Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाढीले बगाएको घरभित्र ११ दिनपछि जीवित भेटिइन् चण्डिका

स्थानीय नारायणलाल डंगोलका अनुसार चण्डिकाको घर उनको घरभन्दा करिब ७० मिटर पछाडि थियो । बाढीको तीव्र बहावले घरलाई नै बगाएर डंगोलको घर रहेको स्थानबाट करिब ५० मिटर पर पुर्‍याएको थियो । त्यही बगाएर ल्याइएको घरको संरचनाभित्र चण्डिका फसेको अवस्थामा फेला परेकी हुन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २०, २०८३
बाढीले बगाएको घरभित्र ११ दिनपछि जीवित भेटिइन् चण्डिका

नुवाकोट, २० भदौ । बेत्रावतीमा बाढीले बगाएर करिब ५० मिटर पर पुर्‍याएको घरको भग्नावशेषबाट चण्डिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ । बाढी आएको लामो समयपछि घरको संरचनाभित्रबाट जीवित व्यक्ति फेला परेपछि प्रभावित क्षेत्रमा थप खोजी आवश्यक रहेको देखिएको छ ।

स्थानीय नारायणलाल डंगोलका अनुसार चण्डिकाको घर उनको घरभन्दा करिब ७० मिटर पछाडि थियो । बाढीको तीव्र बहावले घरलाई नै बगाएर डंगोलको घर रहेको स्थानबाट करिब ५० मिटर पर पुर्‍याएको थियो । त्यही बगाएर ल्याइएको घरको संरचनाभित्र चण्डिका फसेको अवस्थामा फेला परेकी हुन् । विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार बगेर आएको घरभित्रबाट मानिसको आवाज सुनिएपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि उद्धार टोलीले खोजी गर्दै चण्डिकालाई जीवित अवस्थामा बाहिर निकालेको हो ।

उद्धारपछि चण्डिकालाई उपचारका लागि छाउनी अस्पताल लगिएको उनका देवरले बताएका छन् । ‘भाउजुसँग कुरा भयो, छाउनीमा ल्याइएको छ,’ उनले भने । चण्डिकाका श्रीमान् भने अझै सम्पर्कविहीन रहेको बताइएको छ । बाढी आएको ११ दिनपछि घरको भग्नावशेषबाट चण्डिका जीवित भेटिएपछि बाढी प्रभावित अन्य क्षेत्रमा पनि यस्तै अवस्था हुनसक्ने आशंका बढेको छ । रसुवा गढीदेखि धादिङको गलौंदी क्षेत्रसम्म बाढीले ठूलो क्षति पुर्‍याएको छ । कतिपय घर पूर्णरूपमा पुरिएका छन् भने केही संरचना बाढीले बगाएर वा पल्टाएर क्षतिग्रस्त बनाएको छ ।

यसअघि शनिबार नै अपर त्रिशूली–१ आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको थियो । त्यस्तै, शुक्रबार त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनालाई उद्धार गरिएको थियो । सुरुङमा मानिस फसेको विवरण सार्वजनिक भइरहेका बेला बाढीले बगाएका घरका संरचनाभित्र पनि मानिस जीवितै फसेको पुष्टि भएको हो । चण्डिकाको उद्धारले बाढीबाट क्षतिग्रस्त तथा पुरिएका घरहरूको पुनः गम्भीरतापूर्वक खोजी गर्नुपर्ने आवश्यकता देखाएको छ ।

यस्ता संरचनाभित्र अझै मानिस फसेका हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र पारिएको छ । गृहमन्त्री सुधन गुरुङले बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम जारी रहेको बताएका छन् ।

Tags: भोटेकोशी बाढीको कहर: हवाई उद्धारदेखि सुरुङ खोतल्नेसम्म अभियान तीव्र
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

अशोज ५, २०८३
बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

अशोज ५, २०८३
घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

अशोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

अशोज ५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि