Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कृषि आधुनिकीकरणलाई टेवा दिन वीरगंजमा ‘नेक्सस ट्रेडर्स’ संचालनमा

नेपाली बजारमा सहज रूपमा प्राप्त हुने स्पेयर पाट्र्स भएका कृषि उपकरणलाई मात्रै प्राथमिकता दिइनेछ, जसले गर्दा कृषकले भविष्यमा मर्मत तथा सञ्चालनका क्रममा अनावश्यक समस्या भोग्न नपरोस् । गुणस्तरीय सेवा र विश्वासिलो सामग्रीमार्फत कृषकको उत्पादन क्षमता वृद्धि गर्न कम्पनीले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ७, २०८३
कृषि आधुनिकीकरणलाई टेवा दिन वीरगंजमा ‘नेक्सस ट्रेडर्स’ संचालनमा

वीरगंज (पर्सा), ७ असार । वीरगंजमा कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले ‘नेक्सस ट्रेडर्स’ सञ्चालनमा आएको छ । कृषकलाई आधुनिक कृषि यन्त्र तथा उपकरण सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित प्रतिमा चोकमा स्थापित उक्त ट्रेडर्सको एक समारोहबीच उद्घाटन गरिएको हो । वीरगंज–लक्ष्मणवा निवासी युवा व्यवसायी सन्तोष साहको नेतृत्वमा सञ्चालनमा आएको नेक्सस ट्रेडर्सले विशेषगरी कृषकलाई लक्षित गर्दै अत्याधुनिक कृषि मेसिन तथा आवश्यक सामग्रीको बिक्री–वितरण गर्ने जनाएको छ ।

उद्घाटन कार्यक्रमका क्रममा साहकी छोरी जासमिन साहले रिबन काटेर औपचारिक रूपमा ट्रेडर्सको शुभारम्भ गरेकी थिइन् । लामो समयदेखि कृषि सामग्रीको बिक्री–वितरण क्षेत्रमा अनुभव बटुलेका साहले अब आफ्नै व्यवसायमार्फत कृषकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ नेक्सस ट्रेडर्स स्थापना गरेको बताए । उनका अनुसार कम्पनीले मधेश प्रदेश र चितवन जिल्लाका कृषकका लागि अन्तर्राष्ट्रिय स्तरमा परिचित ग्लोबल कम्पनीका कम्बाइन हार्भेस्टर उपलब्ध गराउनेछ । साथै, ती यन्त्रका आवश्यक पार्टपुर्जा तथा प्राविधिक सहयोगसमेत प्रदान गरिने व्यवस्था गरिएको छ ।

साहले आइतबारदेखि नै कृषि यन्त्रहरूको बुकिङ प्रक्रिया सुरु गरिएको जानकारी दिँदै बजारमा उपलब्ध सामग्रीको तुलनामा गुणस्तरीय र प्रतिस्पर्धी मूल्यमा सेवा दिने प्रतिबद्धता व्यक्त गरे । कृषकले खरिद गरेका सामग्रीमा ग्यारेन्टी, वारेन्टी र बिक्रीपछिको सेवा (अफ्टर सेल्स सर्भिस) लाई विशेष प्राथमिकता दिइने उनको भनाइ छ ।

उनका अनुसार नेपाली बजारमा सहज रूपमा प्राप्त हुने स्पेयर पाट्र्स भएका कृषि उपकरणलाई मात्रै प्राथमिकता दिइनेछ, जसले गर्दा कृषकले भविष्यमा मर्मत तथा सञ्चालनका क्रममा अनावश्यक समस्या भोग्न नपरोस् । गुणस्तरीय सेवा र विश्वासिलो सामग्रीमार्फत कृषकको उत्पादन क्षमता वृद्धि गर्न कम्पनीले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उद्घाटनको अवसर पारेर कम्पनीले एक महिनासम्म विशेष छुटसहित कृषि सामग्री उपलब्ध गराउने योजना समेत सार्वजनिक गरेको छ । यस योजनाबाट कृषकलाई आधुनिक कृषि उपकरण खरिदमा थप सहजता हुने कम्पनीको विश्वास छ । नेपालको कृषि क्षेत्रमा अझै पनि परम्परागत प्रविधिको प्रभाव रहेको उल्लेख गर्दै सञ्चालक साहले कृषिलाई व्यवसायिक र प्रविधिमैत्री बनाउन आधुनिक उपकरणको प्रयोग अपरिहार्य भएको बताए ।

विशेषगरी मधेश प्रदेशका कृषकलाई आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्दै उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुर्‍याउने उद्देश्यले आफूले यो पहल गरेको उनले स्पष्ट पारे । उद्घाटन कार्यक्रममा वीरगंजका सञ्चारकर्मी, बारा–पर्साका कृषक, कृषि सामग्री व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहभागीहरूले कृषि क्षेत्रमा आधुनिक प्रविधिको विस्तारका लागि यस्ता व्यवसायिक पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । कृषि क्षेत्रलाई प्रविधिसँग जोड्दै उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित सञ्चालनमा आएको नेक्सस ट्रेडर्सले मधेश प्रदेशका कृषकलाई आधुनिक कृषि यन्त्रको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Tags: नेक्सस ट्रेडर्स
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि