Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कांग्रेसको बहिष्कारबीच वीरगंजको २१औँ विशेष नगरसभाः बजेट २१ करोड घटाएर ४ अर्ब २१ करोड

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विशेष नगरसभामा सहभागी नहुन पार्टीले ह्विप जारी गरेकै बीच बुधबार सम्पन्न २१औँ विशेष नगरसभाले संशोधित बजेट बहुमतबाट पारित गरेको हो । सभाबाट २१ करोड घटाएर कुल बजेट ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँ कायम गरिएको हो । संशोधित बजेटमा चालुतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार रुपैयाँ अर्थात् ५६ प्रतिशत, पुँजीगततर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार रुपैयाँ अर्थात् ४३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७ करोड रुपैयाँ अर्थात् १ प्रतिशत विनियोजन गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १४, २०८३
कांग्रेसको बहिष्कारबीच वीरगंजको २१औँ विशेष नगरसभाः बजेट २१ करोड घटाएर ४ अर्ब २१ करोड

वीरगंज (पर्सा), १४ असोज । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट संशोधन गर्दै २१ करोड रुपैयाँ घटाएको छ । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विशेष नगरसभामा सहभागी नहुन पार्टीले ह्विप जारी गरेकै बीच बुधबार सम्पन्न २१औँ विशेष नगरसभाले संशोधित बजेट बहुमतबाट पारित गरेको हो । यसअघि असार १० गते सम्पन्न २०औँ नगरसभाले चालु आर्थिक वर्षका लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट पारित गरेको थियो । त्यतिबेला महानगरका प्रमुख राजेशमान सिंह निलम्बनमा रहेकाले उपप्रमुख इम्तियाज आलम कार्यवाहक प्रमुखको भूमिकामा थिए ।

विशेष अदालतबाट सफाइ पाएपछि असोज ३ गते पुनः पदमा फर्किएका मेयर सिंहले उक्त बजेट संशोधनका लागि विशेष नगरसभा बोलाएका थिए । सोहीअनुसार बुधबारको सभाबाट २१ करोड घटाएर कुल बजेट ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँ कायम गरिएको हो । संशोधित बजेटमा चालुतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार रुपैयाँ अर्थात् ५६ प्रतिशत, पुँजीगततर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार रुपैयाँ अर्थात् ४३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७ करोड रुपैयाँ अर्थात् १ प्रतिशत विनियोजन गरिएको छ ।

महानगरका अनुसार आन्तरिक राजस्व परिचालनमा आएको संकुचन, वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँटबाट अनुमानअनुसार स्रोत प्राप्त हुन नसक्नु र अनिवार्य चालु खर्चमा वृद्धि हुनु बजेट संशोधनका प्रमुख कारण हुन् । संशोधित बजेटमा आन्तरिक राजस्वबाट १ अर्ब २७ करोड, संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख तथा संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यता बजेट संशोधनको प्रक्रियालाई लिएर महानगरमा राजनीतिक मतभेद पनि देखिएको छ । नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीबाट निर्वाचित उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यलाई विशेष नगरसभामा सहभागी नहुन ह्विप जारी गरेको थियो । त्यसअनुसार उपमेयर इम्तियाज आलमसमेत विशेष नगरसभामा उपस्थित भएनन् । तर कांग्रेसको बहिष्कारका बाबजुद विशेष नगरसभा सञ्चालनका लागि आवश्यक संख्या पुगेको थियो ।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार सभामा बहुमतभन्दा बढी नगरसभा सदस्य सहभागी भएका थिए र संशोधित बजेट बहुमतबाट पारित गरिएको हो । कांग्रेसको निर्देशन हुँदाहुँदै पनि कांग्रेसबाट निर्वाचित केही नगरसभा सदस्य भने सभामा सहभागी भएका थिए । संशोधित बजेटमार्फत महानगरले पूर्वाधार, सहरी सौन्दर्यीकरण, शिक्षा, स्वास्थ्य, यातायात र वातावरणलाई प्राथमिकतामा राखेको छ । घण्टाघरनजिक निर्माणाधीन बीपी उद्यानमा वाक–वे, बाल उद्यान, ज्येष्ठ नागरिक विश्राम केन्द्र र हरियाली विस्तार गरी चालु आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहले बताएका छन् ।

त्यस्तै ‘उज्यालो वीरगंज’ अभियानलाई निरन्तरता दिँदै मुख्य सडक, चोक तथा भित्री बस्तीमा स्मार्ट एलईडी र हाइमास्ट बत्ती विस्तार गर्ने, सडक करिडोर तथा डिभाइडरमा हरियाली प्रवद्र्धन गर्ने, खुला स्थानमा पार्क निर्माण गर्ने तथा अव्यवस्थित तार र होर्डिङ बोर्ड व्यवस्थापन गर्ने योजना महानगरले अघि सारेको छ । शैक्षिक क्षेत्रलाई व्यवस्थित बनाउन विद्यालयको दरबन्दी, विद्यार्थी संख्या र भौतिक संरचनाबीच तादात्म्य कायम गर्ने तथा भोजपुरी भाषा, संस्कृति, साहित्य र कलाको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने पनि मेयर सिंहले बताए ।

नगरवासीको स्वास्थ्यका लागि आधारभूत स्वास्थ्य केन्द्र, योग तथा ध्यान केन्द्र, आरोग्य केन्द्र र खुला व्यायामशाला व्यवस्थित गर्ने योजना पनि संशोधित बजेटमा समेटिएको छ । निजी क्षेत्रसँगको सहकार्यमा वीरगन्जमा नगर बस सेवा सञ्चालन गर्ने योजना अघि बढाउने सिंहले बताएका छन् । यसरी बजेटको आकार घटाएर नयाँ प्राथमिकता र स्रोतको यथार्थतामा आधारित बजेट ल्याइएको महानगरको दाबी छ भने बजेट संशोधनको प्रक्रियालाई लिएर देखिएको राजनीतिक मतभेदले विशेष नगरसभालाई थप चर्चामा ल्याएको छ ।

Tags: कांग्रेसको बहिष्कारबीच वीरगंज महानगरको बजेट २१ करोड घट्यो
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

अशोज १४, २०८३
बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

अशोज १४, २०८३
बाली लगाउने बेला मल छैन, सिजन सकेपछि सरकारले खरिद गरेको मल नेपाल आइपुग्यो

मलको ओइरोले भरिए वीरगंजका गोदाम, थप भण्डारणका लागि गोदाम भाडामा

अशोज १४, २०८३
आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

अशोज १४, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि