Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप

यादवका अनुसार उनले योजनाको उद्देश्य, कार्यविधि, लाभग्राही छनोट प्रक्रिया, बजेट खर्च, लाभग्राहीहरूको नामावली, सिफारिस गर्ने निकाय तथा अनुगमन सम्बन्धी सात बुँदे सूचना माग गरेका थिए । तर कार्यालयले हालसम्म सूचना उपलब्ध नगराई विभिन्न बहाना बनाउँदै टार्ने गरेको आरोप उनले लगाएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ८, २०८३
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप

वीरगंज (पर्सा), ८ असार । पूर्वाधार विकास कार्यालय वीरगंज, पर्साले आवास योजनासम्बन्धी सूचना उपलब्ध नगराई आलटाल गरिरहेको आरोप लागेको छ । सूचना मागकर्ताले योजनामा भएका सम्भावित अनियमितता र बेथिति सार्वजनिक हुने डरले कार्यालयले सूचना दिन आनाकानी गरेको दाबी गरेका छन् । पर्साको छिपहरमाई गाउँपालिका–१ निवासी धरमेन्द्र प्रसाद यादवले मधेश प्रदेश सरकारद्वारा दलित, गरिब तथा असहाय नागरिकका लागि सञ्चालन गरिएको सुरक्षित आवास निर्माण योजनासम्बन्धी विवरण माग गर्दै मिति २०८३/०२/११ गते दर्ता नं. ९०२ अन्तर्गत सूचना माग निवेदन दर्ता गराएका थिए। तर निवेदन दिएको २८ दिन बितिसक्दा पनि माग गरिएको सूचना उपलब्ध नगरिएको उनको गुनासो छ ।

यादवका अनुसार उनले योजनाको उद्देश्य, कार्यविधि, लाभग्राही छनोट प्रक्रिया, बजेट खर्च, लाभग्राहीहरूको नामावली, सिफारिस गर्ने निकाय तथा अनुगमन सम्बन्धी सात बुँदे सूचना माग गरेका थिए । तर कार्यालयले हालसम्म सूचना उपलब्ध नगराई विभिन्न बहाना बनाउँदै टार्ने गरेको आरोप उनले लगाएका छन् । सूचना मागकर्ताका अनुसार कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीबीच जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको छ । कार्यालय प्रमुखले पूर्व कार्यालय प्रमुखसँग सम्पर्क गर्न सुझाव दिने तथा सम्बन्धित शाखाका कर्मचारीहरूले कार्यालय प्रमुखको निर्देशनबिना सूचना दिन नसक्ने बताउने गरेको उनको दाबी छ । यसले सूचना प्रवाह प्रक्रियामा अन्योल सिर्जना भएको उनले बताएका छन् ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ अनुसार सार्वजनिक निकायले सूचना माग निवेदन प्राप्त भएको मितिले १५ दिनभित्र सूचना उपलब्ध गराउनुपर्ने व्यवस्था छ । त्यस्तै, ऐनको दफा ४ अनुसार उपलब्ध गराउन मिल्ने सूचना छुट्याई निवेदकलाई दिनुपर्ने कानुनी प्रावधान रहेको छ। तर कानुनले तोकेको समयावधि नाघिसक्दा समेत सूचना नदिइएको भन्दै यादवले आपत्ति जनाएका छन् । उनले राष्ट्रिय सूचना आयोग, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय पर्सा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश तथा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई समेत बोधार्थ दिई सूचना माग गरेका छन् ।

सूचना मागकर्ताले सार्वजनिक सरोकारसँग जोडिएको योजनाको सूचना समयमै उपलब्ध नगरिनु नागरिकको संवैधानिक तथा कानुनी अधिकारमाथिको हस्तक्षेप भएको उल्लेख गर्दै आवश्यक परे थप कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।

Tags: पूर्वाधार विकास कार्यालय वीरगंज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पचरौता नपाको ६१ करोड ४१ लाख बजेट सार्वजनिक, पूर्वाधार, शिक्षा र स्वास्थ्यमा विशेष जोड

पचरौता नपाको ६१ करोड ४१ लाख बजेट सार्वजनिक, पूर्वाधार, शिक्षा र स्वास्थ्यमा विशेष जोड

असार ८, २०८३
मुख्यमन्त्री यादवको सचिवालयका कर्मचारीको रोकिएको तलब निकासा, १४ जनाले पाए सुविधा

मुख्यमन्त्री यादवको सचिवालयका कर्मचारीको रोकिएको तलब निकासा, १४ जनाले पाए सुविधा

असार ८, २०८३
बारागढी गापाको ३९ करोड ७७ लाख बजेट सार्वजनिक, कृषि, शिक्षा र पूर्वाधारमा विशेष प्राथमिकता

बारागढी गापाको ३९ करोड ७७ लाख बजेट सार्वजनिक, कृषि, शिक्षा र पूर्वाधारमा विशेष प्राथमिकता

असार ८, २०८३
समावेशी पक्षमा रास्वपाको जोडः मधेशी समुदाय खुसी

समावेशी पक्षमा रास्वपाको जोडः मधेशी समुदाय खुसी

असार ८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि