Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

यस अघि शनिबार जनकपुरधामस्थित राम मन्दिर, जानकी मन्दिर लगायतका मन्दिरहरुबाट भगवान सीतारामको प्रतिमा रथमै राखेर रंगभूमि मैदान १२ बिघामा जम्मा भएको थियो । त्यस लगत्तै झुलनोत्सवका अवसरमा मिथिलाका मठमन्दिरमा विशेष सिंहासन निर्माण गरी आकर्षक रूपमा सजाइएको गद्दीमा भगवान् राम–सीतासहित विभिन्न देवीदेवताका मूर्ति राखेर झुलाउने परम्परा शुरु हुन्छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३१, २०८३
मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

जनकपुरधाम (धनुषा), ३१ साउन । मिथिलाञ्चलमा धार्मिक तथा सांस्कृतिक पर्व झुलनोत्सव शनिबा।देखि सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि सुरु हुने झुलनोत्सव पूर्णिमासम्म मनाउने गरिन्छ । पर्व सुरु भएसँगै जनकपुरधामका मठमन्दिरमा झुला सजाउने र भगवान् सीताराम तथा राधाकृष्णलाई झुलाउने क्रम सुरु भएको छ ।

यस अघि शनिबार जनकपुरधामस्थित राम मन्दिर, जानकी मन्दिर लगायतका मन्दिरहरुबाट भगवान सीतारामको प्रतिमा रथमै राखेर रंगभूमि मैदान १२ बिघामा जम्मा भएको थियो । त्यस लगत्तै झुलनोत्सवका अवसरमा मिथिलाका मठमन्दिरमा विशेष सिंहासन निर्माण गरी आकर्षक रूपमा सजाइएको गद्दीमा भगवान् राम–सीतासहित विभिन्न देवीदेवताका मूर्ति राखेर झुलाउने परम्परा शुरु हुन्छ ।

मिथिलाञ्चलका अधिकांश मठमन्दिरमा झुलनोत्सव मनाइए पनि जनकपुरधामका मन्दिरहरूमा यसको विशेष रौनक देखिन्छ । जानकी मन्दिरसहित विभिन्न मठमन्दिरमा आकर्षक झुला तथा सिंहासन तयार पारेर सजाइएको छ । साँझदेखि भगवान् सीताराम तथा राधाकृष्णका मूर्तिलाई झुलामा राखेर भजन–कीर्तनसहित पूजा आराधना गर्ने गरिन्छ ।

झुलनोत्सव धार्मिक अनुष्ठानमा मात्र सीमित नभई मिथिलाको लोकसंस्कृति र मनोरञ्जनसँग समेत जोडिएको छ । उत्सव अवधिभर विभिन्न मठमन्दिरमा नाटक, नाचगान, भजन–कीर्तन तथा लोककथा वाचनलगायतका सांस्कृतिक कार्यक्रम आयोजना हुने गर्छन् । भगवान् राम–जानकी तथा राधाकृष्णलाई झुलामा राखेर पूजा गर्ने परम्पराले भक्तजनलाई धार्मिक अनुभूति दिलाउने गरेको छ भने मठमन्दिरमा आयोजना हुने सांस्कृतिक गतिविधिले पर्वलाई थप आकर्षक बनाउने गरेको छ ।

साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने झुलोनोत्सव अवधिभर जनकपुरधामका मठमन्दिरमा भक्तजनको चहलपहल बढ्ने गर्छ । मिथिलाको धार्मिक आस्था, सन्त परम्परा र लोकसंस्कृतिको संगमका रूपमा रहेको झुलोनोत्सवले जनकपुरधामको सांस्कृतिक पहिचानलाई समेत जीवन्त बनाउँदै आएको छ ।

Tags: मिथिलाञ्चलमा झुलोनोत्सव सुरु
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि