Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा घरदैलो छड्के अनुगमनः अधिकांश बालबालिकाले समयमै पाए नियमित खोप

स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार दुवै स्थानीय तहमा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको देखिएको छ । अनुगमनका क्रममा अभिभावकहरू बालबालिकाको स्वास्थ्यप्रति जिम्मेवार देखिनुका साथै नियमित खोपप्रति उनीहरूको सचेतना पनि उत्साहजनक रहेको पाइएको उनले बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १७, २०८३
पर्सामा घरदैलो छड्के अनुगमनः अधिकांश बालबालिकाले समयमै पाए नियमित खोप

वीरगंज (पर्सा), १७ असार । पर्साको पोखरिया नगरपालिका र बिन्दवासिनी गाउँपालिकामा जन्मदेखि १५ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार नियमित खोप पाए–नपाएको सुनिश्चित गर्न स्वास्थ्य कार्यालय पर्साले घरदैलो छड्के अनुगमन सञ्चालन गरेको छ । नियमित खोप कार्यक्रमको प्रभावकारिता, अभिलेख व्यवस्थापनको अवस्था तथा समुदायमा खोपप्रतिको सचेतनाको स्तर मूल्यांकन गर्ने उद्देश्यले गरिएको अनुगमनमा अधिकांश बालबालिकाले निर्धारित समयमै आवश्यक सबै खोप प्राप्त गरेको पाइएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार दुवै स्थानीय तहमा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको देखिएको छ । अनुगमनका क्रममा अभिभावकहरू बालबालिकाको स्वास्थ्यप्रति जिम्मेवार देखिनुका साथै नियमित खोपप्रति उनीहरूको सचेतना पनि उत्साहजनक रहेको पाइएको उनले बताए । उनका अनुसार केही स्थानमा अभिलेख व्यवस्थापन र कार्यक्रम सञ्चालनसँग सम्बन्धित सामान्य कमजोरी देखिए पनि ती सुधार गर्न सम्बन्धित स्वास्थ्यकर्मी तथा सरोकारवालालाई आवश्यक सुझाव र निर्देशन दिइएको छ ।

अनुगमन टोलीले खोप केन्द्रहरूको निरीक्षण गर्नुका साथै घरघरमै पुगेर अभिभावकसँग प्रत्यक्ष अन्तरक्रिया गरेको थियो । टोलीले नियमित खोपको महत्वबारे जानकारी दिँदै छुटेका बालबालिकाको पहिचान, तोकिएको समयमा खोप केन्द्रमा उपस्थित गराउने व्यवस्था तथा नियमित खोपलाई निरन्तरता दिनुपर्ने विषयमा अभिभावकलाई सचेत गराएको थियो । स्वास्थ्य कार्यालय पर्साकी जनस्वास्थ्य अधिकृत शबनम कार्कीले अधिकांश बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप पूरा गरिसकेको पुष्टि भएको जानकारी दिइन् । यद्यपि, केही परिवारमा खोप कार्ड हराएको वा सुरक्षित रूपमा संरक्षण नगरिएको अवस्था भेटिएको उनले बताइन् ।

उनले खोप कार्डलाई बालबालिकाको स्वास्थ्य अभिलेखको महत्वपूर्ण कागजातका रूपमा सुरक्षित राख्न अभिभावकलाई आग्रह गर्दै हराएको अवस्थामा सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गरी अभिलेख अद्यावधिक गर्न सुझाव दिइन् । कार्कीका अनुसार घरदैलो छड्के अनुगमनले खोपबाट छुटेका बालबालिकाको पहिचान गर्न, सेवाको गुणस्तर मूल्यांकन गर्न तथा समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ । यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने उनले जानकारी दिइन् ।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर, जनस्वास्थ्य अधिकृत शबनम कार्की, पूजा चौहान तथा नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य राहुल गुप्तालगायतको सहभागिता रहेको थियो ।

Tags: जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि