Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भोटेकोशी बाढीको एक हप्तापछि पनि तीन भाइ फर्किएनन्, सप्तरीको यादव परिवार झिनो आशामा

रामकुमारका तीनै भाइ रसुवामा रहेको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए । माइलो भाइ ३५ वर्षीय शिवकुमार यादव सुपरभाइजर, साइँलो ३१ वर्षीय देवकुमार यादव इन्जिनियर र कान्छो २५ वर्षीय सचित यादव ओभरसियरका रूपमा आयोजनामा काम गर्दै आएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १७, २०८३
भोटेकोशी बाढीको एक हप्तापछि पनि तीन भाइ फर्किएनन्, सप्तरीको यादव परिवार झिनो आशामा

बोदेबर्साइन (सप्तरी), १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सप्तरीका कैयौँ परिवारलाई शोक र अनिश्चितताको अवस्थामा पुर्‍याएको छ । बाढी आएको एक साता बितिसक्दा पनि आफ्ना तीन भाइको कुनै खबर नआएपछि बोदेबर्साइन नगरपालिका–८ काचनका रामकुमार यादव परिवारका सदस्य फर्किने झिनो आशामा दिन काटिरहेका छन् । रामकुमारका तीनै भाइ रसुवामा रहेको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए । माइलो भाइ ३५ वर्षीय शिवकुमार यादव सुपरभाइजर, साइँलो ३१ वर्षीय देवकुमार यादव इन्जिनियर र कान्छो २५ वर्षीय सचित यादव ओभरसियरका रूपमा आयोजनामा काम गर्दै आएका थिए ।

बाढीपछि तीनै जना एकैपटक सम्पर्कविहीन भएपछि यादव परिवारमा चुलोसमेत बल्न छाडेको छ । रामकुमारका अनुसार भाइहरूको सम्झनाले परिवारलाई दिनरात सताइरहेको छ । ‘घरमा चुलो नबलेको एक हप्ता भयो । भाइहरूकै सम्झनाले सताइरहेको छ,’ रामकुमारले भने, ‘अहिलेसम्म सम्पर्कमा नआए पनि उनीहरू सकुशल घर फर्किन्छन् भन्ने झिनो आशा छ ।’ स्थानीय विनोद साहका अनुसार ७० वर्षीया आमा छिनछिनमा छोराहरूलाई खोजिदिन आग्रह गर्दै मुर्छित हुने अवस्था छ । तीन छोरामध्ये दुई विवाहित र एक अविवाहित थिए । शिवकुमारको विवाह भएको पाँच वर्ष भएको थियो र उहाँका दुई सन्तान छन् । देवकुमारको भने यही वैशाखमा विवाह भएको थियो । सचित अविवाहित थिए ।

तीनै छोरा रसुवामा रोजगारीमा गएपछि यादव परिवार आर्थिक रूपमा सहज हुँदै गएको थियो । तर, एकाएक आएको बाढीले परिवारलाई गहिरो पीडामा धकेलेको छ । बाढी आएको दिन बिहान शिवकुमारले आफ्नी पत्नीसँग सामान्य कुराकानीसमेत गरेका थिए । त्यतिबेला बाढी आउन लागेको कुनै संकेत नदेखिएको उनकी पत्नी बताउँछिन् । त्यसपछि भने उनीसँग सम्पर्क हुन सकेन । छोराहरूको खोजीमा बुबा लालबहादुर यादवसमेत रसुवा पुगेको चार दिन भइसकेको छ । तर, अहिलेसम्म तीनै छोराबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

अजयको परिवारमा पनि उस्तै सन्नाटा
सप्तरीकै विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका ३६ वर्षीय इन्जिनियर अजयकुमार यादवको परिवारको अवस्था पनि उस्तै छ । रसुवामा बाढी आएदेखि अजय सम्पर्कविहीन छन् । अजय उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा शिक्षकका रूपमा कार्यरत थिए । उनी सोही क्षेत्रमा डेरा लिएर बस्दै आएका थिए । बाढीपछि अजयको कुनै खबर नआएपछि परिवारमा सन्नाटा छाएको छ । आमाबुबा पटक–पटक मुर्छित हुने अवस्थामा पुगेका छन् भने आफन्तहरू चिन्तामा छन् । अजयको खोजीका लागि मामाका छोरा श्यामसुन्दर यादवसमेत रसुवा पुगेका थिए । तर, त्यहाँ पुगेर खोजी गर्दा पनि अजयको अवस्था पत्ता लाग्न नसकेको परिवारले जनाएको छ ।

हाइड्रोपावरमा कार्यरत सरोज पनि बेपत्ता
रसुवाकै मेलुङ्ग–५ स्थित एमभी हाइड्रोपावरमा काम गर्ने सप्तरीको सुरुङ्गा नगरपालिका–२ का सरोज चौधरी पनि भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन छन् । सरोजको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको छ । यसैगरी सुरुङ्गा नगरपालिका–७ बसानपट्टीका दुर्गानन्द रामकी पत्नी गीता राम र तीन वर्षीय छोरा दिवासकुमार राम पनि बाढीपछि बेपत्ता छन् ।

दुर्गानन्द करिब तीन वर्षअघि मोटरसाइकल ग्यारेजमा काम गर्न पत्नी र छोरासहित नुवाकोटको त्रिशूली बजारमा बस्दै अएका थिए । दुर्गानन्द भने सकुशल रहेपनि उनकी पत्नी र तीन वर्षीय छोरा अझै सम्पर्कमा आएका छैनन् ।

सन्तोषको मृत्यु पुष्टि, अन्यको खोजी जारी
यसैबीच नुवाकोटमा हाइड्रोपावरमा काम गर्ने सप्तरीको खडक नगरपालिका–५ रञ्जितपुरका २८ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको पुष्टि भएको छ । सन्तोषको शव गण्डकी अस्पताल, कास्की पोखरामा पहिचान गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिए । ‘बेपत्ताको खोजीकार्य जारी छ । कुनै सूचना प्राप्त भए पीडित परिवारलाई तत्काल जानकारी गराउँछौँ,’ उनले भने ।

बाढीका कारण बोदेबर्साइन नगरपालिका आसपासका मात्रै करिब ४८ जना अझै सम्पर्कमा नआएको बताइएको छ । उनीहरूका परिवार आफन्तको अवस्थाबारे कुनै खबर आउने आशामा बसेका छन् । विशेषगरी सुरुङ तथा टनेलभित्र फसेका व्यक्तिको तत्काल उद्धार गर्न पीडित परिवारले सरकारसँग माग गरिरहेका छन् ।

सप्तरीका दर्जनौँ परिवारमा छाएको छ अनिश्चितता
मधेश प्रदेश प्रहरी कार्यालयको मंगलबारसम्मको तथ्याङ्कअनुसार रसुवामा आएको बाढीमा १६४ जना अझै सम्पर्कविहीन छन् । १९५ जना बेपत्ता भएकामध्ये ३० जना सम्पर्कमा आइसकेका छन् भने एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सप्तरीबाट मात्रै ४९ जना प्रभावित भएको विवरणमा उल्लेख छ । तीमध्ये एक जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु पुष्टि भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याएपछि त्यसको असर सप्तरीसम्म आइपुगेको छ । आफ्ना आफन्तको अवस्था थाहा नहुँदा सप्तरीका दर्जनौँ परिवार यतिबेला पीडा, त्रास र अनिश्चितताको बीचमा छन् । एक सातासम्म पनि तीन भाइको खबर नपाएका रामकुमार यादवको परिवारजस्तै अन्य परिवारको पनि एउटै प्रश्न छ ‘बाढीले सम्पर्कविहीन बनाएका आफ्ना मान्छे कहिले फर्किएलान् ?’

Tags: रसुवाको बाढीमा तीन भाइ बेपत्ता: वृद्ध आमाको आँसु रोकिएन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाबुलाल चाचानद्वारा दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

बाबुलाल चाचानद्वारा दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

भदौ १७, २०८३
भोटेकोशी बाढीको एक हप्तापछि पनि तीन भाइ फर्किएनन्, सप्तरीको यादव परिवार झिनो आशामा

भोटेकोशी बाढीको एक हप्तापछि पनि तीन भाइ फर्किएनन्, सप्तरीको यादव परिवार झिनो आशामा

भदौ १७, २०८३
पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि