरिवाना गर्नुका साथै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन प्रभावकारी निगरानी आवश्यक देखिएको छ ।

Tags: उपभोक्ताको स्वास्थ्यसँग खेलवाड: कलैयाका दुई पसललाई कारबाही
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३
११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि