Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भोटेकोशी बाढीमा मधेशका सयौं परिवारको पीडाः बेपत्ता आफन्त फर्किने आशामा दिनरात प्रतीक्षा !

प्तरीको बोदेबरसाइन नगरपालिका–८ का रामकुमार यादवका तीन भाइ रसुवाको दोभान हाइड्रोपावरमा कार्यरत थिए । बाढी आएको समयमा आयोजनामै रहेका उनीहरू अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । रामकुमारले भने, ‘हामीसँग अहिले केही सोच्ने अवस्था छैन । ईश्वर र सरकारसँग एउटै आग्रह छ मेरा तीनै भाइ सकुशल भेटिऊन् ।’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २०, २०८३
भोटेकोशी बाढीको एक हप्तापछि पनि तीन भाइ फर्किएनन्, सप्तरीको यादव परिवार झिनो आशामा

वीरगंज (पर्सा), २० भदौ । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीले मधेशका थुप्रै परिवारलाई गहिरो पीडामा धकेलेको छ । रोजगारीका लागि रसुवा पुगेका आफन्तहरू बाढीपछि सम्पर्कविहीन बनेपछि मधेशका गाउँबस्तीमा अहिले सन्नाटा छाएको छ । घरका सदस्य सकुशल फर्किने आशामा परिवारजन दिनरात प्रतीक्षामा छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका–८ का रामकुमार यादवका तीन भाइ रसुवाको दोभान हाइड्रोपावरमा कार्यरत थिए । बाढी आएको समयमा आयोजनामै रहेका उनीहरू अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

रामकुमारका अनुसार उनका तीनै भाइ प्राविधिक जनशक्तिका रूपमा कार्यरत थिए । ३५ वर्षीय शिवकुमार यादव इन्जिनियर, ३२ वर्षीय देवकुमार यादव ओभरसियर र २५ वर्षीय शचितकुमार यादव इलेक्ट्रिसियन थिए । एक भाइका दुई सन्तान छन् भने अर्का भाइको गत वैशाखमा मात्र विवाह भएको थियो । कान्छा भाइ अविवाहित छन् । तीनैजना एकैपटक बेपत्ता भएपछि परिवारमा पीडा झन् गहिरिएको रामकुमार बताउँछन् । ‘बाढी आउँदा उनीहरू काममै थिए । अहिलेसम्म कुनै सम्पर्क हुन सकेको छैन । सरकारले पनि उनीहरू फसेको स्थानसम्म पुग्न सकेको छैन,’ रामकुमारले भने, ‘हामीसँग अहिले केही सोच्ने अवस्था छैन । ईश्वर र सरकारसँग एउटै आग्रह छ मेरा तीनै भाइ सकुशल भेटिऊन् ।’

यस्तै पीडा रौतहटको वृन्दावन नगरपालिका–१ रमोलीका गजेन्द्र रायको परिवारले पनि भोगिरहेको छ । उनकी ४६ वर्षीया आमा तेतरी देवी बाढीपछि बेपत्ता छिन् । राय परिवार आर्थिक अवस्था कमजोर भएपछि रोजगारीका लागि सपरिवार रसुवा पुगेको थियो । उनीहरू नुवाकोटको बेत्रावतीमा कवाडका सामान संकलन गरी बिक्री गर्ने काम गर्थे । बाढीपछि ज्यान जोगाएर परिवारका सदस्य सर्लाही फर्किए पनि तेतरी देवी भने सम्पर्कविहीन छिन् ।

‘हाम्रो आठ जनाको परिवार थियो । बाढीपछि ज्यान जोगियो, तर सबै कुरा गुम्यो । अब रसुवा कहिल्यै नजाने गरी फर्किएका छौँ,’ गजेन्द्रले भने, ‘अहिले बुवा र भाइ आमाको खोजीका लागि उतै हुनुहुन्छ । हामीसँग केही पनि बाँकी छैन । अहिले आमालाई सकुशल भेट्न पाए त्यही नै सबैभन्दा ठूलो कुरा हो ।’

पर्साको वीरगंज महानगरपालिका–२२ जगरनाथपुरका तैयब मिया मन्सुरीका १७ वर्षीय छोरा समिम मिया पनि रसुवाबाटै बेपत्ता छन् । टोलकै एक व्यक्तिले सञ्चालन गरेको टायर बनाउने पसलमा काम गर्न रसुवा पुगेका समिम बाढीपछि सम्पर्कमा आएका छैनन् । तैयबका अनुसार जगरनाथपुरकै एउटै टोलबाट पाँच जना बेपत्ता छन् । ‘छोराको कुनै खबर नआउँदा दिमागले काम गरिरहेको छैन । पूरै टोल शोकमा छ । परिवारका सबै सदस्य बेचैन छन्,’ उनले भने ।

आशा अझै मरेको छैन
बाढीले रोजगारी, कमाइ र भविष्यका योजनासँगै परिवारका सपना पनि बगाएपनि बेपत्ता आफन्त जीवितै फर्किने आशा परिवारजनले अझै छाडेका छैनन् । एक साताभन्दा बढी समय बितिसक्दा पनि उनीहरू उद्धारको पर्खाइमा छन् । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशबाट २२० जना सम्पर्कविहीन भएको जानकारी आएकोमा ३८ जना परिवारको सम्पर्कमा फर्किएका छन् । अहिलेसम्म दुई जनाको मृत्यु पुष्टि भएको छ भने १८० जनाको अवस्था अझै अज्ञात रहेको छ ।

कतिपय परिवारले आफन्तको अवस्था पत्ता नलागेपछि गह्रौँ मन बनाएर कुशको शव बनाई अन्त्येष्टिसमेत गर्नुपरेको बताएका छन् । अर्कोतर्फ, धेरै परिवार भने कतैबाट उद्धार भएर आफ्ना प्रियजन फर्किने आशामा अझै प्रतीक्षारत छन् । आर्थिक अभावका कारण रोजगारी खोज्दै रसुवा पुगेका मधेशका नागरिक बाढीको चपेटामा परेपछि उनीहरूका घरपरिवारमा अहिले शोक र त्रास छ । अधिकांश परिवारको एउटै माग छ रसुवा बाढीमा बेपत्ता भएका आफ्ना प्रियजनको तत्काल खोजी होस् र जसरी भए पनि उनीहरूलाई घर फर्काइयोस् ।

कुन जिल्लाबाट कति बेपत्ता ?
मधेश प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणअनुसार :
जिल्ला               बेपत्ता               सम्पर्कमा                   मृत्यु पुष्टि
सप्तरी                   ४३                       ३                            १ जना
पर्सा                      ४३                       ३                            –
बारा                      २२                       ४                            १ जना
सर्लाही                  २१                        ६                            –
रौतहट                  १४                        ६                            –
महोत्तरी                 १०                        ७                           –
धनुषा                    ७                          ७                          –
सिराहा                  १२                         २                          –

यसैगरी, प्रहरी कर्मचारीतर्फ १० जना अझै सम्पर्कविहीन रहेको प्रदेश प्रहरीले जनाएको छ । जिल्लागत रूपमा पर्साका ३, रौतहटका ३, सर्लाहीका ३, धनुषाका १ र सप्तरीका १ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन् ।

नामावली संकलनदेखि भारतसँग समन्वयसम्म
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयमा एक–एक जना फोकल पर्सन तोकेर रसुवा बाढीमा बेपत्ता भएकाहरूको विवरण संकलन भइरहेको छ । उनका अनुसार संकलित नामावली नियमित रूपमा केन्द्रमा पठाउने गरिएको छ । हालसम्म डीएनए परीक्षणका लागि कुनै परिवार सम्पर्कमा नआए पनि त्यस्तो आवश्यकता परेमा माथिल्लो निकायसँग समन्वय गरिने प्रहरीले जनाएको छ ।

बाढीमा बगेका शव नदीमार्फत भारततर्फ पुगेको अवस्थामा भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक व्यवस्थापन गर्न पनि प्रहरी तयारी अवस्थामा रहेको ढकालले बताए । रसुवा र नुवाकोटमा आएको बाढीले भौतिक संरचना मात्र होइन, मधेशका सयौं परिवारको जीवनमा गहिरो चोट पुर्‍याएको छ । उद्धारको समय लम्बिँदै गएपनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवारहरूको आशा भने अझै बाँकी छ ‘हाम्रा मान्छे सकुशल फर्किऊन् ।’

Tags: रसुवा बाढीको पीडा: आफन्त फर्किने आशामा मधेशका परिवार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

भदौ २०, २०८३
रौतहटका सिडिओ भुसालको सरुवा, पौडेलले सम्हाल्ने प्रशासनको कमान्ड

रौतहटका सिडिओ भुसालको सरुवा, पौडेलले सम्हाल्ने प्रशासनको कमान्ड

भदौ २०, २०८३
टिपरको ठक्करबाट शिक्षकको मृत्यु

टिपरको ठक्करबाट शिक्षकको मृत्यु

भदौ २०, २०८३
एसिड आक्रमणको सात वर्षः मुस्कानको पीडा बनेको साहस

एसिड आक्रमणको सात वर्षः मुस्कानको पीडा बनेको साहस

भदौ २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि