Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ आन्दोलित, आन्दोलनको चेतावनी

सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ खारेज गर्नुपर्ने माग गर्दै महासंघले सरकारलाई तीन दिनको अल्टिमेटम दिएको हो । उक्त अवधिमा माग पूरा नभए असोज ५ गते सोमबारदेखि पहिलो चरणमा देशव्यापी आन्दोलन सुरु गर्ने निर्णय बैठकले गरेको महासंघले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २, २०८३
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ आन्दोलित, आन्दोलनको चेतावनी

काठमाडौँ, २ असोज । छापामाध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनको रकममा सरकारले भारी कटौती गरेको भन्दै नेपाल पत्रकार महासंघले देशव्यापी आन्दोलनको चेतावनी दिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ खारेज गर्नुपर्ने माग गर्दै महासंघले सरकारलाई तीन दिनको अल्टिमेटम दिएको हो ।

महासंघका अनुसार नयाँ कार्यविधिबाट पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनबापत पाउँदै आएको रकममा उल्लेख्य कटौती हुने अवस्था सिर्जना भएको छ । यसले छापामाध्यमको आर्थिक अवस्था थप प्रभावित हुने भन्दै महासंघले कार्यविधि तत्काल खारेज गरी पुरानै व्यवस्था कायम गर्न माग गर्दै आएको छ । कार्यविधि खारेजीको मागसहित सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष भदौ २५ गते ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाइ नभएको महासंघले जनाएको छ । त्यस्तै, समस्या समाधान नभएसम्म लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न विज्ञापन बोर्डलाई भदौ २१ गते गरिएको आग्रहसमेत बेवास्ता गरिएको महासंघको भनाइ छ ।

महासंघका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा शुक्रबार सरोकारवालासहित बसेको बैठकले माग सम्बोधनका लागि सरकारलाई तीन दिनको समय दिएको हो । उक्त अवधिमा माग पूरा नभए असोज ५ गते सोमबारदेखि पहिलो चरणमा देशव्यापी आन्दोलन सुरु गर्ने निर्णय बैठकले गरेको महासंघले जनाएको छ । महासंघले लोककल्याणकारी विज्ञापनमा महालेखापरीक्षकको कार्यालयबाट बेरुजु नदेखिएको दाबी गरेको छ । त्यस्तै, प्रेस काउन्सिल नेपालले समेत लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकममा हेरफेर तथा वृद्धि गर्न सिफारिस गरेको महासंघले उल्लेख गरेको छ ।

यही आधारमा कार्यविधिमार्फत विज्ञापन रकम कटौती गर्ने निर्णय पुनरावलोकन गर्न माग गर्दै महासंघले शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष पुनः ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ । महासंघले सरकारसँग वार्ता र संवादमार्फत समस्या समाधान हुने अपेक्षा राखेको छ । तर, माग सम्बोधन नभए बैठकले गरेको निर्णयअनुसार पहिलो चरणमा विभिन्न कार्यक्रमसहित देशभर आन्दोलन सञ्चालन गरिने महासंघका महासचिव रामप्रसाद दाहालले बताए ।

आन्दोलनमा सहभागी हुन महासंघले आफ्ना मातहतका प्रदेश, जिल्ला तथा अन्य समितिसहित सम्बन्धित सबै सरोकारवालालाई आह्वानसमेत गरेको छ । छापामाध्यमको आर्थिक स्थायित्वसँग प्रत्यक्ष जोडिएको लोककल्याणकारी विज्ञापनको रकम कटौतीसम्बन्धी विवाद तत्काल समाधान नभए आन्दोलन थप विस्तार हुनसक्ने संकेत महासंघले गरेको छ ।

Tags: विज्ञापनको रकम कटौतीविरुद्ध महासंघको हुंकार: माग पूरा नभए आन्दोलन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

प्रदेश सरकारविरुद्ध परेको भ्रष्टाचार उजुरीमा मधेश सबैभन्दा अगाडि

अशोज २, २०८३
धनुषा-सिरहा जोड्ने कमला पूल दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

धनुषा-सिरहा जोड्ने कमला पूल दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

अशोज २, २०८३
बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

जनमत पार्टीको अध्यक्षमा डा. राउत निर्विरोधः उपाध्यक्षमा १४, महासचिवमा ३ र सचिवमा १० जनाको उम्मेदवारी

अशोज २, २०८३
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ आन्दोलित, आन्दोलनको चेतावनी

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ आन्दोलित, आन्दोलनको चेतावनी

अशोज २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि