Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

कल्किजम रिसर्च एन्ड ट्रेनिङ सेन्टर, काठमाडौंले करिब एक वर्षअघि छलफल, गोष्ठी तथा प्रशिक्षणमार्फत सुरु गरेको अभियानलाई मधेश प्रदेश सरकार, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसम्बन्धी विभिन्न संघसंस्थाको सहभागितासँगै प्रदेशव्यापी बनाइएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

जनकपुरधाम (धनुषा), ३१ साउन । जनकपुरधाममा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग नियन्त्रण गर्न बृहत् सचेतना अभियान सुरु गरिएको छ । चिकित्सक तथा स्वास्थ्य क्षेत्रका अभियन्ताहरूले एन्टिबायोटिकको अनियन्त्रित प्रयोग बढ्दै गए सामान्य संक्रमणको उपचारसमेत चुनौतीपूर्ण बन्न सक्ने चेतावनी दिएका छन् । कल्किजम रिसर्च एन्ड ट्रेनिङ सेन्टर, काठमाडौंले करिब एक वर्षअघि छलफल, गोष्ठी तथा प्रशिक्षणमार्फत सुरु गरेको अभियानलाई मधेश प्रदेश सरकार, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसम्बन्धी विभिन्न संघसंस्थाको सहभागितासँगै प्रदेशव्यापी बनाइएको हो ।

जनकपुरधाममा आयोजित अभियानसम्बन्धी कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एन्टिबायोटिकको सही र जिम्मेवार प्रयोगबारे नागरिकमा चेतना फैलाउन सरकार, चिकित्सक, स्वास्थ्यकर्मी र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताए । चिकित्सकहरूका अनुसार चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, तोकिएको मात्रा र अवधि पूरा नगर्ने तथा आवश्यकताभन्दा बढी प्रयोग गर्ने प्रवृत्तिका कारण एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् औषधि प्रतिरोधी क्षमता बढ्दै गएको छ । यस्तो अवस्था निरन्तर रहे भविष्यमा सामान्य संक्रमणमा प्रयोग हुने औषधिसमेत प्रभावहीन हुन सक्ने उनीहरूको भनाइ छ ।

‘रोज कुरा गर्नु, डाक्टरले भनेको डोज पूरा गर्नु’ भन्ने नाराका साथ अघि बढाइएको अभियानमा मधेश प्रदेशका चिकित्सक, मेडिकल कलेजका विद्यार्थी, स्वास्थ्यकर्मी, प्रदेश सरकारका मन्त्री, स्वास्थ्य अभियन्ता तथा विभिन्न क्षेत्रका अगुवाहरू सहभागी भएका छन् । अभियानमार्फत चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्न, चिकित्सकले तोकेको मात्रा र अवधि पूरा गर्न तथा अनावश्यक रूपमा एन्टिबायोटिक सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

स्वास्थ्य विज्ञहरूले एन्टिबायोटिकलाई सामान्य औषधिका रूपमा प्रयोग गर्ने प्रवृत्ति रोक्न सके मात्र यसको प्रभावकारिता दीर्घकालसम्म कायम राख्न सकिने भन्दै औषधिको प्रयोगमा नागरिकस्तरबाटै जिम्मेवारी अपनाउनुपर्नेमा जोड दिएका छन् ।

Tags: एन्टिबायोटिक प्रयोग नियन्त्रण गर्न सचेतना
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि