Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मल वितरणमा सुधारः मधेशका किसानलाई राहत, तर आपूर्ति अझै अपुग, किसानका चुनौती ज्यूँका त्यूँ !

स्थानीय तहले वितरण प्रणालीलाई व्यवस्थित बनाएपछि धेरै स्थानमा विगतमा जस्तो घण्टौँ लाइन बस्नुपर्ने, भनसुन खोज्नुपर्ने वा सीमापार भारतबाट मल ल्याउनुपर्ने बाध्यता उल्लेख्य रूपमा घटेको देखिएको छ । तर सरकारी आपूर्ति अझै पनि मागअनुसार हुन नसक्दा समस्या पूर्ण रूपमा समाधान भने भएको छैन ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २१, २०८३
मल वितरणमा सुधारः मधेशका किसानलाई राहत, तर आपूर्ति अझै अपुग, किसानका चुनौती ज्यूँका त्यूँ !

जनकपुरधाम (धनुषा), २१ साउन । वर्षौंदेखि धान रोपाइँ सुरु हुनासाथ रासायनिक मलको अभावले हैरान हुने मधेशका किसानले यस वर्ष केही राहत महसुस गरेका छन् । स्थानीय तहले वितरण प्रणालीलाई व्यवस्थित बनाएपछि धेरै स्थानमा विगतमा जस्तो घण्टौँ लाइन बस्नुपर्ने, भनसुन खोज्नुपर्ने वा सीमापार भारतबाट मल ल्याउनुपर्ने बाध्यता उल्लेख्य रूपमा घटेको देखिएको छ । तर सरकारी आपूर्ति अझै पनि मागअनुसार हुन नसक्दा समस्या पूर्ण रूपमा समाधान भने भएको छैन ।

धनुषाको नगराइन नगरपालिका निवासी किसान शंकर साह यस वर्षको सुधारलाई प्रत्यक्ष अनुभव गर्नेमध्ये एक हुन् । उनका अनुसार यसपालि गाउँमै आवश्यक परिमाणमा मल सहज रूपमा उपलब्ध भएकाले खेतीप्रति नयाँ आशा पलाएको छ । अघिल्ला वर्षझैँ लामो लाइन बस्ने वा चिनजानको सहारा लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । यद्यपि, यस्तो सहजता मधेशका सबै स्थानीय तहमा समान रूपमा देखिएको छैन । वितरण प्रणालीलाई प्रभावकारी बनाएका पालिकामा किसानले सहज रूपमा मल पाएका छन् भने अनुगमन कमजोर रहेका क्षेत्रमा ढिलाइ, सीमित वितरण र पक्षपातको गुनासो अझै सुनिने गरेको छ ।

यस वर्ष जनकपुरधाम उपमहानगरपालिकाले कृषि शाखा र वडा कार्यालयबीच समन्वय गर्दै कोटाअनुसार मल वितरणको व्यवस्था मिलाएको जनाएको छ । उपलब्ध मल सम्बन्धित वडाका किसानलाई व्यवस्थित रूपमा वितरण गरिएको र कुनै समस्या आए वडा तहबाटै समाधान गर्ने संयन्त्र तयार गरिएको उपमहानगरपालिकाको दाबी छ । नियमित अनुगमनका कारण अनुदानको मल कालोबजारी हुने जोखिम पनि विगतको तुलनामा घटेको जनाइएको छ । जनकपुरधाम–१२ का किसान किशोरी मण्डलका अनुसार समयमै मल उपलब्ध भएपछि धानबालीमा आवश्यक मल प्रयोग गर्न सहज भएको छ । यसले उत्पादन बढ्ने अपेक्षा पनि बलियो बनाएको उनको भनाइ छ ।

मल वितरण व्यवस्थापन निर्देशिका–२०७७ अनुसार प्रदेश सरकारले खेतीयोग्य क्षेत्रफल र बालीको आवश्यकतालाई आधार मानेर प्रत्येक स्थानीय तहका लागि वार्षिक कोटा निर्धारण गर्ने व्यवस्था छ । त्यसपछि पालिका प्रमुख वा उपप्रमुखको संयोजकत्वमा रहेको मल वितरण व्यवस्थापन समितिले वडा तहमा कोटा बाँडफाँड गर्छ । स्थानीय तहले सूचीकृत सहकारी संस्था वा डिपोलाई बिक्रीको जिम्मेवारी दिने र ती सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसनबाट मल खरिद गरी किसानलाई उपलब्ध गराउने व्यवस्था रहेको छ ।

कतिपय स्थानीय तहले आफ्नै बजेटबाट थप अनुदान दिएर सहुलियत मूल्यमा मल उपलब्ध गराएका छन् । तर केही क्षेत्रमा ढुवानी खर्च भने किसान आफैंले बेहोर्नुपर्ने अवस्था अझै कायम छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जेठमै मधेशका १३६ स्थानीय तहका लागि युरिया र डीएपी मलको कोटा निर्धारण गरी पठाएको थियो । त्यसपछि असार र साउन महिनामा थप डीएपी मलसमेत पठाइएको मन्त्रालयले जनाएको छ । मन्त्री श्याम पटेलका अनुसार अहिले पनि किसानबाट गुनासा आउने गरे पनि विगतका वर्षमा जस्तो व्यापक समस्या भने नरहेको दाबी छ । स्थानीय तहले वितरणमा कडाइ गरेका स्थानमा असन्तुष्टि उल्लेख्य रूपमा घटेको उनको भनाइ छ ।

यद्यपि, प्रदेशको वास्तविक आवश्यकता र सरकारी आपूर्तिबीच अझै ठूलो अन्तर रहेको तथ्यांकले देखाउँछ । मधेश प्रदेशमा वार्षिक करिब डेढ लाखदेखि दुई लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने अनुमान गरिए पनि सरकारले करिब ७० प्रतिशत मात्र उपलब्ध गराउन सकेको कृषि मन्त्रालयको तथ्यांक छ । यही कारण मागअनुसार सबै किसानलाई पर्याप्त मल उपलब्ध हुन नसकेको र बाँकी आवश्यकता निजी बजार वा अन्य स्रोतबाट पूरा गर्नुपर्ने बाध्यता कायम छ । कृषि सामग्री कम्पनी लिमिटेडको जनकपुर कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७४५ मेट्रिक टनभन्दा बढी युरिया, डीएपी, पोटास तथा कृषि चुन वितरण गरिएको छ । धान रोपाइँको मुख्य समयमा मौज्दात व्यवस्थापन र नियमित आपूर्तिलाई प्राथमिकता दिएकाले वितरण प्रक्रिया अघिल्ला वर्षको तुलनामा सहज भएको कार्यालयको दाबी छ । थप माग पूरा गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि कार्यालयले जनाएको छ ।

मल वितरणमा सुधार देखिएसँगै मधेश प्रदेशमा धान रोपाइँ पनि अन्तिम चरणमा पुगेको छ । कृषि विकास निर्देशनालयका अनुसार हालसम्म प्रदेशको करिब ९१.५५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ । सिरहामा शतप्रतिशत रोपाइँ सकिएको छ भने अन्य जिल्लामा पनि अधिकांश क्षेत्रमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । तर कृषि क्षेत्रको अर्को गम्भीर चुनौती भने सिँचाइको पहुँच घट्दै जानु हो । नेपाल राष्ट्र बैंकको अध्ययनले गत वर्षको तुलनामा मधेश प्रदेशमा कुल सिञ्चित क्षेत्रफल घटेको देखाएको छ । कुलो, नहर र बोरिङबाट हुने सिँचाइ तीनै माध्यममा कमी आएको तथ्यांकले कृषि उत्पादनमा दीर्घकालीन चुनौती थपिएको संकेत गरेको छ ।

कृषि विज्ञहरूका अनुसार स्थानीय तहको सक्रियता, वडा तहको समन्वय र नियमित अनुगमनले मल वितरणमा उल्लेख्य सुधार आएको भए पनि दीर्घकालीन समाधानका लागि सरकारी आपूर्ति बढाउनु, सिँचाइ पूर्वाधार विस्तार गर्नु र कृषि क्षेत्रमा लगानी वृद्धि गर्नु अपरिहार्य छ । अन्यथा वितरण प्रणाली सुधारिए पनि मल अभावको समस्या पूर्ण रूपमा अन्त्य हुने अवस्था तत्काल देखिँदैन ।

Tags: अनुगमन कडा हुँदा मल सहज: पर्याप्त आपूर्ति अझै चुनौती
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ई-स्कुटी चेकजाँचप्रति स्थानीय असन्तुष्ट

ई-स्कुटी चेकजाँचप्रति स्थानीय असन्तुष्ट

साउन २१, २०८३
प्रहरीको जाँच छल्दै लागुऔषध ओसारपसार गर्ने तीनजना पक्राउ

प्रहरीको जाँच छल्दै लागुऔषध ओसारपसार गर्ने तीनजना पक्राउ

साउन २१, २०८३
पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, जलेर पूर्ण रुपमा ध्वस्त

पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, जलेर पूर्ण रुपमा ध्वस्त

साउन २१, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

मापसे गरि चलाएको भारतीय ट्याङ्करले ई-रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते

साउन २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि