Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनतासँग संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

स्थानीय युवाहरूले गाउँपालिका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी तथा सबै वडाध्यक्षलाई गाउँपालिकासँग सम्बन्धित जनसरोकारका विषयमा खुला छलफलका लागि तोकिएको समयमै उपस्थित हुन आग्रह गरेका थिए । तर, निर्धारित समयमा अध्यक्षसहित जनप्रतिनिधिहरू उपस्थित नभएपछि स्थानीयले अध्यक्षको कार्यकक्षमा ताल्चा लगाएका हुन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १३, २०८३
जनतासँग संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

वीरगंज (पर्सा), १३ साउन । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी जनतासँगको पूर्वनिर्धारित खुला संवाद कार्यक्रममा अनुपस्थित भएपछि आक्रोशित स्थानीय युवा तथा सर्वसाधारणले अध्यक्षको कार्यकक्षमा ताल्चा लगाएका छन् । जनप्रतिनिधिहरू प्रत्यक्ष रूपमा जनताको प्रश्नको सामना गर्न नआएको भन्दै स्थानीयले विरोधस्वरूप यस्तो कदम चालेका हुन् ।

स्थानीय युवाहरूले गाउँपालिका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी तथा सबै वडाध्यक्षलाई गाउँपालिकासँग सम्बन्धित जनसरोकारका विषयमा खुला छलफलका लागि तोकिएको समयमै उपस्थित हुन आग्रह गरेका थिए । तर, निर्धारित समयमा अध्यक्षसहित जनप्रतिनिधिहरू उपस्थित नभएपछि स्थानीयले अध्यक्षको कार्यकक्षमा ताल्चा लगाएका हुन् । स्थानीय युवा कृष्ण चौधरीका अनुसार जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्न साउन ४ गते गाउँपालिकामा औपचारिक रूपमा प्रस्ताव दर्ता गरिएको थियो ।

सोही प्रस्तावअनुसार साउन १३ गते संवाद कार्यक्रम तय भए पनि जनप्रतिनिधिहरू अनुपस्थित रहेकाले विरोधस्वरूप ताल्चा लगाउन बाध्य भएको उनले बताए । स्थानीयवासीहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार तथा सामाजिक सुरक्षालगायत गाउँपालिकासँग सम्बन्धित अनेकौं विषयमा आफ्ना गुनासा, जिज्ञासा र प्रश्न प्रत्यक्ष रूपमा जनप्रतिनिधिसमक्ष राख्न चाहेको बताएका छन् । उनीहरूका अनुसार जनप्रतिनिधि जनताको बीचमा आएर खुला संवाद नगरेसम्म अध्यक्षको कार्यकक्षमा लगाइएको ताल्चा नखोलिने अडान कायम रहनेछ ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले दर्ता भएको प्रस्तावबारे सबै जनप्रतिनिधिलाई समयमै जानकारी गराइएको बताए । उनका अनुसार कार्यालयका कर्मचारीहरू नियमित रूपमा उपस्थित रहे पनि जनप्रतिनिधिलाई उपस्थित हुन निर्देशन दिने कानुनी अधिकार कर्मचारीसँग नरहेको स्पष्ट पारे । प्रमुख प्रशासकीय अधिकृत गिरीले गाउँपालिका अध्यक्षबाट टेलिफोनमार्फत प्राप्त निर्देशनअनुसार आगामी साउन १८ गते सोमबार जनतासँग खुला संवाद कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन् ।

Tags: जिराभवानी गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरनाथा एकेडेमी स्कुलमा गुरु पूर्णिमाको अवसरमा विशेष कार्यक्रम

सगरनाथा एकेडेमी स्कुलमा गुरु पूर्णिमाको अवसरमा विशेष कार्यक्रम

साउन १३, २०८३
सरकार-चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ताः देशभर स्वास्थ्य सेवा पुनः सञ्चालन

सरकार-चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ताः देशभर स्वास्थ्य सेवा पुनः सञ्चालन

साउन १३, २०८३
जगरनाथपुरमा ‘समृद्धिका लागि वन’ अभियान तीव्र, ७ बिघा ऐलानी जग्गामा १,५०० बिरुवा रोपियो

जगरनाथपुरमा ‘समृद्धिका लागि वन’ अभियान तीव्र, ७ बिघा ऐलानी जग्गामा १,५०० बिरुवा रोपियो

साउन १३, २०८३
जनतासँग संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

जनतासँग संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

साउन १३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि