Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ‘गायब’ ? सेवा प्रवाह प्रभावित भएको स्थानीयको गुनासो

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक पोस्टमार्फत गाउँपालिकाका जनप्रतिनिधिहरूले समेत यस विषयमा चासो नदेखाएको आरोप लगाइएको छ । पोस्टमा ‘धोबिनी गाउँपालिकाको हाकिम हराएको सूचना’ शीर्षक राख्दै गाउँपालिकामा लामो समयदेखि गाउँसभा समेत नियमित रूपमा हुन नसकेको दाबी गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ७, २०८३
धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ‘गायब’ ? सेवा प्रवाह प्रभावित भएको स्थानीयको गुनासो

वीरगंज (पर्सा), ७ असार । पर्साको धोबिनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नियमित अनुपस्थितिका कारण सेवा प्रवाह प्रभावित भएको भन्दै स्थानीय तहभित्र असन्तुष्टि बढ्न थालेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खनिवडाको कार्यालयमा उपस्थिति न्यून रहेको र सर्वसाधारणले आवश्यक सेवा लिन खोज्दा पटक–पटक निराश हुनुपरेको गुनासो सार्वजनिक हुन थालेको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक पोस्टमार्फत गाउँपालिकाका जनप्रतिनिधिहरूले समेत यस विषयमा चासो नदेखाएको आरोप लगाइएको छ । पोस्टमा ‘धोबिनी गाउँपालिकाको हाकिम हराएको सूचना’ शीर्षक राख्दै गाउँपालिकामा लामो समयदेखि गाउँसभा समेत नियमित रूपमा हुन नसकेको दाबी गरिएको छ । यद्यपि उक्त दाबीको आधिकारिक पुष्टि हुन बाँकी छ ।

स्थानीय स्रोतका अनुसार गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्ने प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नियमित उपस्थित नहुँदा दैनिक प्रशासनिक कामकाज, योजना कार्यान्वयन, सिफारिस तथा विभिन्न विकास निर्माणसँग सम्बन्धित फाइलहरू प्रभावित हुने गरेका छन् । सेवाग्राहीहरू सामान्य कामका लागि समेत पटक–पटक गाउँपालिका धाउन बाध्य भएको गुनासो सुनिन्छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विवरणमा प्रमुख प्रशासकीय अधिकृत खनिवडा कहिलेकाहीँ मात्रै कार्यालय आउने गरेको, कार्यालयमा भेट्न कठिन हुने गरेको तथा फोन सम्पर्क समेत सहज रूपमा नहुने आरोप लगाइएको छ । यस्ता आरोपहरू सार्वजनिक भएसँगै गाउँपालिकाको प्रशासनिक कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेको छ ।

स्थानीयवासीहरूका अनुसार जनप्रतिनिधि र प्रशासनबीच प्रभावकारी समन्वयको अभाव देखिँदा गाउँपालिकाको समग्र सेवा प्रणाली कमजोर बन्दै गएको छ । नागरिकले समयमै सेवा नपाउँदा स्थानीय सरकारप्रतिको विश्वाससमेत घट्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई प्रशासनिक मेरुदण्डका रूपमा हेरिन्छ । कर्मचारी व्यवस्थापनदेखि बजेट कार्यान्वयन, योजना सञ्चालन तथा निर्णय कार्यान्वयनसम्मका अधिकांश जिम्मेवारी उनकै नेतृत्वमा सम्पन्न हुने भएकाले उनको नियमित उपस्थितिलाई अत्यन्त महत्वपूर्ण मानिन्छ । यस्तो अवस्थामा प्रमुख प्रशासकीय अधिकृतको भूमिकामाथि प्रश्न उठ्नु आफैंमा गम्भीर विषय भएको सरोकारवालाहरू बताउँछन् ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्‌न पटक पटक फोन गर्दा उनको मोबाइलको स्वीच अफ गरिएको छ । सार्वजनिक रूपमा उठेका आरोपहरूको सत्यतथ्य छानबिन गरी वास्तविक अवस्था नागरिकसमक्ष ल्याउनुपर्ने माग समेत स्थानीयस्तरमा बढ्दै गएको छ । यदि आरोपहरू सत्य प्रमाणित भए सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने आवाज उठ्न थालेको छ ।

Tags: धोबिनी गाउँपालिकाः अधिकृत नहुँदा महत्वपूर्ण बैठक स्थगितधोबिनी गाउँपालिकामा जनप्रतिनिधिहरूबीच बढ्दो राजनीतिक ध्रुवीकरण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ऐलानी जग्गा खाली गर्न अध्यक्ष गुप्ताको चेतावनी

ऐलानी जग्गा खाली गर्न अध्यक्ष गुप्ताको चेतावनी

असार ७, २०८३
भैंसी गोठमा सुतिरहेका वृद्धको घाँटी रेटेर हत्या

भैंसी गोठमा सुतिरहेका वृद्धको घाँटी रेटेर हत्या

असार ७, २०८३
कमला नदीको डाइभर्सन भासियो, सिरहा-धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

कमला नदीको डाइभर्सन भासियो, सिरहा-धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

असार ७, २०८३
अन्तर्राष्ट्रिय योग दिवसः सप्ताहव्यापी योग शिविर सम्पन्न

अन्तर्राष्ट्रिय योग दिवसः सप्ताहव्यापी योग शिविर सम्पन्न

असार ७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि