Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संविधान संशोधनदेखि संघियता सुदृढीकरणसम्मको मुद्दा बोकेर आठ दलले बनाए ‘अग्रगामी मोर्चा’

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अवधारणापत्र सार्वजनिक गर्दै मोर्चाको घोषणा गरेका हुन् । मोर्चाले सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरूलाई एउटै अभियानमा आबद्ध गर्ने जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २४, २०८३
संविधान संशोधनदेखि संघियता सुदृढीकरणसम्मको मुद्दा बोकेर आठ दलले बनाए ‘अग्रगामी मोर्चा’

जनकपुरधाम (धनुषा), २४ साउन । संविधान संशोधन, सङ्घीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै विभिन्न आठ राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन् । राजनीतिक परिवर्तनका उपलब्धिको रक्षा, उत्पीडित तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चितता र मुलुकमा विद्यमान राजनीतिक तथा आर्थिक संकटको निकास खोज्ने उद्देश्यसहित मोर्चा घोषणा गरिएको हो । जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अवधारणापत्र सार्वजनिक गर्दै मोर्चाको घोषणा गरेका हुन् । मोर्चाले सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरूलाई एउटै अभियानमा आबद्ध गर्ने जनाएको छ ।

राज्यसत्ताको केन्द्रीकरण र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने उसको लक्ष्य छ । मोर्चाले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक चरित्रलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने जनाएको छ । मधेसी, आदिवासी जनजाति, थारू, दलित, महिला, मुस्लिम, पिछडावर्गलगायत सीमान्तकृत समुदायलाई राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्ने अवधारणापत्रमा उल्लेख छ । मोर्चाले संविधानमा रहेका संरचनात्मक कमजोरी र अस्पष्टताका कारण सङ्घीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै संविधान संशोधन, परिमार्जन वा आवश्यकताअनुसार पुनर्लेखनको एजेन्डा अघि सारेको छ । राजनीतिक स्थिरता, समान प्रतिनिधित्व, प्रदेश पुनर्संरचना र न्याय प्रणालीमा सुधारका लागि संविधान संशोधन आवश्यक रहेको उसको ठहर छ ।

सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राखी आवश्यक अधिकार र स्रोत उपलब्ध गराउनुपर्ने मोर्चाको धारणा छ । प्रदेशमा स्वायत्त शासन र सङ्घमा साझा शासनको अवधारणा अघि सार्दै संसद् तथा प्रदेश सभामा समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । महिला तथा दलित समुदायका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत मोर्चाले अघि सारेको छ । मोर्चाले सामाजिक न्यायलाई आफ्नो अर्को प्रमुख एजेन्डा बनाएको छ । जात, जाति, वर्ग, लिङ्ग र धर्मका आधारमा हुने विभेद तथा छुवाछूत अन्त्य गर्दै सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ । पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त शासन प्रणालीसँगै शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीलाई राज्यको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

आर्थिक क्षेत्रमा कृषि आधुनिकीकरण, जलविद्युत्, पर्यटन र औद्योगिकीकरणमार्फत उच्च तथा दिगो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य मोर्चाले लिएको छ । युवा बेरोजगारी अन्त्य गर्न राष्ट्रिय युवा रोजगारी कार्यक्रम, सीप विकास तथा स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकता दिने जनाएको छ । सुकुमबासी तथा भूमिहीनको समस्या वास्तविक पहिचानका आधारमा दीर्घकालीन रूपमा समाधान गर्ने र प्राकृतिक स्रोत संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा ध्यान दिने पनि अवधारणापत्रमा उल्लेख छ । मोर्चा घोषणा कार्यक्रममा नेताहरूले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक अभियानको आवश्यकता औँल्याए ।

घोषणा कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले आफू राजनीतिमा ‘जोगी बन्न’ नआएको भन्दै राजनीतिमा आएपछि सत्ताको राजनीति पनि गर्नुपर्ने बताए । छोटो मन्तव्य राखेका ठाकुर कार्यक्रमबाट बाहिरिएका थिए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको स्वाधीनता र राजनीतिक उपलब्धिमाथि खतरा उत्पन्न भएको दाबी गर्दै अग्रगामी मोर्चा गठन गरिएको बताए । जेनजी आन्दोलनपछि मुलुक नयाँ राजनीतिक अवस्थामा पुगेको उल्लेख गर्दै उनले उत्पीडित समुदायले अझै न्याय नपाएको बताए ।

यादवले देशमा सर्वसत्तावादी प्रवृत्ति बढ्दै गएको आरोप लगाउँदै प्राप्त राजनीतिक उपलब्धिको रक्षा र संविधानलाई थप समावेशी बनाउन मोर्चाले संघर्ष गर्ने बताए । ‘देशमा न सुशासन छ, न भ्रष्टाचार अन्त्य भएको छ, आर्थिक रूपमा देश जर्जर भयो,’ उनले भने । सबै राजनीतिक बन्दीलाई रिहा गर्न सरकारसँग माग गर्दै यादवले आगामी दिनमा अन्य परिवर्तनकामी शक्तिहरूलाई पनि मोर्चामा समेटिने बताए । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मुलुक संकटमा परेका बेला राजनीतिक शक्तिहरू एक ठाउँमा आउनु स्वाभाविक भएको बताए । विगतका कमजोरी सुधार्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै उनले अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि नभई जनताको अधिकारका लागि गठन भएको दाबी गरे । ‘मोर्चा संघर्षका लागि बनेको हो, सत्ताका लागि होइन,’ राउतले भने ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक इतिहासकै चुनौतीपूर्ण अवस्थामा पुगेकाले साझा अभियानका रूपमा मोर्चा निर्माण गरिएको बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सामाजिक, सांस्कृतिक र आर्थिक विकासलाई गति दिन मोर्चाले भूमिका खेल्ने उनको भनाइ थियो । उनले संविधान संशोधन तथा पुनर्लेखनको आवश्यकता औँल्याउँदै बहिष्करणमा परेका समुदायलाई समान अधिकार दिलाउनुपर्ने बताए । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश निरन्तर संकटतर्फ धकेलिँदै गएको र त्यसबाट जनता निराश बनेको दाबी गरे । विगतमा भएका विभिन्न राजनीतिक आन्दोलनपछि पनि जनताको अवस्थामा अपेक्षित परिवर्तन आउन नसकेको उल्लेख गर्दै उनले दीर्घकालीन सोचका साथ मोर्चा गठन गरिएको बताए । नयाँ नेपाल निर्माणका लागि फरक राजनीतिक सोचसहित आफूहरू एक ठाउँमा आएको उनको भनाइ थियो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले जनताको सपना र अधिकारलाई संस्थागत गर्न मोर्चा गठन गरिएको बताए । मधेस विद्रोह, माओवादी सशस्त्र आन्दोलनलगायतका आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा योगदान गरेको स्मरण गर्दै उनले वर्तमान सरकारले जनताको सेवकका रूपमा काम गर्न नसकेको आरोप लगाए । मधेसको योगदानलाई अवमूल्यन गरेर मुलुक अघि बढ्न नसक्ने उनको भनाइ थियो । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले संविधानलाई पूर्णता दिन तथा उत्पीडित समुदायको अधिकार रक्षा गर्न मोर्चा गठन गरिएको बताए । विगतका राजनीतिक दल र आन्दोलनले मुलुकमा महत्वपूर्ण परिवर्तन ल्याएको उल्लेख गर्दै उनले विगतका कमजोरी सच्याएर अघि बढ्नुपर्ने धारणा राखे ।

मोर्चाले आफ्नो संगठनात्मक संरचना जिल्ला र प्रदेश तहसम्म विस्तार गर्ने जनाएको छ । आवश्यकताअनुसार भ्रातृ तथा अन्य संगठनसमेत गठन गरिने अवधारणापत्रमा उल्लेख छ । मोर्चाको नेतृत्व सहमतिका आधारमा चयन गर्ने र आवश्यक परे आलोपालो प्रणाली अपनाउने व्यवस्था गरिएको छ । निर्णय प्रक्रियामा सर्वसम्मतिलाई प्राथमिकता दिने तथा सहमति हुन नसके लोकतान्त्रिक विधिबाट निर्णय गर्ने भनिएको छ । मोर्चामा आबद्ध दलहरूले साझा न्यूनतम कार्यक्रम र सामूहिक निर्णय कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिएको छ । आयोजकहरूले आगामी दिनमा संविधान संशोधन, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सीमान्तकृत समुदायको अधिकारका मुद्दालाई केन्द्रमा राखेर आन्दोलन तथा राजनीतिक अभियान अघि बढाउने बताएका छन् ।

Tags: सत्ता होइन संघर्षका लागि ‘अग्रगामी मोर्चा’: आठ दल एक ठाउँमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि