Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

आश्रमका अनुसार उनी भारतको मोतिहारी जिल्ला, राजेपुर थाना, मोहम्मदपुर सागर गाउँकी हुन् । करिब एक वर्षदेखि परिवारसँग सम्पर्कविहीन रहेकी उनको अवस्थाबारे जानकारी पाएपछि आश्रमले परिवारको खोजी तथा पहिचानका लागि निरन्तर पहल गर्दै आएको थियो । खोजीका क्रममा परिवारसँग सम्पर्क स्थापित भएपछि उनलाई बिहीबार उनका भाइ सोहन रायको जिम्मा लगाइएको मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले जानकारी दिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

वीरगंज (पर्सा), १५ असोज । करिब एक वर्षदेखि परिवारको सम्पर्कबाट बाहिर रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगंजको पहलमा परिवारसँग पुनर्मिलन भएको छ । परिवारसँग सम्पर्कविहीन रहेकी उनलाई परिवार पहिचान भएपछि बिहीबार भाइको जिम्मा लगाइएको हो । इलाका प्रहरी कार्यालय प्रसौनी, बाराले उद्धार गरी असोज ७ गते राति करिब १० बजे मानवसेवा आश्रम वीरगंजमा ल्याएकी ती महिलाको आश्रमको पहलमा पारिवारिक पहिचान खुलेको हो ।

आश्रमका अनुसार उनी भारतको मोतिहारी जिल्ला, राजेपुर थाना, मोहम्मदपुर सागर गाउँकी हुन् । करिब एक वर्षदेखि परिवारसँग सम्पर्कविहीन रहेकी उनको अवस्थाबारे जानकारी पाएपछि आश्रमले परिवारको खोजी तथा पहिचानका लागि निरन्तर पहल गर्दै आएको थियो । खोजीका क्रममा परिवारसँग सम्पर्क स्थापित भएपछि उनलाई बिहीबार उनका भाइ सोहन रायको जिम्मा लगाइएको मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार लामो समयदेखि आफन्तको सम्पर्कबाट टाढा रहेकी महिलालाई परिवारसँग पुनः जोड्न सक्नु आश्रमको सेवाकार्यको महत्वपूर्ण उपलब्धि हो । परिवारको खोजी तथा पुनर्मिलनका लागि आश्रमले विभिन्न पक्षसँग समन्वय गर्दै आएको उनले बताए । महिलाको उद्धार गरी आश्रमसम्म ल्याउन सहयोग गर्ने इलाका प्रहरी कार्यालय प्रसौनी तथा परिवार पहिचानमा सहयोग गर्ने सामाजिक अभियन्ता विनय कुमारलगायत सबैप्रति आश्रमले आभार व्यक्त गरेको छ ।

मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा भेटिएका व्यक्तिको उद्धार गरी संरक्षण दिने, आफन्त तथा परिवारको खोजी गर्ने र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउँदै आएको जनाएको छ । एक वर्षदेखि परिवारबाट टाढा रहेकी महिलालाई आफन्तको जिम्मा लगाएर घर फर्काउन सफल भएपछि आश्रमको उद्धार तथा पुनर्मिलन अभियानले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

Tags: मानवसेवा आश्रम वीरगंज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३
११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि