Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मनसुन भित्रिएपनि मधेशमा भएन वर्षाः तराईका जिल्लाहरुमा अत्यधिक गर्मीले जनजीवन कष्टकर !

चर्को गर्मीका कारण सबैभन्दा बढी असर दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर, किसान, सवारी चालक, ठेला व्यवसायी तथा साना व्यापारीहरूमा परेको छ । तापक्रम उच्च हुँदा पनि जीविकोपार्जनका लागि उनीहरू जोखिम मोलेर काम गर्न बाध्य छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ८, २०८३
तराईमा बढ्दो गर्मीसँगै जनजीवन कष्टकर, बजारमा चहल पहल घट्यो

वीरगंज (पर्सा), ८ असार । नेपालमा मनसुन प्रवेश गरिसकेको भएपनि मधेश प्रदेशका अधिकांश जिल्लामा पर्याप्त वर्षा हुन नसक्दा अत्यधिक गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ । पछिल्ला केही दिनयता तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत कठिन हुन थालेको छ । सामान्यतः मनसुनसँगै तापक्रम घट्ने र मौसममा केही राहत महसुस हुने अपेक्षा गरिएपनि मधेशमा पर्याप्त वर्षा नहुँदा चर्को घाम र तातो हावाको प्रभाव कायम रहेको छ । यसले दैनिक जनजीवन मात्र होइन, स्वास्थ्य, रोजगारी तथा व्यापार–व्यवसायसमेत प्रभावित बनाएको छ ।

चर्को गर्मीका कारण सबैभन्दा बढी असर दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर, किसान, सवारी चालक, ठेला व्यवसायी तथा साना व्यापारीहरूमा परेको छ । तापक्रम उच्च हुँदा पनि जीविकोपार्जनका लागि उनीहरू जोखिम मोलेर काम गर्न बाध्य छन् । गर्मी बढेसँगै बजार क्षेत्रमा चहलपहल घटेको छ भने विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयहरूमा समेत यसको प्रभाव देखिन थालेको छ । दिउँसोको समयमा सडकहरू सुनसान देखिन थालेका छन् ।

अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी हुने, झाडापखाला, ज्वरो तथा अन्य गर्मीजन्य रोगका बिरामीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् । गर्मीसँगै सर्पदंशका घटनासमेत बढ्न थालेका छन् । नारायणी अस्पतालमा दैनिक चारदेखि पाँच जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल स्रोतले जनाएको छ । नगराइन नगरपालिका–५का काली मण्डलका अनुसार गाउँघरमा अत्यधिक गर्मीका कारण सर्पहरू बासस्थानबाट बाहिर निस्कने क्रम बढ्दा सर्पदंशको जोखिम पनि बढेको छ ।

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जनकपुरधाम, वीरगंज, जलेश्वर, राजविराज तथा सिराहालगायतका अस्पतालहरूमा बिरामीको चाप बढ्दो छ । विशेषगरी ज्वरो, टाउको दुख्ने, रिंगटा लाग्ने, झाडापखाला तथा सर्पदंशका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको मन्त्रालयले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित जिल्ला अदालत अगाडि सानो पसल सञ्चालन गर्दै आएकी ६० वर्षीया गीतादेवीले गर्मीका बाबजुद काम नगरी गुजारा चलाउन नसकिने बताइन् । उनले भनिन्, ‘घाम निकै चर्को हुन्छ, तर व्यापार नगरे खान समस्या हुन्छ । छोराछोरीको सहारा छैन, आफैं काम गर्नुपर्छ । नगरपालिकाले कहिले पेटीबाट हटाइदिन्छ भन्ने डर पनि छ । एउटा राम्रो छानासमेत छैन । दिनभर पसिनाले भिजिएर बस्नुपरेको छ ।

जनकपुरधाम–६ का हरिदेव राउत हार्डवेयर पसलमा सिमेन्टको बोरा बोक्ने काम गर्छन् । उनी भन्छन्, ‘यो गर्मीमा काम गर्नु हाम्रो रहर होइन, तर काम नगरे परिवार पाल्न सकिँदैन । एक दिन काममा नआए साहुले अर्को मानिस राख्ने डर हुन्छ । त्यसैले जति गर्मी भए पनि काम गर्नैपर्छ ।’ ठेला चालक, कुली तथा फुटपाथ व्यवसायीहरूले पनि यस्तै समस्या भोगिरहेका छन् । काम रोके आम्दानी रोकिने भएकाले उनीहरू चर्को घाममा समेत श्रम गर्न बाध्य छन् ।

गर्मी बढेसँगै विद्युत् खपतसमेत बढेको छ । जसका कारण कतिपय स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको स्थानीयवासी बताउँछन् । बारम्बार विद्युत् अवरुद्ध हुँदा सर्वसाधारण थप समस्यामा परेका छन् । मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. मुक्तिनारायण साहले गर्मीमा रिंगटा लाग्ने, झाडापखाला, शरीरमा पानीको कमी हुने तथा सर्पदंशका बिरामी बढिरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । उनले अस्पतालहरूमा उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक समन्वय गरिरहेको जानकारी दिए ।

मन्त्रालयले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्किन, पर्याप्त पानी पिउन, छाता वा टोपीको प्रयोग गर्न तथा बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न आग्रह गरेको छ । वातावरणविद् अजित श्रीवास्तवका अनुसार जलवायु परिवर्तनका कारण मधेशमा गर्मीको प्रभाव वर्षेनि बढ्दै गएको छ । उनले रुख रोप्ने मात्र नभई संरक्षणमा पनि विशेष ध्यान दिनुपर्ने बताए । ‘एउटा बिरुवालाई कम्तीमा पाँच वर्षसम्म संरक्षण गर्न सकेमात्र त्यसको वास्तविक लाभ पाइन्छ,’ उनले भने, ‘मधेशका पोखरी तथा जलस्रोतहरूको संरक्षण र व्यवस्थापन गर्न सके तापक्रम सन्तुलनमा सहयोग पुग्न सक्छ ।’

उनले चुरे क्षेत्रको संरक्षण, गाउँगाउँमा हरियाली विस्तार तथा प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षणमार्फत बढ्दो गर्मीको प्रभाव न्यूनीकरण गर्न सकिने बताए । मनसुन नेपालमा भित्रिए पनि मधेश प्रदेशमा पर्याप्त वर्षा नहुँदा गर्मीको प्रकोप अझै कायमै रहेको छ । मौसममा तत्काल सुधार नआए स्वास्थ्य जोखिम, श्रम उत्पादकत्व तथा जनजीवनमा थप असर पर्न सक्ने भन्दै सरोकारवालाहरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Tags: मनसुनमा पनि वर्षा भएनः अत्यधिक गर्मीले जनजीवन कष्टकर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ संचालनमा

नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ संचालनमा

असार ८, २०८३
मधेश प्रदेशमा गहुँ उत्पादनमा कमी

मधेश प्रदेशमा गहुँ उत्पादनमा कमी

असार ८, २०८३
मधेशमा जिल्ला अधिवेशनबिनै रास्वपाको महाधिवेशनः प्रवक्ता झाको भूमिकामाथि प्रश्न !

मधेशमा जिल्ला अधिवेशनबिनै रास्वपाको महाधिवेशनः प्रवक्ता झाको भूमिकामाथि प्रश्न !

असार ८, २०८३
तराईमा बढ्दो गर्मीसँगै जनजीवन कष्टकर, बजारमा चहल पहल घट्यो

मनसुन भित्रिएपनि मधेशमा भएन वर्षाः तराईका जिल्लाहरुमा अत्यधिक गर्मीले जनजीवन कष्टकर !

असार ८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि