Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

सन् २००८ देखि २०१३ सम्म कतारमा रहेका उनले मेनपावर कम्पनीमार्फत पेन्ट पसलमा काम गरेका थिए । त्यहाँ मासिक करिब ३६ हजार रुपैयाँ तलब पाउने मियाँले दैनिक झन्डै १२ घण्टा काम गर्नुपर्थ्यो । वैदेशिक रोजगारीमा जान उनले करिब ६० हजार रुपैयाँ खर्च गरेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १४, २०८३
कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

● राजन कुमार बानिया
वीरगंज (पर्सा), १४ असोज । वैदेशिक रोजगारीका लागि पाँच वर्ष कतारमा पसिना बगाएका पर्साको धोबीनी गाउँपालिका–४ लंगडीका ४० वर्षीय मुस्लिम मियाँ अहिले आफ्नै गाउँमा व्यवसाय गरेर आत्मनिर्भर बन्ने बाटोमा छन् । विदेशमा लामो समय परिवारबाट टाढिएर काम गरेका मियाँले फर्किएपछि स्वदेशमै लगानी गरेर सेलर मिल सञ्चालन गरिरहेका छन् ।

सन् २००८ देखि २०१३ सम्म कतारमा रहेका उनले मेनपावर कम्पनीमार्फत पेन्ट पसलमा काम गरेका थिए । त्यहाँ मासिक करिब ३६ हजार रुपैयाँ तलब पाउने मियाँले दैनिक झन्डै १२ घण्टा काम गर्नुपर्थ्यो । वैदेशिक रोजगारीमा जान उनले करिब ६० हजार रुपैयाँ खर्च गरेका थिए । लामो समयसम्म परिवारबाट टाढिएर काम गर्नुपर्ने र कडा श्रम गर्नुपर्ने परिस्थितिले उनलाई विदेशमै भविष्य खोजिरहनुभन्दा आफ्नै गाउँ फर्किएर केही गर्ने सोचतर्फ डोर्‍यायो ।

कतारबाट फर्किएपछि उनले २०७५ सालदेखि लंगडीमै सेलर मिल सञ्चालन गर्दै आएका छन् । करिब २० लाख रुपैयाँ लगानीमा सुरु गरिएको उक्त व्यवसायबाट अहिले मासिक करिब ५० हजार रुपैयाँ आम्दानी हुने गरेको मियाँले बताए । वैदेशिक रोजगारीबाट कमाएको रकममा बैंकबाट केही ऋण थपेर उनले जग्गा खरिद गरी घर निर्माण गरेका थिए । त्यसपछि बाँकी स्रोतलाई आफ्नै गाउँमा व्यवसाय सञ्चालनमा लगानी गरेका हुन् ।

उनको सेलर मिलमा धान, गहुँ, मकै, तेलहन र दालहनलगायत कृषि उत्पादनसँग सम्बन्धित सामग्रीको कारोबारसमेत हुने गरेको छ । व्यवसायलाई सुरक्षित राख्न पसलमा सीसीटीभी क्यामेराको व्यवस्था गरिएको छ । मियाँ विवाहित हुन् । उनका एक छोरा र दुई छोरी छन् । आमाबुबा, भाइ तथा परिवारका अन्य सदस्यसहित करिब १७ जनाको संयुक्त परिवारमा बस्दै आएका उनी अहिले परिवारकै बीचमा रहेर व्यवसाय सञ्चालन गरिरहेका छन् ।

विदेशमा बिताएको समय सम्झिँदै मियाँले परदेशमा राम्रो आम्दानी भए पनि परिवारबाट टाढिनुपर्ने बाध्यता रहेको बताए । अहिले आफ्नै गाउँमा बसेर व्यवसाय सञ्चालन गर्न पाउँदा आफूलाई बढी सन्तुष्टि मिलेको उनको भनाइ छ । ‘विदेशमा १२ घण्टा काम गर्नुभन्दा आफ्नै घरमा बसेर ८ घण्टा मेहनत गरी आफ्नै व्यवसाय सञ्चालन गर्नु राम्रो रहेछ,’ मियाँले भने ।

उनका अनुसार विदेशमा कमाएको पूँजीसँगै त्यहाँबाट प्राप्त सीप र अनुभवलाई स्वदेशमै प्रयोग गर्न सके आफ्नै ठाउँमा आयआर्जनको अवसर सिर्जना गर्न सकिन्छ । ‘विदेशमा पाँच वर्ष बसेर फर्किएँ। अहिले आफ्नै देशमा आफ्नै व्यवसाय गरेर काम गर्दा बढी सन्तुष्टि मिलेको छ,’ उनले भने ।

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै व्यवसाय सुरु गरेका मियाँको अनुभवले विदेशबाट फर्किएका युवाका लागि स्वदेशमै उद्यम गर्ने सम्भावना देखाएको छ । विदेशमा श्रम र समय खर्च गरेर आर्जन गरेको सीप, अनुभव र पूँजीलाई आफ्नै ठाउँमा लगानी गर्न सके रोजगारीको खोजीमा पुनः विदेशिनुपर्ने बाध्यता कम गर्न सकिने उनको यात्राले देखाएको छ ।

Tags: धोबीनी गाउँपालिका–४ लंगडी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

अशोज १४, २०८३
बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

अशोज १४, २०८३
बाली लगाउने बेला मल छैन, सिजन सकेपछि सरकारले खरिद गरेको मल नेपाल आइपुग्यो

मलको ओइरोले भरिए वीरगंजका गोदाम, थप भण्डारणका लागि गोदाम भाडामा

अशोज १४, २०८३
आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

अशोज १४, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि