Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गुठीको १५ दिने सूचना खारेजीको माग गर्दै महासंघर्ष समिति गठन

समितिका पदाधिकारी तथा सदस्यहरूले मंगलबार पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । समितिले जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडामा पुस्तौँदेखि बसोबास गर्दै आएका नागरिकलाई गुठी संस्थानले ‘अतिक्रमण मुक्त गर्ने’ भन्दै घरटहरा हटाउन सूचना जारी गरेको भन्दै त्यसको विरोध गरेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३०, २०८३
गुठीको १५ दिने सूचना खारेजीको माग गर्दै महासंघर्ष समिति गठन

जनकपुरधाम (धनुषा), ३० भदौ । गुठी संस्थान शाखा कार्यालय जनकपुरले घरटहरा हटाउन जारी गरेको १५ दिने सूचनाको विरोध गर्दै जनकपुरधाममा ‘गुठी पीडित घर जग्गा व्यवस्थापन महासंघर्ष समिति’ गठन गरिएको छ । गुठी पीडित नागरिक, बुद्धिजीवी, व्यापारी, मानवअधिकारकर्मी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिको संयुक्त भेलाले सन्तोषकुमार साहको अध्यक्षतामा ५९ सदस्यीय महासंघर्ष समिति गठन गरेको हो ।

समितिका पदाधिकारी तथा सदस्यहरूले मंगलबार पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । समितिले जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडामा पुस्तौँदेखि बसोबास गर्दै आएका नागरिकलाई गुठी संस्थानले ‘अतिक्रमण मुक्त गर्ने’ भन्दै घरटहरा हटाउन सूचना जारी गरेको भन्दै त्यसको विरोध गरेको छ । समितिका अनुसार २०४६ सालको सरकारी नापीका क्रममा मालपोत कार्यालय तथा गुठी संस्थानका प्रतिनिधिको रोहबरमा कित्ताकाट भई आधिकारिक फिल्डबुकको कैफियत महलमा स्थानीयको नाम, भोगको किसिम र ऐतिहासिक भोगाधिकार उल्लेख गरिएको छ ।

आफूहरू राज्यलाई कर तथा तिरो तिर्दै आएका वैध रैती भएको समितिको दाबी छ । समितिले संविधानको धारा ३७ ले सुनिश्चित गरेको आवासको हक तथा धारा २५ को सम्पत्तिको हकविपरीत नागरिकलाई विना विकल्प र क्षतिपूर्ति विस्थापित गर्न खोजिएको आरोप लगाएको छ । त्यस्तै, गुठी संस्थानले आधार बनाएको २०६२ सालको भोजराज घिमिरे कार्यदलको प्रतिवेदन वास्तविक वस्तुस्थिति र फिल्डबुकमा उल्लेख भएका रैतीको ऐतिहासिक भोगाधिकारलाई बेवास्ता गरी तयार पारिएको भन्दै पुनरावलोकनको माग गरिएको छ ।

महासंघर्ष समितिले १५ दिने सूचना तत्काल खारेज गर्नुपर्ने, २०६२ सालको प्रतिवेदन स्थगित गरी निष्पक्ष उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने, नापी, मालपोत, गुठी तथा समितिका प्रतिनिधिको सहभागितामा कित्ताको प्राविधिक जाँचबुझ गर्नुपर्ने माग अघि सारेको छ ।
त्यस्तै, फिल्डबुकमा नाम भएका रैतीलाई भूमि ऐन तथा गुठी ऐनबमोजिम स्थायी लालपूर्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्ने र उचित क्षतिपूर्ति तथा वैकल्पिक आवासको ग्यारेन्टीबिना कसैलाई पनि बासस्थानबाट हटाउन नहुने समितिको माग छ ।

समितिले आफ्ना माग सम्बोधन नभए कानुनी तथा सडक संघर्षलाई एकैसाथ अघि बढाउने चेतावनी दिएको छ । तत्कालका लागि तथ्यांक संकलन, प्रचारप्रसार तथा आगामी आन्दोलनका कार्यक्रम कार्यसम्पादन समितिको बैठकबाट तय गरिने अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिएका छन् । गुठी संस्थान वा स्थानीय प्रशासनले बलपूर्वक डोजर चलाएर नागरिकलाई विस्थापित गर्ने प्रयास गरे जनकपुरधाममा निर्णायक आन्दोलन गर्ने चेतावनीसमेत समितिले दिएको छ ।

Tags: गुठी संस्थान शाखा कार्यालय जनकपुर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सखुवाप्रसौनी अध्यक्ष यादवको आत्मालोचना, ‘कमी–कमजोरीका लागि जनतासँग क्षमा चाहन्छु’

सखुवाप्रसौनी अध्यक्ष यादवको आत्मालोचना, ‘कमी–कमजोरीका लागि जनतासँग क्षमा चाहन्छु’

भदौ ३०, २०८३
१४ वर्ष पुल अलपत्र पार्नेः पप्पु-महादेव खिम्ती जेभीमाथि २ अर्ब जरिवाना, सम्पत्ति रोक्कासहित असुली प्रक्रिया

१४ वर्ष पुल अलपत्र पार्नेः पप्पु-महादेव खिम्ती जेभीमाथि २ अर्ब जरिवाना, सम्पत्ति रोक्कासहित असुली प्रक्रिया

भदौ ३०, २०८३
भ्रष्टाचार मुद्दामा सफाइपछि मेयर सिंहको ‘सत्यको जित’ घोषणा, पुनः महानगरको नेतृत्वमा फर्किए

भ्रष्टाचार मुद्दामा सफाइपछि मेयर सिंहको ‘सत्यको जित’ घोषणा, पुनः महानगरको नेतृत्वमा फर्किए

भदौ ३०, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अग्रगामी युवा मोर्चाको आन्दोलन घोषणा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अग्रगामी युवा मोर्चाको आन्दोलन घोषणा

भदौ ३०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि