Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाढी आएको ११ दिनमा चार जनाको जीवित उद्धारः आशा अझै बाँकी, सुरुङ र भग्नावशेषमा खोजी तीब्र

लामो समयपछि पनि मानिसहरू जीवित अवस्थामा फेला पर्न थालेपछि बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको सम्भावना अझै कायम रहेको देखिएको छ । चार जनाको जीवित उद्धारले सुरुङ तथा बाढीले क्षतिग्रस्त संरचनाभित्र अझै मानिसहरू जीवित अवस्थामा फसेको हुनसक्ने आशा जगाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २०, २०८३
बाढी आएको ११ दिनमा चार जनाको जीवित उद्धारः आशा अझै बाँकी, सुरुङ र भग्नावशेषमा खोजी तीब्र

काठमाडौँ, २० भदौ । भोटेकोशी बाढी आएको १०औँ र ११औँ दिनमा जलविद्युत् आयोजनाका सुरुङ तथा बाढीले बगाएका घरका भग्नावशेषबाट गरी हालसम्म चार जनाको जीवितै उद्धार गरिएको छ । लामो समयपछि पनि मानिसहरू जीवित अवस्थामा फेला पर्न थालेपछि बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको सम्भावना अझै कायम रहेको देखिएको छ ।

शुक्रबार बाढी आएको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको उद्धार गरिएको थियो । सञ्जय साह र कविर महर्जनलाई सुरुङभित्रको ट्रयापबाट जीवितै निकालिएको हो । त्यसको भोलिपल्ट शनिबार थप दुई जनाको उद्धार भएको छ । अपर त्रिशूली–१ बाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ भने नुवाकोटको बेत्रावतीमा बाढीले बगाएर क्षति पुर्‍याएको घरको संरचनाबाट चण्डिका श्रेष्ठलाई जीवितै निकालिएको हो ।

विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो । बाढीले बगाएर अन्यत्र पुर्‍याएको घरको भग्नावशेषभित्र चण्डिका फसेको अवस्थामा भेटिएकी थिइन् । चार जनाको जीवित उद्धारले सुरुङ तथा बाढीले क्षतिग्रस्त संरचनाभित्र अझै मानिसहरू जीवित अवस्थामा फसेको हुनसक्ने आशा जगाएको छ । यद्यपि दिनहरू बित्दै जाँदा सुरुङमा फसेकाहरूको अवस्था अज्ञात रहँदा परिवारजन र उद्धार टोलीको चिन्ता पनि बढ्दै गएको छ ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजनामा बाढी आउँदा काम भइरहेको थियो । तीमध्ये आधाभन्दा बढी आयोजनाका सुरुङमा काम चलिरहेको बताइएको छ । त्यसैले विभिन्न आयोजनाका सुरुङमा अझै मानिसहरू फसेको आशंका गरिएको छ । सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउन सुरक्षाकर्मी तथा प्राविधिक टोलीले निरन्तर प्रयास गरिरहेका छन् । तर सुरुङको जटिल संरचना र बाढीका कारण उत्पन्न परिस्थितिले उद्धार कार्यलाई कठिन बनाएको छ । कतिपय स्थानमा उद्धारकर्ता अहिलेसम्म पुग्नसमेत सकेका छैनन् ।

यसअघि सुरुङभित्र मानिस फसेको विवरण मात्र सार्वजनिक हुँदै आएकोमा चण्डिका श्रेष्ठको उद्धारपछि बाढीले बगाएका तथा पुरिएका घरका संरचनाभित्र पनि मानिस फसेको हुनसक्ने नयाँ तथ्य बाहिर आएको छ । भोटेकोशी बाढीले रसुवा गढीदेखि धादिङको गलौंदीसम्मका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । कतिपय घर पूर्णरूपमा पुरिएका छन् भने केही घर बाढीको वेगले पल्टिएका वा बगाइएका छन् । त्यस्ता क्षतिग्रस्त संरचनाभित्र पनि मानिस च्यापिएको हुनसक्ने सम्भावना बढेको छ ।

गृहमन्त्री सुधन गुरुङले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम जारी रहेको बताएका छन् । चार जनाको जीवित उद्धारपछि अब बाढीले क्षति पुर्‍याएका घर, पुरिएका बस्ती र जलविद्युत् आयोजनाका सुरुङमा थप खोजीलाई तीव्रता दिनुपर्ने देखिएको छ ।

Tags: चार जनाको जीवित उद्धारले जगायो आशा: अझै खोजी जारी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

भदौ २०, २०८३
रौतहटका सिडिओ भुसालको सरुवा, पौडेलले सम्हाल्ने प्रशासनको कमान्ड

रौतहटका सिडिओ भुसालको सरुवा, पौडेलले सम्हाल्ने प्रशासनको कमान्ड

भदौ २०, २०८३
टिपरको ठक्करबाट शिक्षकको मृत्यु

टिपरको ठक्करबाट शिक्षकको मृत्यु

भदौ २०, २०८३
एसिड आक्रमणको सात वर्षः मुस्कानको पीडा बनेको साहस

एसिड आक्रमणको सात वर्षः मुस्कानको पीडा बनेको साहस

भदौ २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि