Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

वर्षौंदेखि हुलाक सेवामा काम गर्दै आएका अतिरिक्त कर्मचारीहरूले आफूहरूलाई अन्य श्रमिक तथा कर्मचारीसरह उचित पारिश्रमिक, सेवा–सुविधा र श्रमको सम्मान हुने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले लामो समयदेखि कायम रहेको न्यून पारिश्रमिकको समस्या तत्काल सम्बोधन गरी जीवनयापन गर्न पुग्ने पारिश्रमिक निर्धारण गर्नुपर्ने बताएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

वीरगंज (पर्सा), १५ असोज । देशभरका अतिरिक्त हुलाक कार्यालयमा कार्यरत अस्थायी कर्मचारीहरूले न्यून पारिश्रमिकमा नियमित कार्यालय समयअनुसार काम गर्नुपरेको भन्दै सरकारसँग गुनासो गरेका छन् । वर्षौंदेखि हुलाक सेवामा काम गर्दै आएका उनीहरूले मासिक करिब ७ हजारदेखि ८ हजार रुपैयाँसम्म पारिश्रमिक पाउँदै आएको तर बढ्दो महँगीका कारण त्यसबाट घरपरिवार चलाउनसमेत कठिन भएको बताएका छन् ।

विशेषगरी हल्कारा, पत्रवितरक तथा अन्य अतिरिक्त हुलाक कर्मचारीले आफूहरूलाई राज्यले श्रमअनुसारको उचित पारिश्रमिक र सेवा–सुविधा नदिएको गुनासो गरेका छन् । उनीहरूका अनुसार अहिले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालयमा काम गर्नुपर्ने अवस्था छ । तर दिनभरको श्रमबापत करिब २५० रुपैयाँ मात्रै पारिश्रमिक प्राप्त हुन्छ ।

न्यूनतम ज्यालासँग तुलना गर्दा आफूहरूले पाउँदै आएको रकम निकै कम रहेको उनीहरूको भनाइ छ । महँगी निरन्तर बढिरहेका बेला दैनिक २५० रुपैयाँको पारिश्रमिकले खान, बस्न तथा परिवारको आवश्यकता पूरा गर्न धौधौ परेको उनीहरूले बताएका छन् । पर्साको धोबीनी गाउँपालिका–४ लंगडीस्थित इलाका हुलाक कार्यालयमा अतिरिक्त हुलाक कर्मचारी तथा पत्रवितरकका रूपमा कार्यरत जितेन्द्र पटेलले आफूले एउटै पदमा २० वर्ष बिताइसकेको बताए । लामो समयसम्म सेवा गरे पनि आफ्नो आर्थिक अवस्था सुधार हुन नसकेको उनको गुनासो छ ।

‘देशमा धेरै परिवर्तन भयो । अब नयाँ सरकारले अतिरिक्त हुलाक कर्मचारीको समस्या समाधान गर्छ भन्ने आशामा काम गरिरहेका छौँ,’ पटेलले भने, ‘२० वर्षदेखि काम गर्दै आए पनि खान–बस्न पुग्ने पारिश्रमिक र सेवा–सुविधा पाउन सकेका छैनौँ ।’ उनका अनुसार विगतमा विभिन्न सरकारले अतिरिक्त हुलाक कर्मचारीको समस्या समाधान गर्ने आश्वासन दिए पनि व्यवहारमा पारिश्रमिक र सेवा–सुविधामा अपेक्षित सुधार हुन सकेको छैन ।

लंगडीकै अतिरिक्त हुलाक कर्मचारी तथा पत्रवितरक ज्ञान्ती देवी पनि आफू १२ वर्षदेखि हुलाक सेवामा कार्यरत रहेको बताउँछिन् । लामो समयदेखि काम गरे पनि न्यून पारिश्रमिककै कारण आर्थिक समस्या झेल्नुपरेको उनको भनाइ छ । उनका अनुसार जिल्ला हुलाक कार्यालयबाट अनुगमनका क्रममा आउने अधिकारीहरूले सरकारी पोसाक र परिचयपत्रबारे प्रश्न गर्ने गरेका छन् । तर आफूहरूले पाउने पारिश्रमिकले आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिन रहेकाले सरकारी पोसाक किन्न नसकेको उनले बताइन् ।

‘हाकिमहरू अनुगमनमा आउँदा सरकारी ड्रेस र कार्ड कहाँ छ भनेर सोध्नुहुन्छ,’ उनले भनिन्, ‘हामीले पाउने तलब ७ हजार २ सय रुपैयाँ हो । त्यो रकमबाट एक छाक टार्न ग्यास र चामल किन्ने कि सरकारी ड्रेस खरिद गर्ने ? आफ्नै गुजारा चलाउन समस्या छ ।’ उनले दैनिक २५० रुपैयाँको पारिश्रमिकले बढ्दो महँगी धान्न नसकिने बताइन् । ‘महँगी दिनप्रतिदिन बढिरहेको छ । यस्तो पारिश्रमिकले खान–बस्नसमेत धौधौ भएको छ,’ उनले भनिन् ।

धोबीनी गाउँपालिका हुलाक कार्यालयमा कार्यरत अस्थायी अतिरिक्त हुलाक कर्मचारी तथा डाकवितरक भुसन पासवानले पनि आफू १० वर्षदेखि यही काममा रहेको बताए । तर १० वर्षको सेवापछि पनि आफ्नो पारिश्रमिक दैनिक २५० रुपैयाँमै सीमित रहेको उनको गुनासो छ । ‘यो जागिरकै कारण हाम्रो जिन्दगी बरबाद भयो । गाउँबाहिर गएर अर्को काम गरेर कमाउन पनि सकिरहेका छैनौँ,’ पासवानले भने, ‘सरकारबाट आउने यही रकमले परिवार पाल्न समस्या भइरहेको छ । सरकारले केही गर्छ भन्ने आशामै बसेका छौँ ।’

‘अतिरिक्त कर्मचारी हुँदाहुँदै करारमा नयाँ नियुक्ति’
अतिरिक्त हुलाक कर्मचारीहरूले अर्को गम्भीर प्रश्न जिल्ला हुलाक कार्यालयबाट हुने करार नियुक्तिमाथि उठाएका छन् । उनीहरूका अनुसार गाउँपालिकास्तरमा रहेका हुलाक कार्यालयमा आफूहरू लामो समयदेखि कार्यरत हुँदाहुँदै नयाँ करार कर्मचारी नियुक्त गरेर पठाउने गरिएको छ ।

अतिरिक्त हुलाक कर्मचारी हुँदाहुँदै राजनीतिक आधारमा करार कर्मचारी नियुक्त गर्दा राज्यको आर्थिक भार थपिने उनीहरूको आरोप छ । कतिपय हुलाक कार्यालयमा एक–दुई जना करार कर्मचारी पठाइए पनि नियमित कामको ठूलो हिस्सा भने पुरानै अतिरिक्त हुलाक कर्मचारीबाट गराउने गरिएको उनीहरूको दाबी छ ।

उनीहरूका अनुसार यसअघि अतिरिक्त हुलाक कर्मचारीले बिहान १० बजेदेखि काम गर्दै आएका थिए । सरकार परिवर्तनपछि भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नियमित कार्यालय समयअनुसार काम गर्नुपर्ने अवस्था आएको छ । कर्मचारीहरूले आफूहरूको कामको समय बढ्दै गए पनि पारिश्रमिक भने त्यसअनुसार वृद्धि नभएको बताएका छन् ।

‘श्रमअनुसारको पारिश्रमिक र सम्मान चाहियो’
वर्षौंदेखि हुलाक सेवामा काम गर्दै आएका अतिरिक्त कर्मचारीहरूले आफूहरूलाई अन्य श्रमिक तथा कर्मचारीसरह उचित पारिश्रमिक, सेवा–सुविधा र श्रमको सम्मान हुने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले लामो समयदेखि कायम रहेको न्यून पारिश्रमिकको समस्या तत्काल सम्बोधन गरी जीवनयापन गर्न पुग्ने पारिश्रमिक निर्धारण गर्नुपर्ने बताएका छन् ।

वर्षौंसम्म सरकारी सेवाको काममा खटिएर पनि न्यून पारिश्रमिकमै सीमित हुनुपरेको भन्दै उनीहरूले नयाँ सरकारबाट ठोस निर्णयको अपेक्षा गरेका छन् ।

Tags: २० वर्षदेखि हुलाकमा सेवा तर तलब ७ हजारः सरकारले कहिले हेर्छ ?
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३
११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि